१४ बैशाख २०८१, शुक्रबार

संगीतअभियात्रा:कम्युनिस्ट नेताहरूका लागि दुई सन्देश

0

काठमाडौ / राष्ट्रका लागि सङ्गीत अभियात्राका कलाकारहरुले नेपालका कम्युनिस्ट पार्टी र ती पार्टीका प्रमुख नेताहरूका लागि दुई प्रमुख सन्देश- सबै कम्युनिस्ट पार्टी र नेताहरूको एकता र कम्युनिस्ट राज्यप्रणालीको स्थापनाका लागि समाजवादको यात्रा – तय गर्नु इतिहासको आबश्यकता भएको भन्दै गीतसङ्गीतको माध्यमबाट सुझाएका छन।गत चैत ४ गते कैलालीको धनगढीबाट सुरु भएको साङ्गीतिकअभियात्रा देशका प्रमुख शहर हुदै सोमबार कमलादीस्थित प्रज्ञाभवनमा आयोजित कार्यक्रम मार्फत उनिहरुले यस्तो सन्देश दिएका हुन।

नेपालको ७ दशकबढी लामो कम्युनिस्ट आन्दोलनको इतिहास र करिब दुईतिहाइ नजिक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा पटकपटक सरकार निर्माण हुँदै आईरहेको तर कम्युनिस्ट विचार र राजनीति अनुसारका आर्थिक तथा सामाजिक कार्यक्रमहरु लागु हुन नसकीरहेको बेला कलाकारहरुले आफ्ना गित र सङ्गीतद्वारा अब सरकार र संसद भित्र प्रवेश गरेर मात्रै हुँदैन समाजवाद र साम्यवादका लागि बाटो तय गर्न कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प नरहेको प्रस्ट्याएका छन।

कम्युनिस्ट पार्टीको नाममा थुप्रै समुह र गुटहरु सरकार, संसद र सडकमा बिखण्डित अवस्थामा रहेको बेला यसरी कम्युनिस्ट आन्दोलनलाई फाइदा नहुने भन्दै जनवादी कलाकारहरुले जनयुद्धको समयमा ऐतिहासिक चुनवाङ बैठकमा कलाकार मोहित श्रेष्ठ र बिद्रोहीद्वारा गाईएको गित – ´टुटफुट र खण्डित कुरा नगर, बरु वीरता , बिजय र एकताको कुरा गर `भन्दै नेपालका कम्युनिस्टहरुले बिगतको समिक्षा गर्नुपर्ने र नयाँ आधारमा नयाँ यात्रा तयगर्न समेत प्रेरित गरेका छन।

देशमा साम्राज्यवादी हस्तक्षेप निरन्तर बढ्दै गएर देश पराधिन बन्दै गएको र आर्थिक मन्दीको रूपमा संसदीय दलाल पुँजीवादी व्यवस्थाको संरचनागत संकट अभिव्यक्त भएको बेला कम्युनिस्ट पार्टीलाई एकता, विजय र सफल बनाउन अभिप्रेरित गर्ने उदेश्यले आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल , नेकपा महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड , नेकपाका नेता आर बी भण्डारी , नेकपा मशालका नेता सन्तबहादुर नेपाली लगाएत कम्युनिस्ट पार्टी सम्बद्ध नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रममा जनबादी कलाकारहरु माधव प्रधान, उदय श्रेष्ठ , जीवन शर्मा, मणी थापा, चिरन सी, मोहित श्रेष्ठ , बिद्रोही, निलिमा पुन, रेश्मी पुन, सरस्वती महरा , अनु शर्मा, नारायण शर्मा, हिमशिखर लगाएतका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । नेकपा महासचिव विप्लव देखि झलनाथ खनाल सम्म जीवन शर्माको -उमेर भैसक्यो असी, झन ठुला दुखले घेरेको-भन्ने बोलको गीतमा छमछमी नाचेका थिए भने कार्यक्रमलाई वरिष्ठ जनवादी श्रस्ठा चिरन सीले औपचारिक रुपमा प्रारम्भ गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।