१३ बैशाख २०८१, बिहीबार

२५ दिन पछि ट्रेड युनियन महासंघका चार कार्यकर्ता रिहा

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य सहित चार कार्यकर्ता आज रिहाई भएका छन।सांगठानिक कामको सिलसिलामा खटिरहेको बेला सितापाइलाबाट गिरफ्तार भई २५ दिनको हिरासत बसाई पछि बैसाख २१ गते जिल्ला अदालत काठमाडौको आदेशमा उनिहरु रिहा भएका हुन।

रिहा हुनेहरुमा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय सदस्य लाल बहादुर तामाङ,असिम किरण महर्जन, दिनेश नेपाल, सुनिल थिङ्ग रहेका छन।

उनिहरुलाई आजै नेपाल कम्युनिस्ट पार्टीको बुद्दनगर स्थित कार्यालयमा नेकपा स्थस्यी समिति सदस्य तथा ज व स इन्चार्ज शिलु सीले स्वागत गर्दै क्रान्तिकारी नेता कार्यकर्ताहरुका लागि आमूल परिवर्तनको आन्दोलनमा जेल, हिरासत र बलिदानको मोर्चाअनिवार्य र स्वभाविक भएको बताईन।

स्वागत कार्यक्रममा उनीहरुलाई बधाई दिदै इन्चार्ज शिलुले उनिहरुको स्वास्थ्य अबस्थावारे जानाकारी लिएकी थिइन् । उनले अहिले राज्यमा बेथिति, विसंगती, दलाली र विशेष गरि साम्राज्यवाको हस्तक्षपले सिमा नाघेको भन्दै ‘ भनिन्’,- ‘क्रान्तिको जिम्मेवारीलाई इमानदारिताकासाथ पालना गर्दा राज्यले दमन गर्छ, जेल हिरासतमा बन्दी बनाउछ भने जेलकै मोर्चाबाट लड्नुपर्छ त्यतिमात्र नभई आवश्यक परे बलिदान दिनपनि हामीले हिच्किचाउनु हुन्न।`

अभिनन्दन कार्यक्रममा २५ दिनको हिरासत बसाइका क्रममा भोगेका अनुभव र हिरासत भित्रको अबस्थाको बारेमा लालबहादुर तामाङ लगाएत चारै जनाले आ-आफ्नो अनुभव सुनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।