१४ बैशाख २०८१, शुक्रबार

१२ बुदे सहमति र वृहत शान्तिसम्झौता विरुद्ध कुठाराघात 

0

नेपालमा अढाइसय बर्ष शासन सत्ता चलाएको सामन्ती ,निरङ्कुश र एकात्मक राज्य ब्यवस्थाले जनतामा शासन गरेको थियो र जनता त्यसखालको राज्य ब्यबस्थाबाट शासित हुन बाध्य भएका थिए ।किनकी जुनसुकै देशमा पनि राज्य ब्यबस्था चलाउने शासक हुन्छन् ।कतै जनताप्रति उत्तरदयि हुनछन त कतै जनतामा अनुउत्तरदायी हुन्छन् ।
जुनसुकै देशमा अनुउत्तरदयी ,निरङ्कुश,तानाशाह,सामन्ती ,दलाल हुन्छन् त्यो देशका जनता चुप लागेर अन्याय,अत्याचार सहेर बस्दैनन र बस्नुपनि हुँदैन ।त्यस्तो देशमा जनता सङ्गठित भएर त्यसका विरुद्ध आवाज उठादै राज्य सत्तालाई बदल्न प्रयत्न गर्दछन। राज्य सत्ता बदलिन्छ भने शान्ति, विकाश,समृद्धि र शुसासन हुन्छ ।जहाँ राज्यले जनताको आवाजलाई सुन्दैन बेवास्ता गर्छ भने त्याहा बिद्रोह हुन्छ ,बिद्रोहलाई बन्दुकको नालद्वारा दबाउन खोजियो भने प्रतिरोध हुन्छ ।यो बिश्वको सर्बमान्य नियम हो।

नेपालमा ठिक त्यही भयको थियो ।तत्कालिन ने.क.पा.(माओबादी)ले बि.स.२०५१ सालमा डा.बाबुराम भट्टराईको नेतृत्वमा ४०सुत्रिय माग नेपाल सरकारसङ्ग देशको शासन ब्यबस्था बदल्नका निम्ति बुझाईएको थियो ।राज्यले त्यसलाई पुरा गर्नुको साटो दमन गर्ने नीति लियो र त्यसको प्रतिरोध स्वरुप वि.स.२०५२साल फालगुन १गतेको माहान १०बर्षे जनयुद्धको घोषणा भएको थियो ।यो सचेत प्रयत्नबाट जनतालाई गोलबन्द गर्दै सुसङ्गठित तरिकाले युद्ध भयको थियो त्यो न्याय ,समान्ता, राष्ट्रियता,जनजिबिका,जनतन्त्र र मुक्तिको निम्ति लडेको एउटा एतिहासिक,साहासिक लडाई थियो।

जनयुद्ध विभिन्न कठिनाइ र सङ्कट, देशी बिदेशिको घेरा बन्दिका बाबजुद पनि जनयुद्धको प्रभाव बढ्दै जताको व्यापक सहभगिता सहित करिब नेपालको ८०%भु-भाग माओवादीको कब्जामा आईसकेको पनि थियो त्यसको प्रभावलाई देशीविदेशी तत्वहरुले माओवादीले जितेभने अरु शासकहरु सिद्दिन्छन भन्ने निष्कर्ष सहित दमनको सहारा लिन पुगे।

माओवादीले नेपालमा कम्युनिस्ट ब्यबस्था एकलौटी चलाउछन र यसले बिश्वमा बढ्दै गएको साम्यबादी नीति बिस्तार हुँदै जान्छ भन्ने डरले अमेरिकी साम्राज्यवाद लगायतका देशहरूले माओवादीलाई युद्धबाट जित्न सकिदैन अब शान्तिपूर्ण राजनीतिमा ल्यायर सिद्याउन सकिन्छ भन्ने बुझेका बिदेशी सम्राज्यबादी तत्वहरु र कहिले सत्तामा गयर एस आरामको जिन्दगी बिताउने ,सेवा सुबिधामा क्रान्तिलाई तुहाईदिने र क्रान्तिको बाटो छोड्न आतुर प्रचण्ड -बाबुरामको गद्दारिको कारण २०६३ मङ्सिरमा १२ बुदे शम्झौता भएको थियोे ।

यो १२ बुदे शम्झौतापछि सामन्तबादको अन्त्य भए सङ्गै गणतन्त्रको घोषणा भयो र जनतामा थुप्रै खालका आशा अपेक्षाहरु थिए।ती आशाहरु पूरा हुनुको साटो देशको शासन ब्यबस्था उल्टो दिशातिर घुम्न थाल्यो र देशको शासन ब्यबस्था दलाल ब्यबस्थामा बदलियो र त्यहिँबाट शान्ति शम्झौतामा घोषित रुपमै कुठाराघात भएको आम नेपाली जनता र क्रान्तिकारी पार्टीका नेताकार्यकर्ताले देख्न थाले। 

यदि सम्झौता या बिस्तृत शान्ति सम्झौतालाई  अदालतमा लिइन खोजिन्छ भने २००७ सालको क्रान्तिमा पनि राजा ,काङ्ग्रेस ,राणा र दिल्लिको मध्यस्थतामा सम्झौता भयको होइन इतिहासलाई हेरेर अनिमात्र बोल्नु उचित हुन्छ। जसरी हेर्दा पनि अहिले जनयुद्ध गर्नेहरुलाई षडयन्त्र गरेर कसैमाथी बदलाबको भाबन राख्ने होईन आज दलालहरुको कारण देशमा फेरि युद्धको कालो बादल मडारिदै छ र देशलाई फेरि जबर्जस्त युद्वमा धकेल्न प्रयत्न भैराखेका सङ्केतहरु आईरहेका छन।

शान्ति सम्झौतालाई इमानदारीतापुर्बक कार्यान्वयन गर्न नेपालका दलाल सम्सदीय ब्यबस्थाका हिमायती भनिने बिदेशीका दलालहरु कोहि पनि तयार छैनन् ।यदि तयार हुन्थ्य भने नेपाल साच्चिकै जनताको आधारभुत अधिकारको ग्यारेन्टी सहितको गणतन्त्र नेपाल हुने थियो।आज त्यो नभएर हिजो १०बर्षे माहान जनयुद्धमा सहभागी सबैलाई अपराधीकरण गर्न खोजिदैछ।

यो कदापी स्विकार्य हुनेछैन आज नेपालमा गणतन्त्र आइसकेपछि पुष्पकमल दाहाल (प्रचण्ड ) ३ पटक ,माधब नेपाल ,झलनाथ खनाल ,बाबुराम भट्टराई ,मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मी ,सुशील कोइराला ,सेरबहादुर देउवा १ पटक र केपी शर्मा ओली २ पटक प्रधानमन्त्री हुँदासम्म पनि शान्ति शम्झौतालाई कार्यान्वयन गर्न ध्यान गएन ।शान्ति प्रक्रियाको नाममा माओवादीका गद्दार नेतृत्वको कारण जनमुक्ति सेनालाई  नेपाली सेनामा विलय र क्यान्टोनमेन्टमा भएका हतियारहरु बाबुराम प्रधानमन्त्री हुँदा रातारात कब्जा गर्न लगाईयो ।२०६६ देखी २०७८ सम्म विभिन्न नामधारी आयोगहरु गठन भएता पनि ती आयोगहरु नाममै सिमित भए ती आयोगले माखोसम्म मार्न सकेनन् ।

त्यसको परिणामस्वरूप अहिले बिदेशीका दलालहरु शहरका चोकहरुमा स्यालहुइयाई तरिकाले फाईफुट्टी लाउँदै हिडिरहेका छन । ब्यक्तिगत रुपमा जनयुद्धको बिषयलाई लिएर ईगो साट्न विभिन्न प्रपञ्छरु रचिदैछ्न, फेरि पनि देशलाई कसरी द्वन्द्वमा धकेल्न सकिन्छ भनि थुप्रै षड्यन्त्र भइराखेका छन।

कहिले ने.क.पा.माथि प्रतिबन्ध लगायर या त प्रचण्डमाथी जनयुद्धका मुद्दा ब्यतिगत लगाएर यी सबै देशलाई फेरि गृहयुद्धमा लैजाने दुस्साहस हुन।यसको प्रतिरोध गर्दै देशीविदेशी यथास्थितिबादी,भुमण्डलिकृत साम्राज्यवाद र दलाल पुँजिवादका विरुद्ध एकीकृत ढंगले लडनु जनयुद्धबाट प्राप्त उपलब्धिलाई सस्थागत गर्दै दलाल सम्सदीय ब्यबस्थालाई अन्त्यगरी बैज्ञानिक समाजबादी व्यवस्था ल्याएर, जनतालाई अधिकार सम्पन्न बनाएर सबै समस्याको समाधान गर्नु सबै कम्युनिस्ट पार्टी ,बामपंथी ,प्रगतिशील ,राष्ट्रवादी शक्तिहरूको जिम्मेवारी ,दायित्व,र कर्तव्य हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।