१४ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपाल, मकवानकाे जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा सुनिल सी

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मकवानपुरको ऐतिहासिक १२ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलन बागमती प्रदेशको राजधानी हेटौंडा स्थित दर्शन पार्टी प्यालेसमा भएको हो । सम्मेलनले सुनिल सीको अध्यक्षतामा जिल्ला समिति चयन गरेको छ ।

१२ औं जिल्ला सम्मेलन आयोजक समितिका संयोजक किरण सीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य तथा नारायणी व्युरो इन्चार्ज एटम सीको प्रमुख आतिथ्यता रहेको छ । प्रमुख अतिथि सहित सबै अतिथी गणले दिप प्रज्वलन गरि सम्मेलन कार्यक्रमको उद्घाटन गरेको हो । सम्मेलन कार्यक्रममा शुभकामना मन्तव्य दिँदै पार्टीका पोलिटव्युरो सदस्य तथा नारायणी व्युरो इन्चार्ज एटम सीले युवाहरू अगुल्टो र युवा संगठन एक प्रभावकारी झिल्को भएको बताए जसले आफू बलेर अरुलाई उज्यालो दिन र खरानी बनाउन पनि सकिन्छ भन्ने महत्त्वपूर्ण कुरा राखे । साथै युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन जंगलीले र नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमकै बिचमा विभिन्न पार्टी संगठन परित्याग गरि २७ जना युवाहरूले पार्टी प्रवेश समेत गरेको छ । सम्मेलनले युवा संगठन नेपाल मकवानपुरको २१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ । जसमा अध्यक्ष सुनिल सी, उपाध्यक्ष रमेश सी, सचीव सन्दिप सी, सह सचिव दिलमाया सी र कोषाध्यक्षमा दिनेश सी रहेका छन् । नव निर्वाचित कार्यसमितिलाई मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीले बधाई तथा शुभकामना दिएका हुन् ।

उक्त कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सी, नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी, अनेम संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा नारायणी व्युरो इन्चार्ज सुशीला सी, युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सी लगायतको आतिथ्यता रहेका छन् । कार्यक्रममा उपस्थित अतिथिगणसहित सम्पूर्ण जनमासलाई आयोजक समिति सदस्य दिलमाया सीले स्वागत मन्तव्यद्वारा स्वागत गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।