१२ श्रावण २०८१, शनिबार

अखिल (क्रान्तिकारी) नुवाकोटले बुझायो २३ बुदे ज्ञापनपत्र

0

 

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन क्रान्तिकारीले नुवाकोटले २३ बुदे ज्ञापनपत्र बुझाएको छ । अखिल(क्रान्तिकारी)ले केन्द्रीय समितिकाे निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाइ, नुवाकोटका प्रमुख र विदुर नगरपालिको शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । 

अखिल (क्रान्तिकारी)की केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला संयाेजक राेजी सीकाे नेतृत्व गएकाे टाेली जिल्ला भरिको शैक्षिक बेथिति र नगरपालिका भित्रका समस्याहरु ऊल्लेख गरि ज्ञापनपत्र बुझाएको हो । ‘देशमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना र २०७२ सालको संबिधान बने पश्चात पनि संविधानमा व्यवस्था गरिएको अनिवार्य र निशुल्क शिक्षाको व्यावस्था लागु गरिएको छैन ।’, ज्ञापनपत्रमा भनिएको छ, ‘ मावी तहसम्मको शिक्षा निशुल्क गरियोस् । एक क्याम्पस एक उत्पादनको नीति लागू गरियोस् । विधार्थीले यातायातमा पाउने ४५% छुटको व्यवस्था पूर्णरूपमा कार्यान्वयन गरियोस् ।’

शिक्षामा भएको चरम व्यापारीकरण, निजीकरण, माफियाकरण बन्द गर्न पनि माग गरेका छन् । कार्यालय प्रमुखले विद्यार्थीका मागहरु पुरा गर्न प्रतिवद्धता जनाएको अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम नुवाकोट जिल्ला सयोजक रोजी सिले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।