११ श्रावण २०८१, शनिबार

मजदुर अधिकारका लागि संगठित हुन जरुरी छ : ज्ञानु सी

0

काठमाडौँ: नेपाल कम्युनिस्टको केन्द्रीय सदस्य तथा काठमाडौँ स्थित ६ नम्बर जिल्ला इन्चार्ज ज्ञानु सीले मजदुर हक र अधिकारका लागि सम्पुर्ण श्रमिक मजदुर संगठित र एकताबद्ध हुन जरुरी रहेको बताएकी छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतकै पेशागत संघ औधाेगिक मजदुर संघको सम्पन्न इकाइ भेलामा निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदै नेतृ ज्ञानुले अहिलेको यो व्यवस्थामा मजदुर, किसान र उत्पीडित वर्गले खेप्नु परेको सास्तीलाई औल्याउदै उनले यसको सामधानको लागि एक मात्र विकल्प भनेको श्रमिक तथा उत्पीडित वर्गले संगठित भएर वैज्ञानिक समाजवाद प्रप्तिका लागि संघर्षको वातावरण तयार गर्नु पर्ने बताएकी हुन् ।
भेलाले काठमाडौँको किर्तिपुरस्थित उपत्यकाकै दोस्रो पुरानो र ठूलो डेरी उद्योगमा सरोज रुम्बाको अध्यक्षतामा सात सदस्यीय कमिटी चयन गरेको छ ।
भेलामा नेपाल कम्युनिस्ट पार्टीका काठमाडौँ ६ नम्बर जिल्ला इन्चार्ज ज्ञानु सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य द्वय असिम किरण सी, दिनेश सी, नेकपाका जिल्ला कमिटी सदस्य जय सीको उपस्थितिमा सम्पन्न भेलाको अध्यक्षता सरोज रुम्बाले गरेका थिए भने संचालन लक्ष्मण सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।