११ श्रावण २०८१, शनिबार

सामुदायिक विद्यालयले लिने गरेको शुल्क बन्द गर्न मेयर बोगटीलाई नेकपाको ध्यानाकर्षण 

0

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुले नियम विपरीत शुल्क असुलिरहेको विषयमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले नगरका मेयर पदम बोगटीलाई ध्यानकर्षण गराएको छ । बिहीबार नेकपा नेताहरुले बोगटीसंग भएको भेटवार्तामा नियम विपरीत शुल्क लिने सामुदायिक विद्यालयहरुलाई कारबाही गर्न र विद्यालयहरुलाई शुल्क लिन बन्द गराउन माग गरेका हुन् ।

मेयर बोगटीले नेपाल कम्युनिस्ट पार्टी र अखिल क्रान्तिकारीले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सो भेटघाटमा नेकपा जिल्ला इन्चार्ज विराट सी, वीरेन्द्र सी र अखिल क्रान्तिकारी केन्द्रीय सदस्य ललित सी लगायत जिल्लाका अन्य नेताहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।