२१ बैशाख २०८१, शुक्रबार

अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी

0

 

 

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङको अध्यक्षमा प्रकृती सी निर्वाचित हुनुभएको छ ।

 

आइतबार तुलसीपुरमा सम्पन्न सङ्घको दशौं जिल्ला सम्मेलनले प्रकृती सीलाई अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरिएको हो ।

जसको उपाध्यक्षमा कमला सी , सचिवमा अरुणा सी , सह-सचिवमा बन्दना सी र कोषाध्यक्षमा बिन्दु सीलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा रमा सी , शान्ती सी , भावना सी , तता सी , भिमा सी , शुसिला सी , अमृता सी , श्रीजना सी , सीता सी , चन्द्रकला सी , माया सी , तुल्सी सी , मोती सी , कमला सी , माया रावत सी , कल्पना सी , पवित्रा सी र मिना सी रहेका छन् ।

 

सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीले वर्गसंघर्षको कुशल नेतृत्व महिलाहरुले गर्न सक्ने बताउनुभएको थियो ।

नेता शितलले भन्नुभयो – ‘महान जनयुद्धमा पनि महिला कमरेडहरुले वर्गसंघर्षमा थुप्रै लडाइहरुको कुशल नेतृत्व गरेको इतिहास छ । अहिलेको एकीकृत जनक्रान्तिमा पनि महिलाहरुको वर्गसंघर्षमा कुशल नेतृत्वको आवश्यकता पार्टीमा रहेको छ । वर्गसंघर्षलाई राम्रो अनुभव गरेका महिलाहरुले यो जिल्लालाई नेतृत्व गर्ने कुराले हामिलाइ खुशी लागेको छ ।’

 

महिलाहरुमाथी अहिले लघुवित्तले ज्यादती गरिरहेको छ , उहाँले थप्नुभयो, ‘गाउँ गाउँमा लघुवित्तले विभिन्न उधममा सघाउने नाममा महिलाहरुलाई मर्न बाध्य बनाएको छ त्यसका विरुद्ध क्रान्तिकारी महिलाहरुले कारवाही अगाडि बढाउनुपर्ने हुन्छ । महिलाहरुमाथी अहिलेपनी विभिन्न बिभेदका शृङ्खलाहरु हुने गरेका छन् । बिभेदको जरो अझै उखेलिएको छैन । जवसम्म देशमा दलाल पुजीवादी राज्यसत्ताको विकल्पमा नयाँ वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना हुँदैन तबसम्म महिला मुक्ती सम्भव छैन्।’

 

वैज्ञानिक समाजवादमा महिलाहरु अधिकार सम्पन्न हुन्छन्,उहाले थप्नुभयो,‘बिभेदका जन्जालबाट मुक्त हुन्छन् । पुरुष सरह ज्याला पाउछन् । राज्यसत्तामा समान सहभागिता कायम हुन्छ । समाजवादमा महिलालाइ माल/वस्तुको रुपमा होइन गहनाको रुपमा चिनिन्छ । महिला हिंसा पुरै अन्त्य हुन्छ ।’

साम्राज्यवादको हावामा युवतीहरु समेत बिदेशिने गरेका छन् । उहाँले फेरि भन्नुभयो – ‘यहाँको दलाल पुजीवादी संसदीय व्यवस्थाले युवतीहरुलाइ समेत बिदेश जान बाध्य वनाएको छ । त्यसैले यो सत्ताका विरुद्ध जनयुद्धमा जस्तै राइफल बोक्न तयार हुने हो बिदेश जाने सोच्नु हुँदैन ।’

 

भ्रष्टाचारी , मिटरव्याजीहरु राज्यको संरक्षणमा भएकाले राज्यले कार्वाही गर्न नसक्ने भन्दै अब भ्रष्टाचारीलाइ नेकपाले कारवाही गर्ने नेता शितलको उद्घोष थियो ।

 

अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम राप्ति ब्युरो कार्यालय सचिव विकाश सी , अनेमसंघ क्रान्तिकारीका राप्ती ब्युरो इन्चार्ज अशोका सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अनेमसङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अनेमसङ्घ क्रान्तिकारी पुर्वी दाङ जिल्ला अध्यक्ष साधना सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्वल सी , अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका राप्ती ब्युरो इन्चार्ज बिजय सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य तथा एकीकृत जनक्रान्तिका सहिद महानकि जीवनसंगिनी मालती सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओलीले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलनमा संगठनका राप्ती ब्युरो इन्चार्ज अशोका सीले प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

नवनिर्वाचित २५ सदस्यीय जिल्ला कमिटीलाई बधाई मन्तव्य नेकपा पश्चिम दाङका सचिव निर्मल सीले व्यक्त गर्नुभएको थियो ।

 

अनेमसङ्घ क्रान्तिकारी पश्चिम दाङको दशौं जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खिमा सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सम्मेलन आयोजक समिती सदस्य अरुणा सीले गर्नुभएको हो ।

कार्यक्रममा सामना परिवार पश्चिम दाङकी कलाकार विपना सीले जनवादी नृत्य प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।