८ बैशाख २०८१, शनिबार

बाग्लुङको शेरादोभान सहकारीलाई बचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नेकपाको माग

बचतकर्ताहरुलाई ठगी गरे कारबाहीको दायरामा ल्याउने चेतावनी

0

बाग्लुङ / बाग्लुङको शेरादोभान सहकारी सञ्चालन समितीले स्थानीय नागरिकको निक्षेप हिनामिना गरेकोले बचतकर्ताहरुलाई अन्याय भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी बाग्लुङले उनिहरुको बचत फिर्ता गर्न माग गरेको छ ।नेकपा बाग्लुङका सेक्रेटरी क्रान्ति सी ले आइतबार एक प्रेस बिज्ञप्ती जारी गरि यस्तो माग गरेका हुन।

सेक्रेटरी क्रान्ति सी द्वारा हस्ताक्षरित बिज्ञप्तीमा शेरादोभान सहकारीको लाखौं बचत हिनामिना हुन गएको जनगुनासो रहेकोले उनिहरुको रकम फिर्ता गरि सहज बाताबरण बनाउन माग गर्नुका साथै जनतासङ्ग ठगी कार्य गरे आबश्यक कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।