१२ बैशाख २०८१, बुधबार

बस दुर्घटना हुँदा ३१ जना घाइते

0

काठमाडौं।पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो ।

 

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । 

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।