८ बैशाख २०८१, शनिबार

नेकपा पश्चिम लुम्बिनी ब्यूरोद्वारा राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम उद्घाटन

0

प्यूठानः नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्बिनी ब्यूरोद्वारा पाँच दिने व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम आजदेखि प्यूठानको सरुमारानी गाउँपालिकास्थित दर्भान बजारमा सन्चालन भएको छ ।
पाँच दिनसम्म चल्ने स्कुलिङमा माक्र्सवादका तीन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दूई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना गरी रक्षा र विकास सम्वन्धी एकिकृत जनक्रान्तिको स्कुलिङ पठ्यक्रममा आधारित पढाई हुने नेकपा पोलिट व्यूरो सदस्य तथा केन्द्रिय स्कुल विभाग प्रमुख क.ध्रुव सीले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा यूवा परिचालन विभाग इन्चार्ज असल सीले क्रन्तिकारी विचार सिद्धान्त तथा राजनैतिक कार्यदिशा बदलिदो समय अनुसार विकास र रक्षा गर्दै अन्तत वैज्ञानिक समाजवाद स्थापना गर्न सशस्त्र क्रान्ति नै एक मात्र विकल्प रहेको बताए । त्यस्तै नेकपाका केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य प्रयास सीले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकाले विभेदरहित सुन्दर र समृद्ध मानव जातिको समाज व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने पहिलो मापदण्ड भनेको मानसिक समृद्धि भएकाले पार्टीका अगुवा नेता तथा सिंगो कार्यकर्ता पंक्ति वैचारिक रुपमा समृद्ध र सशक्त हुनुपर्ने बताए ।
नेकपाका पोलिट व्यूरो सदस्य तथा पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज सञ्जिव सीको अध्यक्षतामा भएको व्यूरो स्तरिय स्कुलिङ कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले सहभागीहरुलाई कार्यक्रम व्यवस्थापक जिल्ला पार्टीको तर्फबाट स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने पार्टीका केन्द्रिय सदस्य तथा दक्षिणी दाङ्गका इन्चार्ज विक्रमले सन्चालन गरेका थिए । स्कुलिङ कार्यक्रममा पुर्वी र पश्चिम कपिलवस्तु, अर्घाखाँची, दक्षिण दाङ्ग र प्यूठान गरी जम्मा पाँच जिल्लाबाट जिल्ला तहका अगुवा नेता ,कार्यकर्ताहरुको सहभागिता रहेको स्कुलिङ कार्यक्रम जेठ ५ गतेसम्म चल्ने नेकपा पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज . सञ्जिव सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।