८ बैशाख २०८१, शनिबार

शिक्षक सरुवामा कञ्चनपुर शिक्षा इकाईले गरेको आर्थिक चलखेलप्रति नेकपाको आपत्ति

1

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले शिक्षा विकास तथा समुन्वय इकाई कञ्चनपुरले शिक्षक सरुवाको नाममा लाखौंको आर्थिक चलखेल गरेको बताएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रमा अनियमितता गर्नु जघन्य अपराध रहेको बताउँदै नेकपाले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

यस्ता क्रियाकलपका विरुद्ध नेकपा निर्मम ढंगले प्रस्तुत हुने समेत नेकपा बताएको छ । नेकपाका कञ्चनपुर जिल्ला सचिव दिवार सी र इन्चार्ज विराट सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “शिक्षा विकास तथा समुन्वय इकाई कञ्चनपुरले शिक्षक सरुवाको नाममा व्यापक आर्थिक चलखेल गरेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा जस्तो पवित्र क्षेत्रमा पनि यस्ता खालका हर्कत गर्न जघन्य अपराध हो । उक्त बेथितिका विरुद्ध पार्टी निर्मम ढंगले प्रस्तुत हुने निश्चित नै छ ।

उक्त विज्ञप्तिमार्फत सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा लिने गरेको शुल्क खारेज गर्न माग गरेको छ । साथै आज सम्म विद्यार्थीबाट लिएकाे शुल्क फिर्ता गरी सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई निःशुल्क पढ्ने वातावरण सिर्जना गर्नुपर्ने नेकपाले बताएको छ ।

विज्ञप्तिकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “शिक्षक सरुवामा कञ्चनपुर शिक्षा इकाईले गरेको आर्थिक चलखेलप्रति नेकपाको आपत्ति

  1. सरकारी विद्यालयको गुणस्तर सुधार र व्यथिका विरुद्ध आम जनसमुदायले कानुनी लडाइ लडन पनि जरुरी भैसकेको छ !

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।