१२ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा जिल्ला प्रशासन र हेटौंडा उपमहानगरपालिकालाई २० बुँदे मागपत्र

0

मकवानपुर: अखिल (क्रान्तिकारी) मकवानपुरले २० बुँदे मागपत्र बुझाएको छ । मागपत्र जिल्ला प्रशासन कार्यलय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको कार्यलय हेटौंडालाई बुझाइएको हो । अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी व्युरो इन्चार्ज विवेक सी र केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा बुझाइएको मागपत्रमा शैक्षिक क्षेत्रका विविध समस्याहरुको समाधान र विद्यार्थीहरुका हकहित र अधिकारको प्रावधानका विषयहरु समेटिएका छन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको हस्ताक्षरमा भएको मागपत्रमा नेपालको संविधान २०७२ को धारा ३१ मा व्यवस्था गरे अनुसार आधारभूत तह र माध्यमिक तहको निशुल्क र अनिवार्य शिक्षा पूर्ण रुपमा लागू गर्न, गराउन जोड्दार माग गरेको छ । त्यस्तै विभिन्न शिर्षक र बहानामा निजि तथा सामुदायिक विद्यालयले लिइरहेको शुल्क बन्द गर्न, आवश्यकताको आधारमा भाषाको प्रयोग गर्न, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउने कार्ययोजना बनाइ लागू गराउन पनि माग गरेको छ । साथै निजि विद्यालयले दिनुपर्ने १० प्रतिशत छात्रवृत्ति धेरै जसो विद्यालयले नदिएको र लक्षित वर्गमा नपुगेको पाइएकाले  तत्काल छानबिन गरि त्यस्ता विद्यालयहरुलाई छात्रवृत्ति प्रावधान कार्यन्वयन गर्न लगाउन तथा तोकेको शुल्क भन्दा बढी र अनावश्यक शिर्षकमा शुल्क लिने विद्यालयलाई नियमन गरि कारबाही गर्न समेत माग गरेको छ ।

त्यस्तै विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडाछुटको प्रावधान कडाइपूर्वक लागू गराउन र नगरभित्रका घरकोठाहरुको नियमन गरि विद्यार्थीहरुका लागि सहुलियतपूर्ण तथा समान कोठाभाडा दर कायम गर्न अखिल (क्रान्तिकारी) मकवानपुरले हार्दिकताका साथ अपिल गरेको छ । यदि मागपत्रमा उल्लेखित सबै मागहरु समयमै पूरा नहुने र सम्बन्धित शैक्षिक संस्थाहरुले शिक्षा ऐन विपरीत मनोमानी गरेको पाइएमा अखिल (क्रान्तिकारी) मकवानपुर संघर्षमा होमिन बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकाय नै हुनुपर्ने कुरा समेत पत्रमा लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।