१९ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी) का नेता डिवि सी पक्राउ, तत्काल रिहाई गर्न माग

0

 

काठमाडौं। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा CTEVT ईन्चार्ज डिवि सी पक्राउ परेका छन्। सोमवार संयुक्त विद्यार्थी संगठनले ५९ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भए पश्चात राष्ट्रिय नाच घर जमल बाट पक्राउ परेका हुन। पक्राउ पर्नुको कारण र अवस्था बारे केही  खुलेको छैन।

 

नेता डिवि पक्राउ परेपछि अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेश सी ले फेसबुक स्टाटस मार्फत् तत्काल रिहाईको माग गरेका छन्। उनले भने “बिनाकारण कार्यक्रम स्थल नाचघर,जमलबाट गिरफ्तार गरिएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य एवं CTEVT इन्चार्ज क. डिबि लाई तत्काल रिहाइको लागी अपिल गर्दछौं अन्यथा संगठन कडा संघर्षमा उत्रिने चेतावनी दिन चाहान्छौ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।