
बझाङ: नेपाल कम्युनिस्ट पार्टी बझाङ ‘ख’ जिल्लामा श्रमिक समुदाय मोर्चा नेपाल बझाङको प्रथम सम्मेलन सम्पन्न भएको छ । सोमबार जीवन सी को नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति गठन गर्दै जिल्लाको बङ्गाल नगरपालिका विजगडामा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले अध्यक्षमा जीवन सी, उपाध्यक्षमा दलबीर सी, हरिता सी, सचिवमा विनोद सी, सह सचिवमा काले सी, कोषाध्यक्षमा विमल सी लगायत १९ सदस्यीय समिति निर्वाचित भएको श्रमिक मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी ले बताए ।
सम्मेलनका प्रमुख अतिथिका तथा बझाङका इन्चार्ज भरत सी ले आम श्रमिक समुदायको वर्गीय मुक्तिको लागि सबैले क्रान्तिको बाटोमा आवद्ध हुनुपर्ने बताए । अहिलेकै दलाल संसदीय व्यवस्थामा कुनै पनि वर्गले समानताको अनुभूति गर्न नपाउने इन्चार्ज भरतले भने । सम्बोधनका क्रममा उनले भने ,“ सबै श्रमिक समुदायले वैज्ञानिक समाजवाद स्थापना भए मात्र वास्तविक समानताको आभास गर्न पाउने छन् त्यसैले समाजवाद स्थापना गर्न सबैले क्रान्तिकारी आन्दोलनमा आवद्ध हुनुपर्ने आबस्यकता छ ।”
जीवन सि को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा बझाङका इन्चार्ज भरत सी, अथितिमा बझाङ क जिल्लाका सचिव तिलक सी, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य लोकेन्द्र सी लगायत नेताहरूको सहभागिता रहेको बताइएको छ ।