४ बैशाख २०८१, मंगलवार

स्वाधीनताका लागि

0

लुटेरा हातहरुलाई
अति नै दानी सम्झेर
स्वागत गर्नेहरु
संसार भरी आतंकको
दीपावली गर्दै
जोन वाइडेनलाई
आचमन गर्ने, गमदारहरुलाई
गद्दारका इमान्दार
भोटे कुकुरहरुलाई
गद्दारका सितामा विकेका
गीता भजकहरुलाई
नाङ्गै पारेर आमालाई
पराईलाई सुम्पने
नोट धारीहरुलाई
आमा बेचेर
निशान महल खरिद गर्नेलाई
सपनाको खेती गर्दै
आफ्नै नाफा÷नोक्सानको
बही खाता पल्टाउँदै
जिब्रो दायाँ–बाँया फड्कार्नेहरुलाई
बुट बजाएर आफ्नै
सग्रोत्रीका छातिमाथि
गोली ठोकेर
देशका रक्षक माथि
पानीका फोहोराले
निभ्दैन आक्रोसित देश
टिक्न सक्छौ र सधैं
पराईको बनेर
कसरी टिक्ला
आमाको बलात्कारमा रमाउनेहरु
पक्कै बदला लिनेछन्
अमरसिंहका सन्तानहरुले
कति सुन्नु, तिम्रा झुठा कुरा
कहिल्यै गरेनौ
इमान पूरा
राम्रोको लागि भन्दै
सुगौली सन्धी गर्नेहरु
आमाको मुहार फेर्छु भन्दै
कोशी बेच्नेहरु
असमान सन्धीमाथि
सन्धी थोपर्दै
नेपालीलाई
पराधिनताले लोपार्दै
देश उज्यालोले
जगमगाउँछ भन्दै
गण्डक सम्झौता गर्नेहरु
हरियाली हुन्छ,
आँगन करेशा भन्दै
महाकाली सन्धीमा
ल्याप्चे ठोक्नेहरु
हाम्रा प्राकृतिक सम्पदा बेचेर
कति हरा–भरा विकास
उन्नति प्रगति गर्‍यौ
स्वदेशका सन्ततीलाई
विदेशतिर लखेटेर
धेरै महान् बनेका छौ
लुटेरा, डाँकाहरु
आफूलाई आफै बौद्धिक
घोषणा गर्दै
आमाको छातिमा
पराई बुट बजार्न हौसिएकाहरु
निदाउन नसक्दा
होली वाइनमा डुब्नेहरु
आफ्नै पिसाबको तातोलाई
अनन्त न्यानो सम्झेर
गुमाउँदै छौ
देशको अस्मिता
अब उठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।