११ बैशाख २०८१, मंगलवार

आर्थिक अभावका कारण श्याम खत्रीको उपचारमा सकस, सबैलाई सहयोग गरिदिन अपिल

0

काठमाडौं। अछाम जिल्ला कमलबजार नगरपालिका ५ स्थायी ठेगाना भयका श्याम खत्री विगत चार महिनादेखि हस्पिटलमा उपचार गराइरहेका छन्। उनको गत पुस २० गते हाइस दुर्घटनामा परी मेरुदण्ड भाँचिएको थियोे । उनकाे नेपालगन्ज स्थित शिक्षण अस्पतालमा उपचार गराई सके पश्चात स्वास्थमा फेरि समस्या आय पछि थप उपचारका लागी काठमाडौँको सिनामंगलमा रहेकाे के एम सी हस्पिटलमा ल्याइएको छ।

दुई महिना देखि के एम सी मा उपचार गराई रहेका खत्रिको आर्थिक स्थिति कमजोर भयका कारण उपचारमा सकस परेको कुरा उनका भाई तिलक खत्रीले जानकारी दिए। उनका अनुसार आहिले उनलाई खुवाउनु पर्ने अत्यावसेक औषधि समेत किनेर खुवाउन सकिएको छैन। बिचमा विभिन्न संघ संस्था तथा व्यक्तिहरूले सहयोग गरे पनि अहिले सबै पैसा सकीएकोले उपचारमा समस्या आयको हाे। आहिले अस्पताल भर्ना भएर औषधि सेवन गर्नाको लागी मात्रै ८देखि १० हजार दैनिक खर्च हुने उनकाे भनाई थियो। त्यो खर्च धान्न आफूसँग कुनै स्रोत नभएकाले सबैलाई सहयोग गरी ज्यान बचाई दिन सबैलाई अपिल गरेका छन्। पहिला गाडी सहुले आर्थिक सहयोग गरेपनि अहिले साहु पनि सम्पर्कमा नरहेको गुनासो पोखे।

आहिले घाईते खत्रीको कम्मर मुनिको भागले काम गरिरहेको छैन। डाक्टरका अनुसार नसा च्यापिएको हुँदा उनलाई थप थेरापीको खाँचो रहेकाे छ।

खत्री केही वर्ष यता गाडी चलाएर उनका श्रीमती र दुई छोरी सहितको परिवार पालिरहेका थिए। खत्री दुर्घटनामा परी सके पछि उनकाे परिवारको बिचल्ली भएको छ।आर्थिक सहयोग गर्नका लागि श्याम खत्रीको संपर्क नम्बर ९८६५८६७७७३ मा सम्पर्क गरी वा प्रभु बैंकमा रहेकाे उनकी श्रीमती शान्ति कुमारी बढुवाल खत्रीको खाता नम्बर १३००१४४७०३८०००१६ मा रकम जम्मा गर्न सकिने छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।