२६ बैशाख २०८१, बुधबार

कालिकोटको रास्कोटमा नेकपाद्वारा अभियान सञ्चालन

0

 

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटीले संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालनलाई तिव्रता दिएको छ ।

नेकपाले अभियानमा पार्टी तथा जनवर्गीय संगठनहरुका संगठनहरु वनाउन थालेको छ । मंगलवार नेकपाले रास्कोट नगरपालिकाको वडा नम्वर ८ मा मात्र पाँच वटा जनवर्गीय संगठनहरुका संगठन निमार्ण गरेको छ ।वडाको सीम टोलमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको टोल कमिटी सन्जु सीको अध्यक्षमा ९ सदस्सीय र युवा संगठन नेपालको टोल कमिटी मिथिन सीको अध्यक्षामा १६ सदस्सीय गठन गरेको छ ।

यस्तै वडा नम्वर ८ को बाँखरकोट टोलमा नेकपाले तीन वटा जनवर्गीय संगठनका कमिटीहरु गठन गरेको छ । जसमा राम बहादुर सीको अध्यक्षतामा ७ सदस्सीय श्रमिक समुदाय मोर्चा नेपाल, गौकला सीको अध्यक्षतामा १६ सदस्सीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, पंख सीको अध्यक्षतामा १९ सदस्सी युवा संगठन नेपालको टोल कमिटी गठन गरिएको नेकपाले जनाएको छ ।

नेकपाले संगठन सुदृढ तथा विस्तार अभियानका क्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी राम वहादुर विक ,वुद्धि दर्जी र उदे विक नेकपामा प्रवेश गरेको जनाएको छ ।

अभियानका क्रममा नेकपा रास्कोट नगर कमिटी इन्चार्ज निर्देशन सी, सेक्रेटरी गौतम सी, जिल्ला कमिटी सदस्य सञ्जय सी, छायाँ सी, वडा सेक्रेटरी छाल लगायतको सहभागीता रहेको थियो ।

अभियानका क्रममा नगर इन्चार्ज निर्देशनले नयाँ संगठनमा आवद्ध सवैजनालाई हार्दिक वधाई सहित धन्यवाद दिर्दै पार्टीको योजनामा सक्रियतापूर्ण लाग्न निर्देशन दिए ।उनले नेपालमा वैज्ञानिक समाजवाद ल्याउने अभियानमा सवैलाई आवद्ध हुन अपिल गर्दै दलाल संसदीय व्यवस्थालाई जरैवाट नउखेल्य सम्म समाजवाद नआउने ठोकुवा गरे ।कक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।