२ बैशाख २०८१, आईतवार

माओवादी चीनमा बच्चाहरुको सामूहिक हेरचाहले महिलालाई कसरी स्वतन्त्र गर्‍यो !

0

जब महिलाहरु भलाकुसारी गर्दछन् र आपसी समस्याहरुको विषयमा छलफल गर्न थाल्छन् घरेलु काम र बच्चाहरुको स्याहार–सम्भार नै मुख्य विषय बन्न जान्छ । समाजमा भएको श्रम विभाजनले घरको काम गर्ने र बच्चाको हेरचाह गर्ने मुख्य दायित्व महिलामाथि रहन्छ । धेरैजसो जागिर तथा पेशागत महिलाले यी दुवै कामको भारी बोक्नुपर्छ । उनीहरुले दिनभरी बाहिरको काम र घर फर्केपछि चुलोचौका र बच्चाको स्याहार गर्नुपर्छ । समाजमा भएको त्यसप्रकारको श्रम–विभाजन महिलाको दमन–उत्पीडनको कारण बन्दै आएको छ । उनीहरु बाहिरी संसारबाट कटेर घरको चौघेराभित्र कैद हुन्छन् । जहाँ बच्चाको सूर्ता र घरको कामले थकित–गलित हुन्छन् र दिमाग सून्य अवस्था बन्छ । जसको कारण उनीहरुलाई क्रान्तिकारी आन्दोलनबाट अलग मात्र गर्दैन; पृथक ढङ्गले जिउने परिस्थिति पनि निर्माण गर्दछ ।
स्पष्ट नै छ कि जसको जीवन बच्चाको हेरचाह र घरेलु काममा व्यतित हुन्छ; उनीहरुको जीवन सामाजिक भूमिका निर्वाह गर्नबाट बञ्चित हुन्छ । जबसम्म श्रम–विभाजनको यो दमनकारी व्यवस्थाबाट महिलालाई मुक्त गरिन्न, तबसम्म उनीहरुको मुक्ति सम्भव छैन । ‘बच्चाहरुको हेरचाह कसले गर्ने’ यो प्रश्न महिला र पुरुषकोबिचमा सधैं ठूलो विषय बन्दै आएको छ । कतिपय महिलाहरु बच्चाको हेरचाह र घरेलु काममा पुरुषले अधिक जिम्मेवारी निर्वाह गरुन भन्ने चाहन्छन् । त्यसरी अन्तहीन संघर्ष चलिरहन्छ । संसारका महिला त्यो स्थितिबाट मुक्तिको बाटो खोजिरहेका छन् । गरीब परिवारका महिलाले सानोतिनो रोजगारी पाएभने पनि बच्चाको कारण बञ्चित हुनुपर्छ । धेरैजसो वयस्क महिलाहरु त उक्त कामको लागि आमामाथि निर्भर रहनुपर्छ । मध्यम वर्गका माओवादी चीनमा बच्चाहरुको सामूहिक हेरचाहले महिलालाई कसरी स्वतन्त्र गर्यो !

महिलाहरु त्यसको लागि घरेलु–श्रमिक राख्छन् । कम पारिश्रमिकमा पाइने त्यस्ता महिलाहरु धेरैजसो आप्रवासी हुन्छन् । जतिसुकै महत्वपूर्ण ओहदामा भए पनि महिला ‘सबैभन्दा पहिला आमा हुन्छन्’ भन्ने भनाइ सुन्दै आएका छौं । यो परिस्थिति यथार्थमा विरक्त लाग्दो छ । महिला र पुरुषकोबिचमा भएको यस्तो श्रम–विभाजन विश्व ऐतिहासिक समस्या हो। पुँजीवादी समाजमा परिवारिक जीवनलाई नितान्त निजी विषय बनाइन्छ । करोडौं महिलाहरु जब राती अबेर कामबाट घरमा आएपछि चुलोचौका, कपडा धुने, बढारकुढार, बजार र बच्चालाई खुवाउने–सुताउने काममा हरेक दिन लाड्नुपर्छ । करोडौं महिलाहरु घरघरमा एक्लाएक्लै श्रम गरिरहेका हुन्छन् ।उनीहरुको उर्जा र समयविनामूल्य खर्चिएको हुन्छ ।जसको कारण उनीहरुको शरीर जिर्ण बन्दै जान्छ ।

जबकि बच्चाको हेरचाह र घरेलु कामको दायित्व सामूहिक रुपमा सामाजिकृत व्यवस्थामागर्न सकिन्छ । यो व्यवस्थामानव संसाधनको अपक्षयहो र सर्वहारा वर्गको लागि ठूलो समस्या हो । यस्तो अवस्था रहेसम्म मानव जातिको आधा भाग सामाजिक उत्थानमा पूर्ण क्षमतामा क्रियाशील हुन सक्दैन । त्यसकारण हामी भन्छौं कि ‘क्रान्तिको प्रचण्ड शक्तिको हैसियतमा महिलाहरुको कोलाजलाई सम्बोधन गर’ ।

 यी विषयहरुले हामीलाई के सोच्न बाध्य पार्छन् भने यस्तो समस्याको समाधान गर्ने कुनै पृथक उपाय निकाल्न सकिन्छ त ? यस्तो उपाय विद्यमान छ । सन् १९४९मा माओ त्सेतुङको नेतृत्वमा क्रान्ति सम्पन्न गरेपछि २५ वर्षसम्म समाजवादी समाज निर्माण गर्न श्रमिक वर्ग लाग्यो । माओले महिलालाई घरेलु–श्रम र बच्चाको हेरचाहको झन्झटबाट मुक्त गर्नुपर्ने अनिवार्यता मनन गर्नुभयो । त्यसो गरिएन भने सबै प्रकारका शोषणबाट मुक्त समाजवादी समाज निर्माणको काम अधुरो रहनेछ । त्यही सोचको आलोकमा चिनियाँ जनताले बच्चाको रेखदेख र घरेलु कामको समस्याको वास्तविक समाधान निकाल्यो । आज अमेरिकी शासक जनतालाई भन्छ, ‘परम्परागत पारिवारिक मूल्यतिर फर्क ।’ तर चीनका महिलाहरु भने ती सम्पूर्ण ‘परम्परागत पारिवारिक मूल्यहरु’को विरुद्ध उभिएका थिए । जसले उनीहरुलाई हजारौं वर्षदेखि दबाएर राखेको थियो ।

माओको क्रान्तिकारी चीनले बच्चाको रेखदेखको समस्या कसरी समाधान गरेको थियो भन्ने कुरा सम्पूर्ण मान्छेले बुझ्न आवश्यक छ । जो समाजको आधारभूत र क्रान्तिकारी परि र्वतनमा संघर्षरत छन् । विद्यमान राजनीतिक सत्ता विघटन गरेर नयाँ सत्ता कायम गरेपछि पुँजीवादी समाजमा कहिल्यै समाधान नहुने समस्याको समाधान कसरी हुनसक्छ भन्ने देखाउँछ । माओवादी क्रान्तिले नै महिलाहरुलाई कसरी मुक्त गर्दछ भन्ने स्पष्ट हुन्छ । पुरानो चीनमा कनफ्यूशियसको प्राचीन दर्शनले मान्छेहरुको जीवनलाई नियन्त्रित गर्दथ्यो । महिलाहरुलाई उत्पीडन गर्नमा संस्कारको गहिरो भूमिका हुनेगथ्र्यौ । महिलाहरुलाई हरेक विषयमा पुरुषभन्दा कनिष्ठ ठानिन्थ्यो । उनीहरुको एकमात्र कर्तव्य पतिको सेवा गर्नु र ग्यालग्याल्ती छोरा जन्माउनु हुन्थ्यो ।

 माओले क्रान्तिको प्रारम्भिक दिनदेखि नै महिला मुक्तिलाई क्रान्तिको अविभाज्य अङ्ग बनाउनु भएको थियो । १९४९ अगाडि आधार इलाकामा महिलामाथि उत्पीडन गर्ने सम्पूर्ण सामन्ती परम्पराहरुको विरुद्ध जोड्दार सङ्घर्ष चलाइयो । जसको कारण शहर र ग्रामिण क्षेत्रका महिला क्रान्तिको बाटोमा सङ्गठित भए ।

सन् १९४९पछि कानूनी रुपमा नै सम्पत्तिमा महिलाको अधिकार पुरुष सरह कायम गरियो । श्रमकार्य र शासन व्यवस्था सञ्चालनमा महिलाको समान प्रतिनिधित्व सुनिश्चित गरियो । परन्तु सम्पूर्ण चीनमा पिछडिएको र महिला विरोधी चिन्तन कायम थियो । समाजवाद निर्माणको लागि महिलालाई समान अधिकार र समान सहभागिता गराउने कार्य सजिलै एकै झड्कामा भएको थिएन । कम्युनिस्ट पार्टीले महिलाहरुलाई घरको चौघेराबाट बाहिर निकाल्ने र राजनीतिक–आर्थिक जीवनमा सहभागिता गराउनु पर्ने कुरामा जोड गर्‍यो । परन्तु त्यसको जोडदार प्रतिरोध भयो– पुरुष र अरु सदस्यद्वारा प्रतिरोध भयो । जस्तो कि सासु चाहन्थिन कि उनकी बुहारी घर सम्हालोस् र बच्चाको हेरचाह गरोस् । क्रान्तिको लागि त्यो एउटा बिकट समस्या थियो । चिनियाँ समाजको अधिकांश महिला बस्ने ग्रामिण भूभाग र शहरमा महिला सभाहरु स्थापित भए ।

यी समितिहरु महिलाहरुमाथि उत्पीडन गर्ने लोग्नेहरु, पिताहरु र सासूहरुको विरुद्ध सङ्घर्ष गर्न महिलाहरुलाई सहयोग गर्दथ्यो । उदाहरणको लागि, यदि कुनै पति बच्चाहरुको हेरचाह गर्न अस्विकार गर्‍योभने अथवा आफ्नो श्रीमतीलाई राजनीति गर्न वा जागिर खान अवरोध ग¥यो भने सङ्गठनका प्रतिनिधिहरुले सङ्घर्षको नेतृत्व गर्थे । कुनै महिलालाई राती राजनीतिक बैठकमा जानु पर्दा बच्चा सम्हाल्ने काम पुरुषको हुन्थ्यो। महिला बैठकमा जाने र पुरुषले घरमा बच्चा सम्हाल्ने कार्य पुरानो चीनमा कल्पना बाहिरको विषय थियो। पुरुषले घरको काम र बच्चाको रेखदेख गर्ने कार्य एउटा अग्रगामी कदम थियो । तर यो कामको बाँडफाँड महिला र पुरुषबिच सीमित रहँदासम्म समस्याको वास्तविक समाधान थिएन । यो काम हरेक परिवारको अलग–अलग र निजी विषय बनिरह्यो ।

वास्तवमा परम्पराको दबावमा अधिक दायित्व महिलामाथि नै पथ्र्यो । त्यसको वास्तविक समाधान सामाजिक दायित्व वहन गर्ने प्रणालीले मात्र गर्न सक्दथ्यो । प्रत्येक परिवारले वैयक्तिक रुपमा लड्नुभन्दा बच्चाको रेखदेख र घरेलु कामको सामाजिकरण नै यथार्थ समाधान थियो । सामाजिकरणको यो प्रक्रिया नयाँ समाज निर्माणको एउटा महत्वपूर्ण भाग थियो जसमा मान्छेहरु सहकार्य र सामुदायिक रुपले बस्छन् र काम गर्छन् ।

 बच्चाहरुको लालनपालनको समस्या सामूहिक ढङ्गले समाधान 

पचासको दशकको आरम्भमा बच्चाहरुको हेरचाहसम्बन्धी प्रारम्भिक रुपरेखा शहर छेउको एउटा गाउँमा प्रारम्भ गरिएको थियो । जसमा आमाहरुले समय–समयमा दुध खुवाउन सक्थे । हेरविचार गर्न सक्थे । त्यसको अतिरिक्त ७ वर्षभन्दा कम उमेरका बच्चाहरुको लागि जो अझै विद्यालय गएका हुँदैनथे, उनीहरुका लागि शिशु–सदन र बाल–विहारको स्थापना गरियो । यी शिशु–सदन र बाल–विहारको सञ्चालन नजिकका सङ्गठन, विद्यालयहरु, कारखानाहरु र ग्रामिण इलाकाहरुमा किसानहरुका सहकारी समितिहरुद्वारा सञ्चालन गरिन्थे ।

बच्चाहरुको पालनपोषणमा परिचारिकाहरु र शिक्षिकाहरुलाई प्रशिक्षित गर्नको लागि विद्यालयहरु खोलिए । शहरी क्षेत्रमा महिला सङ्गठनहरुलेतालिमकेन्द्रहरु सञ्चालन गरे । गाउँहरुमा बच्चाहरुको हेरचाहको कामले शुरुमा गति लिन सकेन । कतिपय त प्रयोगको रुपमा तथा प्रारम्भिक नमूना हुने गर्थे । परन्तु १९५८–५९ को अग्रगामी छलाङ्गपश्चात् त्यो स्थितिमा ठूलो परिवर्तन आयो । महान् अग्रगामी छलाङ्ग एउटा विशाल जनआन्दोलन थियो । जसको नेतृत्व माओ त्सेतुङले गर्नुभएको थियो । आर्थिक विकासको क्षेत्रमा त्यो एउटा विशाल कदम थियो । कृषि तथा घरेलु उद्योग भएका ग्रामिण इलाकामा उनीहरुको विकासको लागि किसानहरुलाई सङ्गठित गरियो ।

उनीहरुलाई पराधिन बनाइराख्ने परम्पराहरु र विचारमाथि जबदस्त प्रहार गरियो । राष्ट्रियस्तरमा चलिरहेका उक्त अभियानहरुमा महिला मुक्ति एउटा केन्द्रीय मुद्दा बनेको थियो । गाउँहरुमा सामूहिक खेती हुन थाल्यो । कम्युनहरु स्थापना गरिए । जहाँ दशौं हजार किसानहरु एकसाथ रहन्थे र काम गर्थे । जसले गर्दा परिवार एउटा एकाईको रुपमा मान्छेहरुको जीवनको मियो (धुरी) बनिरहने प्रणाली मजोर बन्न थाल्यो । परिवारको स्थानमा कम्युन आयो । जहाँ सामूहिक (धेरै) परिवार एकसाथ रहन्थे । जुन अनुपातमा मान्छेहरुको आर्थिक जीवन धेरैभन्दा धेरै समाजिकृत हुँदै गयो, अरु विषयहरु जसरी नै बच्चाहरुको पालनपोषणले पनि समाजिकरणको भौतिक आधार प्राप्त गर्दै गयो ।

 समाजद्वारा बच्चाहरुको सामुहिक पालनपोषण चीनमा एकदमै नयाँ विषय थियो । शिशु–सदन र बालविहार सञ्चालन गर्नको लागि कम्युनिस्ट पार्टीले महिलाहरुमाथि निर्भर हुनुपथ्र्यो । यदि त्यसो गरिन्नथ्यो भने महिलाहरुका आवश्यकता र सरोकारहरुलाई वास्ता नगरी शिशु–स्याहार केन्द्रहरु स्थापना हुन्थे । आफ्नो सहभागिता नभएका त्यस्ता संस्थाहरुमा महिलाहरुले अपरिचित व्यक्ति समक्ष आफ्ना नानी–बाबुहरु छोड्न हिचकिचाउन सक्थे । त्यसो भएमा पुरानो र पछौटे विचार विरुद्ध महिलाहरु लड्ने थिएनन् । यदि उनीहरु घरबाट बाहिर निस्कन चाहन्थे भने पछौटे विचार र परम्पराहरु विरुद्ध सङ्घर्ष गर्नुपथ्र्यो । आवश्यक अनुसन्धानपछि प्रान्त वा जिल्लाको कम्युनिस्ट पार्टीले सरोकारवाला महिलालाई विस्तृत र खुलस्त छलफलको आमन्त्रण गर्‍थ्यो । बाल–केन्द्र कसरी स्थापना गर्ने र सबै बच्चाहरुको राम्रो स्याहार गर्ने भन्ने नीति बन्थ्यो । त्यसअनुसार कार्य विभाजन र पारिश्रमिक टुङ्गो लगाइन्थ्यो। बाल–केन्द्र सञ्चालन भएपछि कर्मचारीहरु र अभिभावकको नियमित बैठक भइरहन्थ्यो।

एकपटक एउटा गाउँमा कर्मचारी जुटाउन मुस्किल पर्‍यो । किनकि त्यो गाउँका अधिकांश महिलाहरु पुरुषसँगै खेत–बारीमा काम गर्न रुची गर्दथे । पुरुष र महिला दुवैले बच्चाको हेरचाह गर्ने कामलाई हेयको दृष्टिले हेर्ने गर्थे । अवकाशप्राप्त प्रौढ महिलाहरुका लागि पनि चकचके बच्चाहरुलाई सम्हाल्न सजिलो थिएन । अन्ततः उक्त गाउँले लामो छलफलपछि समस्याको समाधान निकाल्यो । अविवाहित युवा महिलाहरुलाई बच्चाको सामूहिक पालनपोषण कसरी गर्ने भन्ने विषयमा तालिम दिइयो । तािलम लिएर आएपछि उनीहरुलाई स–साना स्याहार केन्द्रहरुको जिम्मेवारी सुम्पियो । जसमा अवकाशप्राप्त प्रौढ महिलाहरुले उनीहरुलाई मद्दत गर्दथे । हजुरआमाहरुले बच्चाहरुलाई पुरानो समाजमा मानिसहरुमाथि कस्तो अपमान गरिन्थ्यो भन्ने कथा सुनाउँथे ।

यसरी बच्चाहरुको समाजिकृत व्यवस्थाले व्यापकता पाउँदै जाँदा करोडौं महिलाहरु समाजवाद निर्माणको काममा भाग लिन स्वतन्त्र हुँदै गए । १९५२ सम्म पुग्दा शिशु–स्याहार केन्द्रको स्थापना कारखानाहरु, खानीहरु, सरकारी कार्यालयहरु, कृषि क्षेत्रहरुमा शिशु–स्याहार केन्द्र तथा विद्यालयहरुको संख्या १९४९को तुलनामा २२ गुणासम्म वृद्धि भएको थियो । १९५०को पुरै दशकमा मूलतः ‘महान् अग्रगामी छलाङ’को समयमा त्यो दर लगातार बढेर गयो। किनकि भान्छा, सिलाई, अनाज पिसानी–कुटानीका कामहरुको ; माजिकरण भइसकेको थियो । अनुमान गरिएको थियो कि १९५९सम्म ग्रामिण इलाकामा झण्डै ५ करोड शिशु–स्याहार केन्द्र र बालविहार, ३.५ करोडभन्दा धेरै सार्वजनिक भान्छाघर र अनेकौं गहुँ पिस्ने मिल तथा सिलाई केन्द्रहरु स्थापना भएका थिए । शहरहरुमा सामूहिक सेवा– सुविधा सरोकारवाला सङ्गठनहरुले गर्थे ।

जसमा नुक्कड शिशु केन्द्र (Street Nursing) र सामुदायिक भोजन केन्द्रको सुविधाहरु पनि थिए । तीमध्ये केही साना र केही भने सयौं परिवारलाई खाना खुवाउन सक्ने क्षमताका थिए । जागिरेहरु आफ्ना बच्चाहरुलाई खाना खान त्यहीं लिएर आउँथे वा खाना लिएर जान्थे । बिरामी र बिरामी कुर्नु पर्दा भान्छाघरसम्म जान नसक्नेहरुका लागि केही शहरमा ठेलागाडामा भोजन (Meals on Wheels) को व्यवस्था गरियो । कारखानामा काम गर्ने महिलाका बच्चाहरुको हेरचाहको लागि अलग्गै व्यवस्था मिलाइयो । जहाँ महिला श्रमिकको आवश्यकता अनुसार आधा दिन, पुरै दिनभरी, चौबिस घण्टा र पुरै साताको लागि हेरचाहको व्यवस्था गरिन्थ्यो । कारखानामा श्रम–तालिका अनुसार लालनपालनको तालिका निर्धारित गरिन्थ्यो। महिलाको कार्यस्थलबाट सकेसम्म नजिकमा ती शिशु–स्याहार केन्द्रहरु स्थापना गरिएका हुन्थे । समाजवादी चीनमा बच्चाहरुको स्याहार गर्ने संस्थाहरुको स्थापनामा समाजले प्राथमिकता दियो ।

 परिणामस्वरुप बाल–स्याहार केन्द्रहरुको स्थापनाले तीब्रता पायो । उदाहरणका लागि, १९५९मा राजधानी बेइजिङमा १ हजार २ सय ५० नुक्कड बाल–क्रिडा केन्द्र र शिशु केन्द्र थिए जसमा ६२ हजार बच्चाहरुको रेखदेख हुन्थ्यो । जसको संख्या १९६०मा १८ हजार पुग्यो र सेवा लिने बच्चाहरुको संख्या ६ लाख नाघेको थियो । सामूहिक स्याहारका साथै राजधानीमा १२ हजार सामुदायिक भान्छाघर बनाइयो । १ हजार २ सयभन्दा बढी सफाई तथा मर्मतका पसल र ३ हजार ७ सय सेवा केन्द्रहरु स्थापना गरिए । जहाँ उनीहरुले आफ्ना लुगाहरु मर्मत र सफा गर्न दिन सक्थे । त्यसैगरी छोटो समय राख्ने बाल–स्याहार केन्द्रहरु पनि स्थापना गरिए । जहाँ महिलाहरुले बजार जाँदा, चलचित्र हेर्न जाँदा, अंशकालीक कक्षाहरुका लागि विद्यालय जाँदा छोटो समयका लागि आफ्ना नानी–बाबुहरु छोडेर जान सक्थे ।

साँस्कृतिक क्रान्तिले रुढीवादी जन्जिरमाथि गहिरो प्रहार गर्‍यो 

१९६६मा माओले महान् सर्वहारा साँस्कृतिक क्रान्तिको सूत्रपात गर्नुभयो । जसको उद्देश्य पार्टीभित्र घुसेका पुँजीवादको पुनस्र्थापना चाहने नेताहरुलाई निकाल्नु थियो । समाजको दिशा के हुने ? त्यसमा छलफल चलाउने र सङ्घर्षहरुमा उत्रन करोडौं जनतालाई लामबद्ध गरियो । के कुरा निश्चित गर्नु थियो भने वर्गीय समाजमा भेदभाव र असमानता हटाएर जनता समाजवाद निर्माणमा लागिरहलान् ? अथवा ‘एउटाले अर्काको हाड चुस्ने’ ‘नाफालाई सबै कुराभन्दा माथि राख्ने’ पुँजीवादी व्यवस्था फेरि पुनःस्थापित होला ? साँस्कृतिक क्रान्तिले वर्गीय समाजका सबै हजुरआमाहरुले बच्चाहरुलाई पुरानो समाजमा मानिसहरुमाथि कस्तो अपमान गरिन्थ्यो भन्ने कथा सुनाउथे। यसरी बच्चाहरुको समाजिकृत व्यवस्थाले व्यापकता पाउ“दै जा“दा करोडौं महिलाहरु समाजवाद निर्माणको काममा भाग लिन स्वतन्त्र हु“दै गए । पछौटे रुढीवादीहरु र संस्कारमाथि जबर्दस्त प्रहार गर्‍यो ।

महिलामाथि उत्पीडनको विरुद्ध सङ्घर्ष यो ‘क्रान्तिभित्रको क्रान्ति’ एउटा महत्वपूर्ण आयाम बन्यो । जसले चीनमा पुँजीवाद फर्काउन चाहन्थे, उनीहरुले क्रान्तिलाई बिचैमा विसर्जन गर्न चाहन्थे । तिनीहरु परम्परागत पारिवारिक संरचना भत्काउने आन्दोलनको विरुद्ध थिए । पछौटे महिला विरोधी विचारहरुलाई प्रोत्साहित गरिरहेका थिए । कम्युनिस्ट पार्टीमा रहेर पनि पुँजीवादी बाटो समातेको लिन पियाओ जस्ता मान्छेहरुले कन्फ्यूशियसको भनाइ ‘आत्मनियन्त्रण कायम गर र अधिकारहरुलाई पुनस्र्थापित गर (Restrain oneself and restore the right)  लाई प्रचार गरेका थिए । जसको अर्थ प्रत्येक व्यक्तिले वर्गीय समाजमा आफ्नो ‘स्थिति’ बदल्ने नभएर स्विकार गर्नुपर्छ । उनीहरुले महिलाले बच्चाको स्याहार र घर सम्हाल्नेबाहेक अरु कुरामा सरोकार राख्नु हुँदैन ।

उनीहरुले शिशु–स्याहार केन्द्रको आलोचना गरे । जहाँ बच्चाको राम्रो रेखदेख हुँदैन भन्ने आरोप लगाए । समाजको पूर्ण विकास नभएसम्म यस्ता संस्थाहरु सफल नहुने जिकिर गरे । पार्टीका ती नेताहरुले पछौटे र नारी विरोधी व्यक्तिहरुलाई सङ्गठित गरे, त्यसको नेतृत्व गरे । घरेलु काम र बच्चाहरुको समाजिकरण गर्ने काममा कुठाराघात गर्थे । यसबाट पनि प्रष्ट हुन्छ कि चीनमा घरेलु श्रमको समाजिकरण–सामुहिकिकरणको कति महान् उपलब्धि थियो । घरेलु श्रमको समाजिकरण गर्ने काम शहर र गाउँमा समान स्तरमा थिएन । १९७१सम्ममा चीनमा ९० प्रतिशत महिला घर बाहिरको काममा संलग्न थिए ।

तर पनि बच्चाको समाजिकरणको प्रक्रिया त्यसको स्तरमा तीब्र थिएन । शहरमा १ देखि ३ वर्षका लगभग ५० प्रतिशत बच्चा मात्रै शिशु–स्याहार केन्द्रमा जान्थे । अरु आधा हजुरआमा–हजुरबाको रेखदेखमा घरमै हुन्थे । ग्रामिण भेगमा त त्यो स्थिति अझ नाजुक नै थियो । परन्तु चीनमा शिशु हेरचाहको समाजिकरण वर्गसङ्घर्षको एउटा पाटो थियो। महिला मुक्तिको लागि यो एउटा ठूलो कदम थियो ।

 बच्चाहरुको सामूहिक हेरचाह जस्तो ‘नयाँ समाजवादी विषय’ स्थापित गर्नको लागि समाजमा भीषण राजनीतिक र वैचारिक सङ्घर्ष चलेको थियो । हजारौं वर्षको रुढीवादमाथि चुनौति दिइयो । परम्पराहरुको त्यो हत्कडी त्यो समय चकनाचुर भयो जब महिलाहरु घर बाहिर पाइला सारे र समग्र चिनियाँ समाजमा आमूल परिवर्तनको सङ्घर्षहरुको अङ्ग बन्न पुग्यो । माओको नेतृत्वमा करोडौंको संख्यामा जनता हरेक प्रकारको उत्पीडन र असमानताको विरुद्ध सचेतन रुपले लडिरहेका थिए । यो सङ्घर्षले समाजिकृत शिशु–स्याहार जस्ता समाजवादी जुन ‘नयाँ चिजहरु’ सृजित गरे, त्यो एउटा महान् उपलब्धी तथा ऐतिहासिक प्रगति थियो । अनुवाद : अनिल शर्मा

(लेखक अर्नेष्टोले ‘रिभोल्युसनरी वर्कर’मा लेख्नुभएको आलेखलाई सन् १९९९मा दायित्वबोध त्रैमासिकले अनुवाद गरी प्रकाशित गरेको थियो । लेखक मीनाक्षीको सो हिन्दी अनुवादलाई हामीले नेपाली भाषामा भाषान्तर गरी प्रकाशित गरेका छौं )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।