१२ बैशाख २०८१, बुधबार

विद्यालयहरुको चर्को शुल्क खारेजीको माग राख्दै भीमदत्त नगरपालिका शिक्षा शाखामा तालाबन्दी

0

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ । सामुदायिक तथा निजी विद्यालयहरुले विभिन्न शीर्षकमा लागू गरेको शुल्क खारेजको माग गर्दै बिहीबार अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको हो ।

नेपालको संविधानमा गरिएको व्यवस्था अनुरुप निःशुल्क र अनिवार्य शिक्षा हुनुपर्ने सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा शुल्क लिइरहेको र निजी संस्थागत विद्यालयले पनि विना कुनै स्रोत खुला २५ % सम्म शुल्क लिएको विरुद्धमा अखिल (क्रान्तिकारी) आज तालाबन्दी गरेको संगठनका केन्द्रीय सचिव प्रकाश सीले बताए । उनले भने, “ विद्यालयको नियमन र नियन्त्रण गर्ने जिम्मेवारी नगरपालिकाको शिक्षा शाखाको भएका कारण विद्यालयहरुले लिइरहेको शुल्क पूर्ण रुपमा यथाशीघ्र खारेज गर्नुपर्छ ।” देशभित्रको द्वत शिक्षा प्रणालीको कारण गरीब किसानका छोराछोरी मर्कामा परेको, अखिल (क्रान्तिकारी) कै केन्द्रीय सदस्य ललित सीले भने । कानुन र नियम विपरीत गएर सामुदायिक विद्यालयहरुले गरीब घर परिवारका छोराछोरी शिक्षाबाट बञ्चित हुने स्थिति भएका कारण शिक्षा निःशुल्क र सर्वसुलभ हुनु पर्ने उनले बताए । आफ्नो संगठनले पटक पटक नगर शिक्षा समिति छलफल गरी खारेजीको माग गर्दा पनि शुल्क लिन नरोकेको र आज बाध्य भएर शिक्षा समितिमा ताला लगाइएको हो, ललित सीले भने ।

भीमदत्त नगरपालिकाकाले सामुदायिक, सरकारी विद्यालयले शुल्क लिन नपाउने र निजी विद्यालयले विना कुनै कारण शुल्क बढाउन र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने भनेर सूचना निकाल्दा पनि विद्यालयको शुल्क लिने क्रम भने रोकिएको छैन ।

संगठनले तालाबन्दी गर्नुको कारण खुलाउँदै संविधान अनुरुप शिक्षा निःशुल्क हुनुपर्ने, निजी तथा संस्थागत विद्यालयले चर्को रुपमा बढाएको २५ % शुल्क फिर्ता गरिनुपर्ने, विद्यालयमा आवश्यक शिक्षा दरबन्दी व्यवस्था गर्नुपर्ने, नीजि विद्यालयबाट दिइने १० प्रतिशत शुल्कको मापदण्ड लागू गर्नुपर्ने बताएका छ ।

नेकपा निकट अखिल (क्रान्तिकारी) ले नयाँ शैक्षिक सत्र सुरु भए संगै शैक्षिक गुणस्तर सुधारका लागि आन्दोलन गरिरहेको छ । गएको वैशाख २६ गते कञ्चनपुरको समुदायिक विद्यालय साधारण ( महेन्द्रनगर ) मा.वि.मा पनि शुल्क खारेजीको माग गर्दै तालाबन्दी गरेको थियो । सो विद्यालयमा पनि संगठन विद्यालय प्रशासनबीच सहमति नजुट्दा ताला अझै खुलेको छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।