७ बैशाख २०८१, शुक्रबार

नेकपा उपत्यका ब्यूरोले गर्‍यो आवधिक योजनाको समिक्षा

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी काठमाडौ उपत्यका ब्यूरोले आवधिक योजनाको समिक्षा गरेको छ। ब्युरो इन्चार्ज तथा नेकपा पोलिटब्यूरो सदस्य कृति सी को अध्यक्षतामा आज सम्पन्न बैठकले पहिलो आवधिक योजनाको समिक्षा गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीको गत माघमा सम्पन्न केन्द्रिय समिति बैठकले पार्टीका आगामी कामहरूलाई ६ महिने आवधिक योजना निर्माण गरेर सम्पन्न गर्ने नीति अनुसार उपत्यका ब्यूरोले पनि राजनीतिक , आर्थिक , संगठ्न लगाएतका कामहरूको योजना निर्माण गरेको थियो।

काठमाडौको कपुरधारास्थित नेकपाको पार्टी कार्यालयमा भएको उपत्यका ब्यूरोको बैठकमा सहभागी सदस्यहरुले पार्टी कामको मुल्यांकन , समस्या र चुनौती सहितको मौखिक रिपोर्ट पेश गरेका थिए।

बैठकका अध्यक्ष तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सी ले बैठकमा उठेका बिषयमा प्रष्ट पार्दै आगामी योजनाको कार्यान्वयनमा दृढताका साथ लाग्न निर्देशन गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य प्रज्वल सी को आथित्यतामा भएको बैठकमा उपत्यकामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरु, केन्द्रीय प्रतिनिधि सदस्य र ब्यूरो सदस्यहरुको उपस्थिति रहेको नेकपा केन्द्रिय सदस्य चिरन सी ले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।