२० बैशाख २०८१, बिहीबार

तुर्माखाँद स्वास्थ्य चौकी निर्माण कार्यमा गम्भीर लापरबाही भएको भन्दै नेकपाद्वारा बिरोध प्रदर्शन 

0

 

काठमाडौं। विगत ८ बर्ष अघि निर्माण कार्य सुरु गरिएको जिल्लाको तुर्माखाँद स्वास्थ्य चौकीको भवन हालसम्म पनि सम्पन्न नगरी गम्भीर लापरबाही गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी अछामले निर्माणाधीन भवन अगाडि बिरोध प्रदर्शन गरेको छ।

 २०७२/०५/१३ गते सघन शहरी तथा भवन निर्माण योजना राजपुर डोटी र यक्सहाङ/आई. एस/नेत्रेश्वरी ज. भी डोटी कम्पनीसंग सम्झौता भई २०७८/०२/२७ सम्म सम्पन्न गर्ने गरी २ करोड १९ लाख ४८ हजार ८९९ लागतमा सम्पन्न गर्ने भएको सम्झौता भएको ८ बर्ष सम्म पनि काम सम्पन्न नभए पछि दबाब सिर्जना गर्न बिरोध गर्दै उक्त भवन नेकपाको नियन्त्रणमा राख्ने घोषणा गरिएको नेकपा अछामले जनाएको छ। 

निर्माण कार्यको ठेक्का पाएको यक्सहाङ कम्पनीले हालसम्म १करोड ३३ लाख ३४ हजार २२९ रुपया निकासा लिइसकेको आयोजनाको विवरणमा उल्लेख छ।

उक्त ठेकेदार कम्पनीले सम्झौता मिति २०७२/०५/१३ र काम सम्पन्न गर्नु पर्ने मिति २०७८।०२।२७ मा भए पनि हालसम्म काम पुरा नगरेको, गुणस्तरहिन र मापदण्ड बमोजिम काम नभएको,मजदुरहरुको पैसा नदिएको,ठेकेदार राजनीतिक संरक्षणमा रहेको,ठेकेदार कम्पनी हालसम्म सम्पर्कमा नरहेको नेपाल कम्युनिस्ट पार्टी अछामले आरोप लगाएको छ।

ठेक्का सम्झौता सम्पन्न भई सकेका तर काम सम्पन्न नभएका मंगलसेन दरबार र मष्टाबन्डाली स्वास्थ्यचौकीको भवनको बिषयमा पनि नेकपा अछामले आबश्यक कारबाही गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।