७ बैशाख २०८१, शुक्रबार

कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

0

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। 

 

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।