१३ बैशाख २०८१, बिहीबार

शरणार्थी काण्ड

0

अचेल बजार हल्ला देखेर
नौलो लाग्दैन मलाई
जे रोपिएको छ त्यही फल्ने न हो
बीष रोपेको बारीमा
अमृत कहाँ फल्छ र मोहदय
यती कान्ड , बतास कान्ड,ओम्नी कान्ड,
ह्वाइट्वडी कान्ड , ३२ किलो सुन कान्ड,
बालुवाटार जग्गा काण्ड 
कान्डै कान्ड रोपिएका छ्न यहाँ
सि सि क्यामराको तारा काटने मुसा
यतै छोपिएका छन यहाँ
थपियो भुटानी शरणार्थी कान्ड
त्यसैले अचेल मलाई
बजार हल्ला नौलो लाग्दैन
न्याय र भ्रष्टाचारको विरुद्ध  लडने 
प्रकान्ड , बिरजङ्ग लगाएतका योद्धाहरु
र देशका गहना सन्दीप ,रेशमहरुका
हातमा हत्कडी खुट्टामा नेल भिराइन्छ
मानव तस्कर भ्रष्टाचारिहरुलाई
ससुराली गएजसरी
सोफामा राखेर मेजमानी खुवाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
जनताहरु भेडा नै हुन जसरी
हात्ती आयो -हात्ती आयो फुस्सा बनाइन्छ
त्यसैले मलाई अचेल
बजार हल्ला नौलो लाग्दैन
यस्ता नाटक मञ्चन
पटकपटक भै रहन्छ यहाँ
यसमा ताली पिटेर समय
नखर्चौ मोहोदय
बरु देश बदल्ने सल्लाह गरौँ
एकपटक आधी चलाउनु पर्छ
तुफान जगाउनु पर्छ
फेद देखी टुप्पा सम्म
भ्रष्टहरुको अखडामा
आगो लगाउनु पर्छ
हामी सबै नेपाली एक भएर
देश बदल्नु  पर्छ
अमृत रोपेपछी, अमृत नै फल्छ
अमृत फलाउनै पर्छ ।
४ जेष्ठ २०८०


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।