१५ चैत्र २०८०, बिहीबार

नेकपा पूर्वी दाङको संयुक्त जनवर्गीय तथा मोर्चाहरुको भेला सम्पन्न

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ अन्तर्गत जनवर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेला सम्पन्न भएको छ । शनिबार घोराहीमा सम्पन्न उक्त भेलाले संयुक्त रुपामा जवसका कमिटीहरु चयन गरेको हो ।

उक्त भेलाले दिनेश सीको अध्यक्षतामा अखिल नेपाल क्रान्तिकारी ट्रेड महासंघ पूर्वी दाङको कमिटी निर्माण गरेको छ भने पन्चराम सीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पूर्वी दाङ, विष्णु सीको अध्यक्षतामा श्रमिक समुदाय मोर्चा नेपाल पूर्वी दाङ,कमरा सीको अध्यक्षतामा थारु मुक्ति मोर्चा नेपाल पूर्वी दाङ र गोबिन्द सीको अध्यक्षतामा मगर मुक्ति मोर्चा नेपाल पूर्वी दाङको कमिटी निर्माण गरेको हो ।

पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, अखिल नेपाल संघ क्रान्तिकारी राप्ती ब्यूरो इन्चार्ज अशोका सी, बामपंथी मोर्चाका केन्द्रीय सदस्य मंगल सी, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य सेबेन्द्र सी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज खुमन सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)केन्द्रीय सदस्य पन्चाराम सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङका इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी लगायत पार्टीका जनवर्गीय संगठनका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड महासंघ पूर्वी दाङको संयोजक दिनेश सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण श्रमिक समुदाय पूर्वी दाङका संयोजक विष्णु सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।