४ असार २०८१, मंगलवार

दाङमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको लहर

0

घोराही: देशभरबाट विभिन्न पार्टीमा आवद्ध रहेका सक्रिय नेता तथा सदस्य र स्वतन्त्र व्यक्तिहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेशको लहर बढ्दै गइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङमा पनि विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको संख्या बढ्दै गइरहेको हो ।

माओवादी केन्द्र पार्टी परित्याग गरि खड्ग परियार, सीता परियार, पुष्कर परियार, शारदा परियार, जगबहादुर चौधरी, कृष्ण विक, प्रेम विक र स्वतन्त्रबाट खेल प्रशिक्षक तथा स्वतन्त्र युवाहरु शारीरिक सुगठक ( जिम) का प्रशिक्षक शंकर रोकाय, योगा तथा जिम प्रशिक्षक महेन्द्र जिसी (म्याक्स)ले गरी ९ जना विप्लव नेकपामा
प्रवेश गरेका छन् । शनिबार घोराहीमा सम्पन्न पार्टीको जनबर्गीय तथा मोर्चाहरुको प्रथम संयुक्त भेला उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सी लगायतका नेतहरुले उनीहरूलाई टीका लागाएर पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।