१६ चैत्र २०८०, शुक्रबार

मेडिकल विद्यार्थीहरुको अनशनमा अखिल(क्रान्तिकारी)को ऐक्यबद्धता

0

काठमाडौ / त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालय महाराजगन्जमा MBBS/BDS का विद्यार्थीहरुले आफुहरु संग भएको सहमति त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले पालना नगरेको भन्दै अनिश्चितकालीन रिले अनशन सुरु गरेका छ्न।
MBBS र BDS अध्ययनरत करिब ३०० विद्यार्थी हरु पहिलो र दोस्रो बर्षमा barrier मा परेपछि तेस्रो बर्ष प्रवेश गर्न बाट बन्चित भएको भन्दैउनिहरुले अनशन शुरु गरेका हुन।
संघर्षरत विद्यार्थी निर्जल ढुंगानाले विद्यार्थीहरु अफ्ट्यारोमा परिसकेपछी डिन कार्यालयले समस्या हल गर्नुको साटो विभिन्न बहाना गर्दै पन्छिरहेको भन्दै दुख व्यक्त गरे।साथै उनले एस अगाडि TU , KU ले एकपटक र कोभिडमा परेका विद्यार्थी लाई ईन्डियाले पनि मौका दिएको बताए।

सुरुवाती चरण देखि नै साथ दिदै आएका अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले डिन कार्यालयले विगतको सहमति कार्यान्वयन नगरेर आलटाल गरेर विद्यार्थी हरुलाइ दुख दिइरहेको बताए।

पीडित विद्यार्थी प्रतिनिधि डिन कार्यालय र विद्यार्थी संगठन बीच २०७९ भदौ ३१ गते विद्यार्थी लाई मौका परीक्षाको व्यवस्था गर्ने गरि सहमति भएको र विज्ञ संग छलफल गरेर सुझाव लिएर अगाडि बढ्ने भनिएकोमा एकलौटी डिन कार्यालयले प्रतिबेदन बनाएर दिन नपाउने भन्ने कुरा ल्याएकाले विद्यार्थीहरु अहिले सडकमा आउनु पर्ने बाध्यता सिर्जना भएको बताए।भारत लगायत अन्यत्र देशमा पनि विद्यार्थीलाई मौका दिएको भन्दै नेपालको barrier सिस्टम अव्यावहारिक ,अवैज्ञानिक भएको बताए ।सुरुमै इन्त्रास दिदा नै पास भएका विद्यार्थी लाई barrier का नाममा रोक्न नहुने बताए।
साथै अध्यक्ष प्रकाश शाहीले IOM ले अवैज्ञानिक barrier खारेज गरेर विद्यार्थी हरुलाइ परिक्षा दिने व्यवस्था गर्नु अर्थात विद्यार्थीबाट एकमुष्ट लिएको पैसा क्षमायाचना र व्याज सहित फिर्ता गरिदिनु पर्ने भन्दै यो कुरा हरु पूरा नहुदा सम्म विद्यार्थी लाई साथ र सहयोग गर्ने बताए।
यो विगत डेढ बर्ष देखि विद्यार्थीहरु न्यायको निम्ति भन्दै विभिन्न संघर्ष गर्दै आइरहेका छ्न।यस अगाडि २९ दिन रिले अनशन बसेका थिए।
संघर्षरत विद्यार्थीहरुले (१) MBBS/BDS शैक्षिक कार्यक्रम प्रथम फेज (प्रथम र दोश्रो बर्ष) मा barrier मा परि तेस्रो बर्ष प्रवेश गर्न बाट बन्चित विद्यार्थी हरुलाइ तत्काल मौका परिक्षाको व्यवस्था गर्ने ।
(२) मौका परिक्षाको व्यवस्था गर्न नसके विद्यार्थीहरुले पढ्न नपाएको तेस्रो चौथो र पाँचौ बर्षको शिक्षण शुल्क तत्काल फिर्ता गरिनु पर्ने मागहरु राखेर रिले अनशन शुरु गरेका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।