११ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) बाग्लुङले बुझायाे नगर प्रमुखलाई १९ बुदे माग सहितको ज्ञापनपत्र

0

बाग्लुङ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाग्लुङ जिल्लाले बाग्लुङ नगरपालिकालाइ १९ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ। नेपालकाे शैक्षिक प्रणालीमा देखिएका तमाम खाले विकृती,विसंगति र समस्याहरु संग सम्बन्धित रहेर र संविधानमा उल्लेख भएको शैक्षिक अधिकार लगायत विभिन्न माग राखी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) बाग्लुङले सो ज्ञापनपत्र बुझाएको हो। 

अखिल (क्रान्तिकारी)को जिल्ला सम्योजक सुधन सिको नेत्त्वमा सोमवार बागलुङ नगरपालिकाको मेयर बसन्त कुमार श्रेष्ठ समक्ष १९ बुदे मागपत्र बुझाइएको थियो ।

मागपत्रमा 

२०७२ को संविधान धारा २१ मा व्यवस्था गरिएको माद्यामिक तहको शिक्षा नि:सुल्क र आधारभुत तहको शिक्षा नि:सुल्क र अनिवार्य संबैधानिक व्यवस्था तत्काल कार्यनयन गरियोस्।

सामुदायिक बिधालयले शिक्षा एनको दफा १६ घ को १ मा टेकेर अध्यन माध्यमका भाषा लगाएतका विभिन्न वहानामा लिइने शुल्क बन्द गरियोस् 

सामुदायिक र निजि बिधालयको अध्यन माध्यम भासाको अन्त्य गर्न शिक्षा एनको दफा ७ .१ मा भएको प्राबधान अनुसार सम्मान भासा माध्यम लागु गरियोस् ।

अङ्ग्रेजी , बिज्ञान , गणित अर्थशास्त्र लगाएत अन्तर्राष्ट्रिय सम्बन्ध भएको अङ्ग्रेजी भाषा तथा नेपाली , सामाजिक नैतिक नेपाली व्याकरण लगाएतका बिसयहरु नेपाली भासामा र स्थानीय भासा संघ संबंधित विषय एस्थानिय भासामै अध्यन गराउने एकुकिर्त अध्यन माध्यम भासा प्रानाली लागु गरियोस् 

सरकारी र निजि बिधालयहरुमा भाषा र बिसय बस्तुको हिसाब्ले सम्मान पाठयपुस्तक लागु गरियोस्।

सामुदायिक बिधालयहरुमा गुर्स्तर पदाइको लागी गुरुयोजना कार्य लागू गरियोस् ।

सामुदायिक बिधालयमा विद्यार्थीहरुको सङ्ख्याको आधारमा आबसेक शिक्षा र दरबन्दीको मिलन र थप शिक्षक दरबन्दीको व्यवस्था गरियोस् ।

सरकारी नमुना भनिने प्राय बिधालयहरुले भ्रना हुन आउने विद्यार्थीहरुलाई विभिन्न बहानामा प्रवेश परिक्षा लगाएत अध्यन गर्न बन्चित गरेकोले तत्काल सरकारी बिधालयहरुमा अध्यन गर्न इच्छुक विद्यार्थीहरुलाइ अध्यन गराउन सरकारी बिध्यालयमा भर्ना गरियोस्

लगाएतको कुराहरु १९ वटा बुदा सहितको मागपत्र बुजाएको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।