२० बैशाख २०८१, बिहीबार

एकिकृत जनक्रान्तिका सहिदहरुको सम्झनामा दाङमा रक्तदान 

0

 

काठमाडौँ । नेकपा पश्चिम दाङको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुर दाङमा एकीकृत जनक्रान्तिका सहिद महानलगायत सम्पुर्ण सहिदहरुको स्मृतिमा रक्तदान गरिएको छ । सहिद महान लगाएत जनक्रान्तिका सबै सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा नेकपा पश्चिम दाङका सचिवसहित १५ जना नेता-कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।

२०७६ जेष्ठ १२ गते काठमाडौंमा राज्यको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा दाङका महानसहित ५ जनाको सहादत भएको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १२ गते नेकपाले देशव्यापी सहिदहरुको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।