
काठमाडौं।अखिल (क्रान्तिकारी) ले बानेश्वर बहुमुखी क्याम्पसमा २१ सदस्यिय एकाई समिति गठन गरेको छ।आईतबार भएको इकाई सम्मेलन बाट मानिसा सी को नेतृत्वमा २१ सदस्यीय इकाई समिति चयन गरिएको हो।
“उच्च शिक्षामा आम विद्यार्थीको समान सहभागिता हाम्रो अभिभारा,शिक्षामा अनिवार्य राेजगारिकाे ग्यारेन्टीको लागि अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस मुल एकाई समितिको प्रथम सम्मेलन” भन्ने नारा सहित सुरु भएको प्रथम सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सचीव प्रकाश सि प्रमुख अतिथि, संगठनका सचिवालय सदस्य तथा व्युरो इन्चार्ज अटल सि,संगठनका सचिवालय सदस्य तथा छात्रा बिभाग प्रमुख तारा सि, केन्द्रिय कार्यालय सचीव लोकेश सि,केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संयोजक हस्त सि,केन्द्रिय सदस्य छत्र सी, प्रजित सी,K2 जिल्ला संयोजक बज्जिर सीको आतिथ्यतामा एकाई सम्मेलन सम्पन्न भएको हस्त सी ले जानकारी गराएका छन्।