१३ बैशाख २०८१, बिहीबार

नेकपाका महासचिव विप्लव सीलाई सुर्खेतमा भव्य स्वागत

0

 

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई नेकपा मध्य कर्णाली ब्युरो र सुर्खेतले वीरेन्द्रनगरमा भव्य स्वागत गरेको छ ।

जेष्ठ १५ गते सुर्खेतकाे दशरथपुरमा पञ्चायत विरूद्वकाे आन्दोलनमा शाहदत प्राप्त शहिदहरूकाे सम्झनामा हुने स्मृति सभामा सम्बाेधनका लागि आईतवार सुर्खेत पुग्नु भएका महासचिव विप्लव सी र स्थायी समिति सदस्य भरत सीलाई नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, सुर्खेत जिल्ला इन्चार्ज धुर्व सी, दैलेख जिल्ला इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी लगायतका कार्यकता र जनताले फुलमाला अविर लगाएर भव्य स्वागत गरेका हुन ।

स्वागत पछि सहभागीहरुलाई महासचिव विप्लवले स्वागत गर्ने नेकपा सुर्खेतका कार्यकर्ता र जनतालाई धन्यवाद दिनु भयो ।

महासचिव विप्लव सी साेमबार सुर्खेतको लेकवेशी नगरपालिकाको दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने र मंगलबार आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनु हुने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।