६ जेष्ठ २०८१, आईतवार

सुर्खेतमा नेकपा महासचिव विप्लवको बिशेष सम्बोधन

0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज सोमवार सुर्खेतको दशरथपुरमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासचिव विप्लव सी साेमबार सुर्खेतको लेकवेशी नगरपालिकाको दशरथपुरमा हुने आमसभालाई सम्बाेधन गर्ने र मंगलबार आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको हो।

जेष्ठ १५ गते सुर्खेतको दशरथपुरमा पञ्चायत विरूद्वको आन्दोलनमा शाहदत प्राप्त गर्ने शहिदहरूको सम्झनामा हुने स्मृति सभामा सम्बोधनका लागि महासचिव विप्लव संगै स्थायी समिति सदस्य भरत सी सुर्खेत पुगिसकेको नेकपा सुर्खेतले जनाएको छ ।

महासचिव विप्लव सी सहित स्थायी समिति सदस्य भरत सीलाई नेकपा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी, सुर्खेत जिल्ला इन्चार्ज धुर्व सी, दैलेख जिल्ला इन्चार्ज विवेक सी, कालिकोट जिल्ला इन्चार्ज बलवान् सी लगायतका कार्यकर्ता र जनताले फुलमाला अविर लगाएर भव्य स्वागत गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।