![](https://janapatrika.com/wp-content/uploads/2023/05/received_6612863695404071.jpeg)
घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले साम्राज्यवादले पुराना पार्टीको ठाउँमा रबिलाई उदय गराएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहेको बताएका छन्।
नेकपा दाङको बिशेष संयुक्त बैठकमा बोल्दै नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहनुभएका नेता सविनले भने ‘अमेरिकी साम्राज्यवादले पुराना परम्परागत पार्टीको ठाउँमा नयाँ पार्टी जन्माएर नेपालमा आफ्नो स्वार्थ सिद्ध गर्न चाहान्छ । पुराना अलोकप्रीय भएका नेताको विकल्पमा नयाँ रवीहरु मार्फत साम्राज्यवादी रणनीति नेपाललाई सामरिक हिसाबले प्रयोग गर्ने नीति छ । रवीहरुका बारेमा गाउँगाउँमा ठूला भ्रमहरु छन् । रवी सन २०१२ देखि अमेरिकी योजनामा नेपालमा कृयासिल रहेका थिए । उनी पुराना भन्दा फरक पनि होइनन् यो हामिले बुझ्नुपर्छ । रवीले पनि यहीँ असफल संसदीय व्यवस्थाको वकालत गरिरहेका छन् । आफ्नो नागरिकता ठिक गर्न नसक्नेले देशलाई समृद्ध बनाउछन भन्ने बिश्वास गर्नु मुर्खता हो ।
त्यो मात्रै होइन नि भर्खरै हामिले सबैले छर्लङ्ग देख्यौं नि सांसद बनाउन रवीले समानुपातिक सांसद बनाउन २ करोड सम्म बुझेका समाचार आइरहेका छन् । यसले पनि पुष्ठि गर्छ कि रवीहरु विकल्प होइनन् । अहिलेको विकल्प भनेको संकटग्रस्त दलाल पुजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै नेपालमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्नु अपरिहार्य आवश्यक्ता हो ।’
नेता सविनले एकीकृत जनक्रान्तिलाइ सुदृढ गर्दै वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्न नेता-कार्यकर्तालाई अपिल समेत गरे । उनले भने ‘नेपालमा संसदीय सत्ता सर्वाधिक संकटमा फसेको छ । भ्रष्टाचारमा राज्यसत्तामा बागडोर सम्हालेका उच्च पदस्थहरु सहभागी हुनुले यो सत्ताको संकटलाइ पुष्ठि गरेको छ । मुलुकमा साम्राज्यवादको अतिक्रमण तिब्र छ । यतिबेला हामिले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्ने छ ।अब यसका लागि विशाल कम्युनिस्ट पार्टी र संयुक्त मोर्चाको आवश्यक्ता रहेको छ । पार्टीले राष्ट्रको संकटलाइ निकास दिनका लागि कार्यगत एकता , सहकार्य , संयुक्त मोर्चा र मुद्दा मिल्नेहरुसंग पार्टी एकताको कार्यनीतिलाई अगाडि बढाउने छ । कमरेडहरु अब जनक्रान्तिलाइ दृढताका साथ अगाडि बढाउने बेला आएको छ । जुझारु ढंगले संगठन सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।’
भ्रष्टाचार स्टेट क्याप्चरको अवस्थामा पुगेको छ , उनले थपे‘भ्रष्टाचारका चरण हुने गर्छन् । पेटि भ्रष्टाचार हुँदै अहिले स्टेट भ्रष्टाचारको अवस्थामा नेपाल छ । यो भनेको राज्यसत्ता नै प्रत्यक्ष भ्रष्टाचारमा लिप्त भएको छ । अब यो मुलुक क्रीमिनल स्टेटमा बदलिदैछ त्यो भनेको अपराधिक मुलुक बनाउदैछन संसदवादी दलहरुले त्यसपछि स्टेट फेलर हुनेछ । यो राज्यव्यवस्था असफल सावित हुनेछ । यहीँ यथार्थ लुकाउन अहिलेको असफल राज्यव्यवस्था केही एकआध भ्रष्टाचार खोलेर भ्रमको खेती गरिरहेको छ ।’
उत्पादन मार्फत देशलाइ आत्मनिर्भर बनाउने पार्टीको योजना रहेको नेता सविनको उद्घोष थियो । देश आत्मनिर्भर हुनु भनेको राष्ट्र स्वाधिन हुनु हो , नेता सविनले भने ।’
जनआधारित पार्टी , जनअनुमोदित नेता-कार्यकर्ता र जनअनुमोदित संघर्षको नितिलाइ पार्टीले प्रभावकारी ढंगले अघि बढाएको नेता सविन सीले स्पष्ट पारेका थिय ।
संयुक्त बिशेष बैठकमा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा दाङको बिशेष संयुक्त बैठकले लघुवित्त , मिटरव्याज तथा बैंकको चर्को ब्याजदरका विरुद्ध निर्णायक संघर्ष गर्ने , जिल्लाव्यापी राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध वालिङ गर्ने , जिल्लाभरिका स्थानीय पालिकामा प्रशिक्षण कार्यक्रम गर्ने , पार्टी सदस्यसम्मको प्रशिक्षण गर्ने , ध्रुवीकरणका लागि व्यापक पहल गर्ने , राप्ती ब्युरो स्तरीय स्कुलिङ गर्ने पालिका कमिटी , वडा/सेल कमिटीहरु पुनर्गठन गर्ने ,ब्युरो अन्तर्गतका जिल्लाहरु रोल्पा , सल्यान , रुकुम , दाङमा माटो र हावापानी अनुकुल उत्पादन कार्यलाइ अगाडि बढाउने , सुचना तथा सञ्चार सम्बन्धी कामलाइ व्यवस्थित गर्ने , जनताको न्याय सम्पादन सम्बन्धीको कार्यलाइ व्यवस्थित गर्ने लगाएतका निर्णयहरु गरेको छ ।
यस्तै बैठकले नयाँ केही नेता-कार्यकर्ताहरुलाइ जिल्ला कमिटीमा मनोनीत गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सीको आतिथ्यता रहेको थियो।
नेकपा पुर्वी दाङका सचिव जनक सीले सहजीकरण गरेको बिशेष बैठकको अध्यक्ष नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।