असली नेपालको धर्म र संस्कार वर्ण व्यवस्थामा आधारित थिएन, प्रकृति पुजामा आधारित थियो भन्ने कुरा मङ्गोल मुलको किराँत राज्यको एउटा इतिहासमा हेर्न पाइन्छ । किराँतशास्त्र मुन्धुमले वर्ण व्यवस्थालाई स्विकार्दैन । इसाको प्रथमदेखि सत्रौ सताब्दिसम्म नेपाल भित्रिएका आर्यहरुले वर्णवादलाई भित्र्याएको देखिन्छ । डिल्ली रमण रेग्मिका शब्दमा प्राचिन नेपाल पनि जातीविहिन थियो यसको मतलब जातै थिएन भन्ने होइन शुद्र वा तल्लो जातै थिएन ।
सन् १८४५ मा नेपाली इतिहासमा एउटा कुख्यात वर्ष बन्यो । सन्की राजा सुरेन्द्र विक्रम गद्दिमा रहेको त्यस वर्ष जङगबहादुर राणा रक्तपात गर्दै कोतपर्वको नायक बन्न सफल भए । नेपालको पहिलो राणा प्रधानमन्त्रीको रुपमा सत्ताशक्तिको केन्द्रमा आए र उनले मुलुकी ऎनलाई जारी राखे । हर्क गुरुङका शब्दमा मनुस्मृतिसङ्ग विरासद जोडिएको हिन्दु कट्टरतामा आधारित मुलुकी ऎन तत्कालीन शासक वर्गको राष्ट्रिय पार्शदले पारिद गरिदियो जसमा अधिकाङश ठाउँबाट आएका उच्च जातको प्रतिनिधित्व रहेको थियो। त्यस ऎनमा हस्ताक्षर गर्ने ११२जना ब्यक्तिहरु मध्य ९५.१प्रतिशत बाहुन र क्षेत्रि मात्र रहेका थिय त्यही समयदेखि नेपालमा छुवाछूतको सस्कारको सस्थागत बिकास भयको पाइन्छ। यो कालो सस्कार बिरोधि केही बिद्रोही बाहुन क्षेत्रि हरुले पनि बिजोग जीवन भोग्न वाध्य पारेको यथार्थ हाम्रो अगाडी छ। कमजोर बर्गले आफ्ना मुद्दा पोख्दैमा कैयौं सताब्दी पनि बिते तर पनि दलित समुदायको समस्या हल हुन सकेका छैनन।मुलुकि ऎनले अधिनायकवादी सत्तालाई १०४वर्ष सम्म टिकाउनको लागि मलजल मात्र गरेन ।यसकै आधारशिल बाट जातिय बिभेदकारी सस्कार आज सम्म मज्जाले मौलायो ।हुन त मुलुकी ऎन राजा देखि रैती सम्म सबैलाइ समान रुपमा लागू हुने भनेपनी सामान्तवादे शासक भने सधै मुलुकी ऎनले नृदिष्ट गरेको विधि बिधान भन्दा माथी रहि १०४बर्ष सम्म आफ्नो हैकम निमुखा जनता माथी लादिरहन सफल भयो। त्यस पछिपनि त्यस हैकमको प्रभाब विभिन्न रुपमा कायमै रहयो ।छुवाछूत सस्कार सास्कृतिक मान्यताको रुपमा बिकास भएको पाइन्छ। एसका असर सब भन्दा निमुखा जनतामा आर्थिक पाटोमा पनि नराम्रो तालमा प्रभाव परेको देखिन थाल्यो ,त्यसकारणले गर्दा दलित समुदाय सबै हिसाबले सबै भन्दा उत्पीडित बने।
दलित समुदायलाई मुक्ती नदिने कानुन
हुन त नेपालमा आजसम्मका मुलुकी ऎन वा संविधानहरुले नेपाली समाजमा जातिय बिभेद्को स्पष्ट परिभाषाको प्रेलेखी कारण गरेको पाइन्छ ।अन्तरिम संविधानले समेत नेपाली जातिय विभेद र छुवाछूतको स्पष्ट पहिचान र परिभाषा गरेको देखिन्न ।यद्यपि सबै प्रकारका जातिय विभेद उन्मुलन गर्ने सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि १९६५ को धारा १(१)ले जातिय विभेद भन्नाले राजनितिक ,आर्थिक सामाजिक, सास्कृतिक वा सार्बजनिक जिबनका वा अन्य कुनै क्षेत्रमा समानताका आधारमा मानव अधिकार तथा आधारभूत स्वतन्त्रताको मान्यता उपभोग वा ब्यबहारिक निषेध वा कमजोर गर्ने उदश्यलाइ बुझ्नु पर्ने उल्लेख गरेको छ।
जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऎन २०६८ अनुसार जातीय भेदभाव र छुवाछूत भन्नाले कसैले कसैलाई धर्म, वर्ण, जात ,जाती ,जन्म, पेसा आदिका आधारमा कुनैपनी बहानामा गरिने भेदभाव, बहिस्कार, प्रतिबन्ध निशेध, नाकाबन्दी, अपेलना , आदिलाइ बुझ्नुपर्छ ।
नागरिकलाई अधिकार प्रदान गर्न बनेको नागरिक अधिकार ऎन (२०१२)र गाली बेइज्जत ऎन (२०१६) आम जनतालाइ न्याय दिन भ्रम छर्दै प्रस्तुत त भए तर जातीय विभेद तथा छुवाछूत बारे यी ऎन मौन बसे ।नयाँ मुलुकी ऎन (२0२0) ले पनि पुरानो मुलुकी ऎन (१९१0) लाई खारेज गर्दै क्रान्तिकारी बनेको भ्रम छर्न सफल भयो। छोइछिटो फरक जातबिचको कारणी ,जातका आधारमा हुने घटिबडी सजाय जस्ता प्रबधानलाई यसले निषेध त गर्यो र जातिय विभेद तथा छुवाछूतको बारेमा मौन मत्र रहेन एस ऎनको अद्ल न १० ले घोषित रुपमै जातिय छुवाछूतलाई कानुनी प्रश्न गर्यो।
नागरिक ऎन (२०२०) चलचित्र ऎन (२०२६)सार्बजनिक अपराध र सजाय ऎन (२०२६)शिक्षा स्थानिय प्रशासन बिबाहा दर्ता ऎन (२०२८)ले पनि जातिय छुवाछूत को बिषयलाई समेटेको पाइन्छ ब्यक्तिगतको घटना ऎन (२०३३)सामाजिक ब्याबहार सुधार ऎन (२0३३)सस्था दर्ता ऎन (२०३४)देखि छुवाछूत लाई निरुत्साहित गर्न थालेको देखिन्छ भने महेन्द्र सस्कृत बिश्वबिद्धालय ऎन (२०४३)को दफा १२मा धर्म ,जात ,जाती ,वण ,लिङ्गका आधारमा भेदभाव नगरिने नितिको प्रत्याभुती गरेको छ।सार्बजनिक सुरक्षा ऎन (२०४६)नेपाल सन्धी ऎन (२०४०)बालबालिका सम्मन्धी ऎन(२०२८ )छापाखाना र प्रकाशन ऎन (२०२८)सरकारि मुद्दा समाज कल्याण राष्ट्रिय प्रशारण ऎन(२०४९)मानव अधिकार आयोग ऎन (२०५३)कमैया श्रम निशेध ऎन (२०५८)जेष्ठ नागरिक ऎन( २०६३ )घरेलु हिंसा कसुर र सजाय ऎन (२०६६) लगायत ऎनहरु बनेपछि मात्र जातिय छुवाछूत प्रथालाइ सरकारी तहबाट दन्डनिय बनाउने प्रयास गरेको देखिन्छ