२४ बैशाख २०८१, सोमबार

कपिलवस्तुमा नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक तथा वैचारिक प्रशिक्षण

0

 

कपिलवस्तु।नेपाल कम्युनिस्ट पार्टी  पश्चिम लुम्बिनी ब्युरो अन्तरगत दोस्रो राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ। सोमवार पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा १ दिने राजनीतिक तथा वैचारिक कार्यक्रम सञ्चालन गरियको हो ।

प्रशिक्षण कार्यक्रममा विभिन्न जिल्लाका १५० जना सहभागि भएको नेकपाले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका थाई कमिटी सदस्य विषम सीले पार्टीको योजना अनुसार पार्टी एकता र धुर्बिकरणको योजनालाई सफल पार्न  पार्टी एकताको विशेष बैठक राखिएको जनाएका छन् । पार्टीको नवौं महाधिवेशन पछिको पार्टीको मुल योजना भनेको जनआधारित पार्टी र जनआधारित नेताकार्यकर्ता बनाउने आधारमा पार्टी अगाडि बढेको बताएका हुन । 

नेपालमा चुनावको बेला मात्रै पार्टीहरू जुका जस्तै देखिन्छन् अहिले सबै पार्टी जुका जस्तै लुकेका छन ।हाम्रो पार्टी देशैभरी कलाकार सहित जनताको साथमा छ।

गाडिमा तेल सक्कियो भने गाडि घ्यार घ्यार गर्छ।मान्छेको बिचार सकियो भने पार्टीको योजना बिपरित आलोचना गर्न सुरु गर्छ। तपाईंले गरेका काम जिवनको सफलता र असफलता हो।भाग्य र कार्मको कुरा यो राज्य सत्ताले मान्छेलाई दिमागमा राखेको छ।धर्म  भनेको त अफिम जस्तैः हो।

माक्र्स र एङगेल्सले मात्रै कम्युनिस्टको चेतना दिएका छन।जनतालाई बिद्रोह र क्रान्तिको बिचार दिएर गएका छन् ।नेपालमा कम्युनिस्ट  पार्टी भनेको नेपाल कम्युनिस्ट पार्टी मात्रै हो।यो देशलाई बदल्ने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको रहेको बताएका हुन।

दोस्रो राजनीतिक तथा वैचारिक कार्यक्रममा अध्यक्ष पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी रहेका थिए। प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका थाई कमिटी सदस्य विषम सी रहेका थिए।अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यलय सचिव बिजय सी पि वि एम तथा केन्द्रिय युवा परिचालन विभाग इन्चार्ज असल सी , केन्द्रिय सल्लाहकार सदस्य क. सन्ध्या सी ,विरजङ्ग स्मृति पुस्तकालय प्रमुख क. सुनिल सी प्रवास ब्युरो इन्चार्ज क. सेन सी अखिल नेपाल क्रान्तिकारी किसान महासंघ का अध्यक्ष काली बहादुर सी केन्द्रीय प्रतिनिधि सदस्य विशाल सी लगाएतकाे उपस्थित रहेकाे थियाे । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।