२५ बैशाख २०८१, मंगलवार

लघुबित्त बिरुद्ध आन्दोलन गर्न इलामका स्थानीय तहमा संघर्ष समिती गठन

0

इलाम | लघुबित्तबाट आजित भएका इलामका पीडितहरुको मागलाई पुरा गर्नका लागि आन्दोलन गर्न जिल्लाका स्थानीय तहहरुमा संघर्ष समिति गठन हुन थालेका छन । नेपाल कम्युनिस्ट पार्टी इलामले जनाए अनुसार लघु बित्तको चर्को शोषण बिरुदको आन्दोलनलाई प्रभावकारी बनाउन संघर्ष समिति गठन गरिएको हो।

नेकपा इलामका अनुसार देउमाई नगरपालिका वडा नं ५मा रनबीर रनपैलिको संयोजकत्वमा २५ सदस्यीय समिति,ईलाम नगरपालिका वडा नं ५ माकुमारी दहालको नेतृत्वमा २२ सदस्यीय समिति ,संन्दकपुर गाउँपालिकामा ममता तामङको नेतृत्वमा ३५ सदस्यीय समिति ,माईजोगमाइ गाउँपालिका वडा नं १मा सुबास कार्कीको नेतृत्वमा २५ सदस्यीय समिति ,वडा नं ५मा अनिता राइको नेतृत्वमा १५ सदस्यीय समिति ,वडा नं ३मा लक्षमण घिमिरेको नेतृत्वमा ४६ सदस्यीय समिति र माईनगर पालिका वडा नं १मा रिता खत्रीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिको बताइएको छ।

लघुबित्तले सताउन थालेपछी गांउका जनता घर छाडेर भाग्न बाध्य बन्न थालेको, आत्महत्या गर्ने सम्मका घटना घट्न थालेपछी लघुबित्त पिडित जनताको उद्धार गर्ने उदेश्यले संगठनलाई परिचालन गरेको छ भन्दै जनतालाइ आत्महत्या होइन संघर्ष गर्नु पर्छ भन्ने अपिल गर्दै अभियान संचालन गरेको नेकपाका जिल्ला सचिब नवराज सीले बताए । लघुबित्तलाई गाउँ प्रबेशमा यस अघि नै रोक लगाइसकेको नेकपा इलामले जनतालाई सहज अवस्थामा रिण फिर्ता गर्ने वातावरण बनाउन लघुबित्तहरुलाई भन्दै आएको छ ।

जनतालाइ अझै सास्ती दिएर अगाडि बढे जनताले कार्वाही गर्ने चेतावनी दिदै सचिव नवराज सीले भने- अटेर गरेर गाउँ छिर्ने र जनतालाई आतंकित बनाएर व्यवहार गरे जनपरिचालन गरेर गांउ गाउँबाट लखेट्न बाध्य हुनेछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।