६ जेष्ठ २०८१, आईतवार

पुरानो व्यवस्था बदल्नु अहिलेको आवश्यकता हाे : नेता भरत सी

0

१६ जेष्ठ, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले अहिलेको आवश्यकता पुरानो दलाल संसदीय व्यवस्था बदल्नु रहेको बताएका छन ।नेकपा मध्य कर्णाली ब्युरोकाे पार्टी प्रशिक्षण कार्यक्रमलाई मंगलबार वीरेन्द्रनगरमा सम्बाेधन गर्दै नेता भरतले यस्तो बताएका हुन ।

उनले देशमा देखिएको अहिलेको संकट पुरानो सत्ताको असफलताको परिणाम भएको दावी गरे।कम्युनिस्टहरू कहिल्यै पनि दलाल पुँजीपति वर्गको प्रतिनिधि हुन नसक्ने भन्दै नेता भरत सीले बैज्ञानिक समाजवाद कम्युनिस्टहरूकाे मुख्य लक्ष्य भएको धारण राखे ।

उनले कम्युनिस्टहरू टुटफुट भएर हैन वृहत् समाजवादी माेर्चा बनाएर अगाडि बढ्नुपर्ने तर्क गर्दै भन्ने “कम्युनिस्ट व्यवस्था सबैभन्दा उत्कृष्ट व्यवस्था हाे, संसारका सर्वश्रेष्ठ मान्छे पनि कम्युनिस्ट हुन ।”

उनले नेपालको कम्युनिस्ट जनमतलाई विभाजन गर्न साम्राज्यवादले नयाँ पात्रकाे रूपमा रवी र गगन जस्ता व्यक्तिलाई अघि सारेको भन्दै कम्युनिस्टहरूले समयमै सचेत हुनुपर्ने बताए ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली मुक्तिमोर्चाका संयोजक विराट सीले अग्रगामी विचारको पहलकदमी नेकपाले लिइरहेको र अझै यसलाई जारी राख्नुपर्ने बताए ।

उनले अग्रगामी विचार भनेको बैज्ञानिक समाजवाद हाे, अहिलेकाे संकटको निकास पनि बैज्ञानिक समाजवादले दिन सक्ने धारणा राखे।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुदिप सीले सर्वहारा वर्गको अधिनायकत्व सहितको राज्यव्यवस्था अहिलेकाे संकटको निकास भएको बताए ।

मध्यकर्णाली ब्युरो इन्चार्ज विवेक सीकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कालिकोट जिल्ला इन्चार्ज बलवान् सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।