१२ श्रावण २०८१, शनिबार

कुन कुन प्रदेशमा छ वर्षाको सम्भावना

0

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा सामान्य बदल रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका एकदूई स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

 

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।