१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोको संयुक्त प्रशिक्षण धनगढीमा सुरु 

0

 

धनगढी।नेपाल कम्युनिस्ट पार्टी सेती र महाकाली ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ । कार्यक्रम बुधबार धनगढीको ओम पार्टी प्यालेसमा नेकपाका महासचिव विप्लब सी को प्रमुख आथित्यतामा सुरु भएको हो ।

 

नेकपा सेती ब्युरोका इन्चार्ज भगत सीको अध्यक्षतामा सुरु उक्त प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी समिति सदस्य भरत सी (रणवीर ) , पोलिट ब्युरो सदस्य विकल्प सी लगायत पार्टीका केन्द्रीय सदस्यहरू र सहिद परिवारका सदस्यहरू अथितिका रूपमा सहभागी भएका छन् । पार्टीका दुवै ब्युरोका नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता समेत रहेको छ । कार्यक्रममा नेकपा अछाम जिल्ला इन्चार्ज मिना सि ले स्वागत मन्तव्य मार्फत सहभागी अथितीहरुलाई स्वागत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।