१० श्रावण २०८१, शुक्रबार

लुम्बिनी र कपिलवस्तु भारतको नक्सामा राख्नु घृणित कार्य : नेकपा रुपन्देही

भारतीय हस्तक्षेप र दादागिरी विरुद्ध संघर्षमा उत्रिन अपिल

0

रुपन्देही / नेपाल कम्युनिस्ट रुपन्देहीले भारतीय संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिएको नक्साको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गरेको छ।बुधबार नेकपा रुपन्देहीका सेक्रेटरी वीरेन्द्रद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ती जारी गर्दै नेकपाले यस्तो बताएको हो।

सेक्रेटरी वीरेन्द्रद्वारा हस्ताक्षरित बिज्ञप्तीमा नेपालको भुभाग भारतको नक्सामा राख्ने घृणित कार्य बन्द गर्न र भारतीय दादागिरी विरुद्ध उत्रन समेत आह्वान गरिएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

भारतीय साम्राज्यवादले नेपालको सार्बभौमसत्ता, अखण्डता र राष्ट्रियता स्वाधीनता माथी ठाडो हस्तक्षेप गर्दै आइतबार भारतीय नया संसद भवनमा “अखण्ड भारत को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु लगायतका स्थान समेटेर राखिएको नक्साको विषयमा हाम्रो पार्टी घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

भारतले वर्षौंदेखि नेपालका भूभागहरू कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका दर्जनौं भूभागहरूमा अतिक्रमण गर्दै आएको छ । पटक पटक भारतीय साम्राज्यवादले हाम्रो भूमीमाथी नाङ्गो हस्तक्षेप गर्दा पनि सरकारको नेतृत्व गरेका नेता र पार्टीहरू राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्न मै लिप्त छन । मुखले स्वाधीनता व्यबहारमा पुर्ण आत्मासमर्पण गर्ने लहर नै चलेको छ । भारतीय साम्राज्यवादले असमान सन्धी सम्झौता, सामाजिक, सास्कृतिक, भौगोलिक तथा राजनीतिक हस्तक्षेप तिब्र बनाइरहेको अवस्थामा नेपालका शासकहरू मुख दर्शक बनिरहेका छ्न | नेपालको भूभाग आफ्नो नक्सामा राख्ने जस्तो घृणित कार्य बन्द गर्न र भारतीय नयाँ संसद भवनमा राखिएको नयाँ नक्सा तत्काल सच्चाउन चेतावनी दिन चाहन्छौं । साथै यस खालको भारतीय हस्तक्षेप एवं दादागिरीका विरूद्ध देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, नागरिक समाज, राष्ट्रवादी शक्ती लगायत सम्पुर्ण जनसमुदाय एकीकृत भई संघर्षमा लाग्न हार्दिक अपिल गर्दछौं ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।