१३ बैशाख २०८१, बिहीबार

समाजवादका लागि माओवादीहरुको एकता गर्न कार्यकर्ताको दबाव

0

 

बाँके । माओवादी विचारधाराका नेता तथा कार्यकर्ताहरुले सवै माओवादीहरु समाजवाद ल्याउने शर्तमा एकतावद्ध हुनुपर्ने सुझाव दिएका छन । विहिवार कोहलपुरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलाई विभिन्न विचारधारामा विभाजित माओवादी नेता तथा कार्यकर्ताहरुले सवै माओवादीहरु समाजवादी व्यवस्था ल्याउने शर्तमा एकतावद्ध हुनुपर्ने सुझाव दिएका हुन ।

उनीहरुले माओवादीधारका सवै पार्टीहरुले विगतमा भएका कमीकमजोरीहरुको समिक्षा गर्दै दलाल पूँजीवाद र साम्राज्यवादका विरुद्ध लड्न सवै माओवादी एकै ठाउँमा उभिनुपर्र्ने वताएका छन ।

नेकपा माओवादी केन्द्रमा रहेका नेता शेसकान्तले माओवादीहरुको एकता विना कुनै माओवादीहरुको कल्याण पनि नहुने र समाजवाद पनि नआउने वताउनु भयो । उहाँले १२१ सिट प्रत्यक्षवाट जितेको पार्टी अहिले निकै कमजोर हुनु माओवादीहरुको विभाजन भएको टिप्पणी गरे ।

अर्का माओवादी केन्द्रका नेता विहानीले विचार सिद्धान्तलाई एउटै वनाएर समाजवादमा पुग्ने गरेर माओवादीहरु एक हुुनुपर्ने वताउनु भयो । उहाँले माओवादी एक नहुदा प्रतिक्रियावादीहरुको हस्तक्षेप वढेको पनि वताय ।

माओवादी कार्यकर्ता होसियारले सेना समायोजन गर्दा प्रचण्डले धेरै ठुलो गल्ती गरेकाले पार्टी विभाजन हुन पुगेको बताय। अब कमी कमजोरीहरुको समिक्षा गर्दै माओवादी सवै एक हुनुपर्ने उहाँले सुझाव दिय ।

कार्यक्रममा माओवादी केन्द्रका नेता समर इदिरिसीले माओवादी आन्दोलनमा प्रचण्ड पछि विप्लवले माओवादी पार्टीको नेतृत्व गर्नु पर्ने बताए । उहाँले अबको आसा विप्लव भन्दा अरु कुनै माओवादी नेताको नभएको पनि बताय । नेता समरले समाजवादी व्यवस्था ल्याउने तयारीका साथ पार्टी एकता हुनुपर्ने र विप्लवले नेतृत्व गर्न तयार हुनुपर्ने सुझाव दिए।

अर्का माओवादी केन्द्रसंग जोडिएका कार्यकर्ता तिलकसिंह कार्कीले संसदीय अभ्यास र एकीकृत जनक्रान्तिको अभ्यास दुवै तिर लागेका माओवादीको उपलब्धी नभएको जिकिर गरे । उनले अव एकतावद्ध नभए सवैको भविष्य नहुने तर्फ सचेत गरे । कार्यक्रममा राकेश दाहाल,प्रकाश विक,मेघराज हुसेन लगायतले पनि आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सान्ता धिताल,अञ्जना गैरे,त्रिलोचन लम्साल र महोमदराज हुसेन नेकपामा प्रवेश गरेका छन्।

अन्तरक्रिया कार्यक्रममा नेकपा बाँकेका इन्चार्ज रणदिप सी,केन्द्रीय सदस्य अडिक,शिखर,नारायण लम्साल लगायतका अतिथिहरु रहेका थिए ।

कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी कल्पनाले गरेकी थिइन भने संचालन पूर्णीमाले गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।