२३ बैशाख २०८१, आईतवार

नेपाल कम्युनिस्ट पार्टी राेल्पा जिल्ला समितिकाे संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

 

राेल्पा । नेपाल कम्युनिस्ट पार्टी राेल्पा जिल्ला समितिकाे संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम माडी गाउँ पालिकामा बिहिवार सम्पन्न भएकाे छ। बैठकले पार्टीको ९ ओैं केन्द्रीय समितिकाे एकताको विशेष बैठक र राप्ती व्युराेकाे बैठकले लिएका निर्णयहरूलाई कार्यन्वयन गर्न बैठक वसेको हो।

पार्टीको नमुना जिल्ला सेक्रेटेरी अमित सीकाे अध्यक्षतामा भएकाे बैठक तथा प्रशिक्षणमा केन्द्रीय समिति सदस्य एवं राप्ती व्युराे इन्चार्ज सविन सी काे प्रमुख आतिथ्यता रहेकाे थियाे, त्यस्तै केन्द्रीय सदस्य एवं पश्चिम नमुना जिल्ला इन्चार्ज असिना सी.केन्द्रीय सदस्य एवं स्कुलिङ विभाग सदस्य प्रयास सी, केन्द्रीय सदस्य एवं मध्य दक्षिण इन्चार्ज आक्राेश सी, केन्द्रीय सदस्य तथा पुर्वि जिल्ला इन्चार्ज मनिराज सी, केन्द्री प्रतिनिधि सदस्यहरू विश्व सी र अपिल सी राेल्पा जिल्लाका पुर्व इन्चार्ज इन्जार्ज प्रताप सी, नमुना जिल्लाका पुर्ब इन्चार्ज विप्लव सी व्युराे कार्यालय सचिव लगायतकाे आतिथ्यता रहेकाे थियाे । 

कार्यक्रममा प्रत्यक गाउँ कमिटीका इन्चार्ज सेक्रेटरीहरूले आ-आफ्नाे इलाकाकाे प्रतिवेदन पेश गरेका थिए भने प्रमुख अतिथि र केन्द्रीय सदस्यहरूले प्रशिक्षनात्मक मन्तव्य राखेका थिए

प्रशिक्षण मन्तव्य राख्दै प्रमुख अतिथि सविन सीले  दालाल संसदीय व्यवस्था पुर्ण रूपमा असफल भैसकेकाले पार्टीका सम्पुर्ण शक्ति समाजवादी व्यवस्था स्थापना गर्न लाग्न निर्देशित गरेका छन् ।

पुर्वी राेल्पा जिल्लाका सेक्रेटेरी यनान सीले स्वाग गरेकाे कार्यक्रममा परिवर्तन गाउँपालिकाका इन्चार्ज पृथ्वी सीले पार्टीकाे केन्द्रीय सर्कुलर र प्रतिवेदन साथै व्युराेकाे सर्कुलर बाचन गरेकाे आयाेजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।