५ जेष्ठ २०८१, शनिबार

इलिप्स स्कुलमा रहस्यमय तरिकाले मृत भेटिएका विद्यार्थी अभिषेकको न्यायका लागि अखिल (क्रान्तिकारी)द्वारा बिरोध प्रदर्शन

0

 

काठमाडौं।काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रवासभित्र मृत फेला परेका बालकलाई न्याय हुनुपर्छ भन्दै अखिल क्रान्तिकारीले विराेध प्रदर्शन गरेको छ।

विराेध प्रदर्शनमा वोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा उपत्यका ब्युरो ईन्चार्ज अटल सी ले “शिक्षक र स्कूल प्रशासनको लापरवाहीका कारण देशभरिका धेरै बिध्यार्थीले आत्महत्या गर्ने गरेको बताए ।”

उनले , अभिषेक तामाङ को घटना पनि रहस्यमय भएको हुँदा , वार्डेन नारायण सापकोटालाई प्रहरीले घटनाको सत्य ,तथ्य छानबिन गरी सजाय नदिएको खण्डमा पीडितको पक्षमा रही अखिल क्रान्तिकारीले संघर्स गर्ने प्रतवद्धता जनाय।उनले नाफा कमाउने उदेश्यले सञ्चालन गरिएका प्राइभेट स्कूलहरूमा मानवता नभई नाफा र नोक्सानको मात्रै हिसाब गर्ने गरिएको बताए ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत ११ वर्षिय अभिषेक तामाङ्गको मङ्गलबार राती भएको रहस्यमय घटनाले विद्यार्थी र अभिभावक आन्दोलित छन् । उनीहरू २ दीन देखि अभिषेकको घटना आत्म हत्या नभई हत्या भयेको दावी गर्दै अपराधीलाई सजाएको माग राख्दै आन्दोलन गरिरहेको बताउँछन् ।

त्यसै विद्यालयमा अध्ययनरत एक बिध्यार्थी भन्छन् ,” १५ महिना देखि त्यसै होस्टेलमा बस्दै आएका अभिषेक पढाइमा एकदमै अब्बल र मिलनसार थिए । उसले आत्महत्या गर्ने कुनै पनि कारण थिएन यो हत्या नै हो , अभिषेकको मृत्यु भएकै दिन दिउँसो वार्डेनले के कारणले हाे अभिषेकलाई सजाय स्वरुप टोइलेट साफ गर्न लगाएको र कुटपिट पनि गरेका थिए ।”

११ वर्षे मृतकको घाँटीमा र गलामा पनि नील डाम देखिएको हुँदा घटना पुर्ण रुपमा संकास्पद रहेको विद्यालयका बिध्यार्थी र मृतकका आफन्त बताउँछन् ।

घटना संकास्पद छ भन्दै आफन्तले उजूरी दिए पछि होस्टेल वार्डेन र प्रिन्सिपल लाई छानबिनको लागि सोरखुट्टे प्रहरि कार्यालयमा राखिएको प्रहरिले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।