१० श्रावण २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लवद्धारा कोहलपुरमा पार्टी कार्यालय उदघाटन

0

 

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले पार्टीको जिल्ला कार्यालय कोहलपुरमा स्थापना गरेको छ । विहिवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कोहलपुरको वसपार्कमा कार्यालयको औपचारिक उद्घाटन गर्दै स्थापना गरेका छन्।

 

नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति बाँके लेखिएको र कपडाले ढाकिएको मुख्य बाेर्डलाई महासचिव विप्लवले धागो काटेर बाेर्ड बाहिर राखिएको कपडा हटाई उद्घाटन गरेका हुन।

 

कार्यालयको औपचारिक स्थापनाले जनतासंगको सम्वन्ध प्रगाड हुने र पार्टी जनतासंग गहिरो सम्वन्धमा जोडिने नेकपा बाँकेका इन्चार्ज रणदिप सीले बताए ।

कार्यालयको उद्घाटन पछि नेकपाका महासचिव विप्लवले पार्टी कार्यालयको स्थापना गरेकोमा धन्यवाद दिर्दै जनताको हृदयको पार्टी भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिय ।

 

पार्टी कार्यालयको स्थापनाको उद्घाटनमा जिल्ला स्थिति नेता,कार्यकर्ता शुभचिन्तक जनता,सहिद परिवार लगायतको भव्य उस्थिति रहेको थियो । सो अवसरमा नेकपाका महासचिव विप्लवलाई सहिद परिवार सहित जिल्ला पार्टीले भव्य स्वागत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।