११ श्रावण २०८१, शनिबार

क्रान्ति विरुद्ध साम्राज्यवादले १५ वर्षको तयारी गरी रवीलाई ल्यायो : विप्लव

0

 

बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादले क्रान्ति विरुद्ध प्रयोग गर्न १५ वर्ष देखि रवीलाई तयारी गरी प्रयोग गरेको खुलासा गरेका छन्।

 

विहिवार कोहलपुरमा कार्यकर्ता,सहिद परिवार र व्यवसायी संगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले साम्राज्यवादी डिजाईनमा नेपाली क्रान्ति र कम्युनिष्ट विरुद्ध रवी आएको खुलासा गरेका हुन। उनले सवै कुरा नवुझेर हावाको भरमा र गुलिया कुरामा देश र जनताको विरुद्ध नलाग्न सवैलाई अपिल गरे।

विप्लवले नेपालमा पछिल्लो राजनैतिक संकटको निकास नत रवीको बाटोले हुन सक्छ ,नत ०४७ सालको संविधानले हुन सक्छ,अबको निकासको अग्रगामी बाटो वैज्ञानिक समाजवाद मात्र हुन सक्छ भने । महासचिव विप्लवले नेपालमा अस्थीर राजनैतिक अवस्था आउनु दलाल संसदीय व्यवस्था भएको दावी गर्दै संसदीय व्यवस्था बदलेर समाजवादमा जानु अग्रगामी विकल्प भएको ठोकुवा गरेका छन् ।

 

उनले भने “साम्राज्यवादले कम्युनिष्टका विरुद्ध विगत १५ वर्ष देखि नयाँ पात्र सारेएको छ ,उसले सुरुमा रविन्द्र मिश्र र उज्वल थापालाई सार्यो,त्यसमा असफल भएपछि नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिक भईसकेको व्यक्ति रवीलाई आगाडि सारेर फेरी आएको छ ,यो नेपाली जनताको लागि धेरै खतरनाक छ,यसमा सवैले सचेत हुन पर्छ ।”

 

महासचिव विप्लवले साम्राज्यवादका नयाँ पात्रहरुलाई नेपाली जनताले बुझन नसकेर भ्रममा परेको भन्दै कुनै दिन यीनै मात्रका कारण नेपाल युक्रेन बन्ने अवस्थामा जान सक्ने तर्फ संकेत समेत रहेका छन ।

 

उनले नेपाली स्वाभिमानलाई उच्च बनाउदै देश र जनताको रक्षाका लागि नेपाल कम्युनिष्ट पार्टी जस्तो सुकै कदम चाल्न तयार रहेको र जनताको साथमा रहन तयार रहको विश्वास दिलायका छन् ।

 

महासचिव विप्लवले नेपालका सवै माओवादी र कम्युनिष्ट विचार भएका शक्ति, प्रगतिशील वामपन्थी सवै शक्तिहरु साम्राज्यवादी डिजानका विरुद्ध एक भएर नजाने हो भने नेपाल अझै संकटतिर धकेलिने वतायका छन् ।

 

जनता माथि मिटर व्याजी,लघुवित्त र वैङ्कको चर्को व्याजदर द्धारा भइरहेको ठगी विरुद्ध नेकपाले कडा संघर्ष गरिरहेको भन्दै यसवाट आत्तिएका दलालहरुले आफ्ना १६ जना कार्यकर्ता अहिले पनि जेलमा राखेको बताउँदै 

देशलाई साम्राज्यवादी र दलालहरुले निरासा तिर लिन खोजेपनि नेपालका युवाहरु निरास हुन नहुने र परिवर्तनका लागि फेरी पनि गम्भीर भएर सोच्न महासचिव विप्लवले आग्रह गरेका छन्।

उनले सहिद परिवारलाई सहिदको सपना पुरा गर्ने विश्वास दिलाउदै नयाँ परिस्थिति बनेकाले सवै माओवादीहरुले समाजवादका लागि एक भएर सहिदको सपना पुरा गर्नु पर्ने तर्क गरेका छन्।

 

 

 

माओवादी जनयुद्ध के आतंकवादी युद्ध हो ? यदि त्यसो हो भने किन जनयुद्धका कारण आएको गणतन्त्रको फल खाने ? महासचिव विप्लवले दलालहरुलाई चनौती दिदै भन्नु भयो “हिक्मत छ भने जनयुद्धलाई आतंकवादी युद्ध भन्नुहोस न ! होइन भने वहिरगमित जनमुक्ति सेनालाई २ लाख दिने निर्णयमा किन आपत्ति जनाएको हो ।”

 

उहाँले सम्भव भए माओवादी तथा सवै कम्युनिष्टहरुले सामाजवादमा जाने शर्तमा विचारलाई एक गरेर पार्टी एकता गरौं भन्दै सकिदैन भने सामाजवादी मोर्चा वनाएर जान आग्रह गरे ।

 

उनले नेपालको भूभाग माथि भारतिय साम्राज्यवादले धेरै हस्तक्षप गरेको र पछिल्लो नक्सामा कपिलवस्तु र लुम्विनी भारतले आफ्नो नक्सामा राखेकोमा आपत्ति जनाउँदै महासचिव विप्लवले यदि संसद भवनमा भारतले राखेको नक्साबाट नेपालको भूमि नहटाए कडा संघर्ष गर्ने चेतावनी समेत दिए।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।