२९ माघ २०८१, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी झापाले जलायो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला

0

 

झापा।नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका विभिन्न स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतको झण्डा जलाएको छ।

 

पछिल्लो समय भारतले अखण्ड भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी लगायतका भूभाग समेटेर नक्सा जारी गरेको भन्दै उक्त पार्टीले झापा सहित देशव्यापी रुपमा बिरोध प्रदर्शन गरिरहेको छ। त्यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी झापाले नरेन्द्र मोदीको फोटो र नक्सा जलाएको  बताएको छ।

 

नेपाल कसैको गुलाम नभएर स्वाधीन राष्ट्र भयकोले भारतिय रबैया बिरुद्ध कठोर भएर संघर्ष गर्न समेत उक्त पार्टीले अपिल गरेको छ।

 

नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिले आज मात्रै झापाका ४ स्थान दमक, झापा, कनकाई र बाह्रदशी गाउँपालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउँदै नाराबाजी गरेको छ।

 

यसअघि हिजो नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मेची ब्युरोले व्युरो अन्तर्गत झापा इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा पुतला दहन कार्यक्रम सम्पन्न गरेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।