१ जेष्ठ २०८१, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पाचौं पुर्ण बैठकको पुरक बैठक सम्पन्न

0

 

ललितपुर।नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला समितिको पाचौं पुर्ण बैठकको पुरक बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको एकताको विशेष बैठकले गरेका दुरगामी निर्णयहरुको आलोकमा ललितपुर जिल्ला समितिको पाचौं बैठकको निरन्तरतामा पुरक बैठक पाटनढोका मा शुक्रबार सम्पन्न भएको हो।

 

जिल्ला सचिव विकास सीको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन सीको प्रमुख आतिथ्यतामा भएको बैठकले केहि महत्वपुर्ण निर्णयहरु गरेको छ।

जसमा, क्रान्तिकारी कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी र सच्चा देशभक्तहरुको वृहत्तर मोर्चावन्दी(समाजवादी मोर्चा), ध्रुवीकरण र एकता वर्तमानको युगिन आवश्यकता हो र यसको बलमा असफलसिद्ध दलाल संसदिय पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी गणतन्त्र/ बैज्ञानिक समाजवाद स्थापना गर्न आत्मगत पक्षलाई सबलिकरण गर्छ भन्ने केन्द्रीय समितिको निष्कर्षलाई गहिरो सङ्ग आत्मसात गरि यसको महत्वलाई व्यवहारिक रुप प्रदान गर्न जोड गर्ने ।

 

दलाल पुँजीवादी अर्थ-राजनितीक प्रणालीको स्वभाविक सह-उत्पादन(by-product)जस्तै: भ्रष्टाचार, वित्तीय अपचलन/शोषण, मिटरव्याज जस्तो अपराध, राष्ट्रघाती एमसिसी, नक्कली भुटानी शरणार्थी काण्ड जस्तो अपराध र सामाजिक अन्यायका विरुद्ध सशक्त जनसंघर्ष संचालन गर्ने ।

 

पुँजीवादी राष्ट्रहरुले नाफा र धन संचितिको तुच्छ स्वार्थ पूरा गर्न पृथ्वीको जैविक/प्राकृतिक वातावरण र सिङ्गो पर्यावरणलाई नै विनाश गर्ने अपराध गरिरहेको परिप्रेक्षमा पर्यावरणको रक्षाको लागि संघर्ष गर्नु मानवजातिको पहिलो दायित्व बन्न पुगेको यथार्थतालाई हृदयङ्गम गरि यस ललितपुर जिल्लाभित्र भइरहेको प्राकृतिक सम्पदामाथिको अनियन्त्रित एवम् अबैध दोहनलाई रोक्न संघर्ष संचालन गर्ने ।

 

जनाधारित पार्टी, जनाधारित नेता/कार्यकर्ता , उत्पादन एवम् उद्यमद्वारा आर्थिक आत्मनिर्भर पार्टी निर्माण गर्दै समाजवादी समन्यायिक आर्थिक प्रणालीको व्यवहारिक अभ्यास तर्फ पार्टीलाई मोड्ने केन्द्रीय निर्णयलाई कटिबद्धता साथ लागू गर्ने ।

पार्टीलाई बैचारिक र साङ्गठनिक रुपमा सुदृढ गर्ने । निर्णय गरेको नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले जानकारि

गराएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।