१६ बैशाख २०८१, आईतवार

भारतीय दूतावास अगाडि नेकपा निकट जनवर्गीय संगठनद्वारा विरोध प्रदर्शन

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन अखिल (क्रान्तिकारी), युवा संगठन नेपाल, गणतान्त्रिक खेलकुद महासंघ, मजदुर संगठन, उद्योग व्यापार संगठनले भारतिय दूतावास लैनचौर अगाडि नेपालको भुभाग कपिलवस्तु, लुम्बिनी लगायत समेटेर जारी गरेको नक्साका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य प्रकाश शाहीले नेपाल एक सार्वभौम मुलुक भएकाले कसैको हस्तक्षेप नसहने बताए । साथै उनले भारतले नेपालको भुभाग समेटेर जारी गरेको नक्सा तत्काल सच्याउन भारतलाई खबरदारी गरे । साथै भारतले नेपाललाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गर्दै उनले थपे यदि भारतले नेपालको स्वाभिमानमाथि हस्तक्षेप र हेपाहा प्रवृत्ति देखाउने हो भने भारतीय साम्राज्यवादविरुद्ध निर्णायक लडाइँ लड्न युवाहरु पछि नपर्ने बताए ।

एर्को एक प्रसंगमा अध्यक्ष प्रकाशले नेपालमाथि भारतले उसकाे साम्राज्यवादी हर्कत देखाइरहेका बेला भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विषयमा चासो नराख्नु गम्भीर भएको बताए । उनले एक धर्मनिरपेक्ष राष्ट्रका प्रधानमन्त्री प्रचण्डले भारतमा गएर गेरुधारी बस्त्र पहिरिएर नेपाल राष्ट्रको बदनाम गरेको समेत बताए ।
संगठनका उपाध्यक्ष नरेन्द्र विश्वकर्माले भारतीय दूतावासलाई संगठनले लेखेको ज्ञापन पत्र पढेर सुनाएका थिए भने विरोध कार्यक्रमको संचालन युवा संगठन नेपालका महासचिव तिलक योगीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।