१३ मंसिर २०८१, बिहीबार

महिला मुक्तिको राजनीतिक अर्थशास्त्र :मार्गरेट बेन्स्टेन

0

हाम्रो जटिल समाजमा हरेक बाहेक वस्तुको जस्तै महिलाहरूको हैसियत पनि एउटा आर्थिक आधारमा टिकेको हुन्छ :एलीनार मार्क्स र एडवर्ड एवेलिंग

समाजको वर्ग संरचनाको विश्लेषणमा आम रुपमा ‘महिला– प्रश्न’लाई उपेक्षा गर्ने गरिन्छ । यसको कारण यो हो कि जहाँ एकातर्फ वर्गहरूको सामान्यतः उत्पादनका साधनहरुका साथ उनीहरुका सम्बन्धहरूको आधारमा परिभाषित गर्ने गरिन्छ त्यही अर्कोतर्फ, यो मान्ने गरिन्छ कि महिलाहरूको उत्पादनका साधनहरूका साथ कुनै विशिष्ट सम्बन्ध हुँदैन । यद्यपि यो देख्न सकिन्छ कि त्यो विशिष्ट श्रेणी सम्पूर्ण वर्गहरूमा सम्मिलित हुन्छ । हामीले महिलाहरूको चर्चा श्रमजिवी महिलाहरू र मध्यम वर्गीय महिलाहरूको रूपमा गर्ने पनि गर्छौं । महिलाहरूको हैसियत स्पष्टतः पुरुषहरूको भन्दा कमजोर हुने गर्दछ, परन्तु यस अवस्थाको विश्लेषण गर्ने समयमा प्रायः समाजीकरण, मनोविज्ञान अवैयक्तिक सम्बन्धहरू अथवा एउटा सामाजिक संस्थाका रूपमा विवाहको भूमिका जस्ता कारणहरू माथि चर्चा हुन थाल्दछ । प्राथमिक कारक के वास्तविक रूपमा यही हो ? यस कुरा माथि बहस चलाइयोस् कि महिलाहरूलाई दोस्रो दर्जाको हैसियतको मूल आधार वस्तुतः आर्थिक नै हो भने त यो प्रमाणित गर्न सकिन्छ कि प्रत्यक्ष रूपमा एउटा समूह महिलाहरूको उत्पादनका साधनहरूसँग एउटा सुनिश्चित सम्बन्ध हुने गर्दछ जुन पुरुषहरूको सम्बन्धभन्दा भिन्न हुने गर्दछ । वैयक्तिक र मनोवैज्ञानिक कारक उत्पादनका साथ यस विशिष्ट सम्बन्ध पश्चात आउँछन् र उत्पादन सम्बन्धहरूमा परिवर्तनलाई पनि बदल्ने एक स्थान अनिवार्य शर्त हो (परन्तु पर्याप्त होइन) ।

यदि उत्पादनका साथ महिलाहरूको यस विशिष्ट सम्बन्धलाई मान्ने हो भने त महिलाहरूको अवस्थाको विश्लेषण स्वभाविक रूपबाट समाजको वर्ग विश्लेषणसँग जोडिन पुग्दछ ।

उत्पादनका साधनहरू माथि स्वामित्व राख्ने व्यक्तिहरू तथा ज्यालाका निम्ति आफ्नो श्रम–शक्ति बेच्नेहरूकाबिचमा विभाजन पुँजीवादी समाजमा वर्गहरूको चर्चाको प्रस्थान विन्दु हुने गर्दछ । जस्तो कि अर्नेस्ट मेंडलले भन्नुहुन्छः संक्षेपमा भन्नुपर्दा सर्वहाराको यो अवस्था उत्पादनका साधनहरू अथवा जीविकोपार्जनका साधनहरूसम्म उसको पहुँच हुन नसक्नाले हुने गर्दछ, जुन सामान्यकृत रूपमा माल उत्पादन गर्ने व्यक्ति समाजमा सर्वहारालाई आफ्नो श्रम–शक्ति विक्रि गर्नका निम्ति बाध्य बनाउँदछ । त्यस श्रम शक्तिको बदलामा उसलाई जुन ज्याला मिल्दछ, त्यसबाट उसले आफ्नो र आफ्ना परिवारका आवश्यकताहरूलाई पूरा गर्नका निम्ति आवश्यक उपयोगका साधनहरू प्राप्त गर्दछ । ज्यालामा जीवन निर्वाह गर्ने, सर्वहाराहरूको यही संरचनागत परिभाषा हुन्छ । यसबाट अनिवार्यतः उसको आफ्नो श्रमसँग, आफ्ना श्रमका उत्पादित यो समूह या संवर्गमाथि समग्रतामा लागु हुने गर्दछ ।

व्यक्तिको रूपमा महिला स्वयंको आफ्नै सामाजिकरणबाट धेरै हदसम्म मुक्त गर्न सक्छिन र मुक्त गर्दछिन् (र अनुकुल विषयहरूमा उनले आर्थिक अवस्था बमोजिम पनि स्वयंलाई समायोजन गर्न किन सक्छिन्) परन्तु अधिकांश महिलाहरूलाई यस्तो अवसर उपलब्ध हुँदैन । वस्तुहरू र समाजमा अवस्थासँग एउटा सुनिश्चित सम्बन्ध प्रकट भएको देखिने गर्दछ; संक्षेपमा जसलाई प्रकट गर्ने संकेत शब्द हो अलगाव । परन्तु यस ढाँचागत परिभाषाबाट उसको उपभोगको स्तर, उसका आवश्यकताहरूको सीमा अथवा कुन हदसम्म उसले तिनलाई पूरा गर्न सक्दछ, जस्ता तमाम चीजहरूका बारेमा कुनै आवश्यक निष्कर्ष निक्लिँदैन ।

हामीसँग यसै अनुरूप महिलाहरूको त्यस्तो कुनै संरचनागत परिभाषा छैन । यहाँ जुन वस्तुको आवश्यकता पहिलो हो त्यो महिलाहरूको गौण अवस्थाका लक्षणहरूको छानबिन होइन, बरू यसको स्थान पुँजीवादी (र अन्य) समाजहरूमा भौतिक परिस्थितिहरूको त्यो विवरण हो जसले ‘महिला’ समूहलाई परिभाषित गर्दछ । तिनै परिस्थितिहरूमाथि विशिष्ट अधिरचनाहरू निर्मित हुने गर्दछन् जसका विषयमा हामीलाई जानकारी छ । मेंडलको एउटा चाखलाग्दो उद्धरणले यस प्रकारको परिभाषालाई स्पष्ट पार्दछ । प्रत्यक्ष उपयोगका निम्ति निर्मित गरिएको सामाग्रीका विपरित माल एउटा यस्तो उत्पादन हो जसलाई बजारमा विनिमयका निम्ति उत्पादन गरिएको हुन्छ । प्रत्येक मालको उपयोग मूल्य र विनिमय मूल्य दुवै हुनु आवश्यक छ । त्यसको एउटा उपयोग मूल्य हुनुपर्दछ अन्यथा त्यसलाई कसैले खरिद गर्दैन ।कसैका निम्ति बिना कुनै उपयोग मूल्यको माल अन्ततः अपव्यय हुने गर्दछ, एउटा व्यर्थको उत्पादन हुन्छ र किनकि यसको उपयोग मूल्य हुँदैन अतः यसको कुनै विनिमय मूल्य पनि हुँदैन ।

अर्कोतर्फ उपयोग मूल्य भएको प्रत्येक उत्पादको विनिमय मूल्य हुनुपर्छ, त्यो आवश्यक छैन । त्यसको विनिमय मूल्य तब हुन्छ जब त्यो समाज, जहाँ मालको उत्पादन हुने गर्दछ, जुन विनिमयमा आधारित हुन्छ र एउटा त्यस्तो समाज होस् जहाँ विनिमय एउटा आम चलन होस् ….. ।

पुँजीवादी समाजमा माल उत्पादन, विनिमय– मूल्यहरूको उत्पादन आफ्नो चरम विकाससम्म पुगिसकेको हुन्छ । मानव सभ्यताको इतिहासमा यो पहिलो यस्तो समाज हो जहाँ उत्पादनमा ठूलो हिस्सा माल उत्पादनको हुने गर्दछ । निःसन्देह यो पनि साँचो होइन कि पुँजीवाद अन्तरगत समस्त उत्पादन माल उत्पादन नै हुन्छ । दुई किसिमका उत्पादन यस्ता पनि छन् जसको केवल उपयोग मूल्य मात्रै हुने गर्दछ । प्रथम श्रेणीका उत्पादनहरूमा त्यस्ता तमाम वस्तुहरू जुन किसानहरूले आफ्ना निजी उपभोगका लागि उत्पादन गर्दछन् र जसलाई त्यस कृषि भूमिबाट सिधै प्रयोग गर्ने गरिन्छ जहाँ त्यसको उत्पादन गरिन्छ ……..पुजीवादी समाजमा दोस्रो श्रेणीको उत्पादन जसको गणना मालका रूपमा हुँदैन कि अपितु त्यसको केवल उपयोग मूल्य मात्र हुने गर्दछ ती त्यस्ता सम्पूर्ण वस्तुहरू हुन जुन घरमा उत्पादन गरिन्छन् । घरमै उत्पादन भए पनि घर व्यवहारसँग जोडिएका यस प्रकारका उत्पादनमा यथेष्ट मानवश्रम लागेको हुन्छ । तिनमा केवल उपयोग मूल्य मात्र हुने गर्दछ र तिनलाई माल भन्न सकिंदैन ।

प्रत्येक पल्ट जब कुनै झोल पदार्थ तयार गरिन्छ अथवा टांक लगाउने गरिन्छ तब उत्पादन त भइरहेको हुन्छ परन्तु त्यो उत्पादन बजारका निम्ति गरिएको हुँदैन । माल उत्पादन अस्तित्वमा आउनु र अगाडि बढेर त्यसले व्यवस्थित रूप लिनु तथा सर्वव्यापी हुन जानुले मानिसले गर्ने कामका तरिका र समाजलाई संगठित गर्ने उसका ढंगमा क्रान्तिकारी रूपान्तरण गरिदिएको छ । संभवतः मेंडलले त्यसमाथि ध्यान पनि नदिएको हो कि उनको अन्तिम अनुच्छेद कति महत्व र सही छ । माल उत्पादनको उपस्थितिले वास्तवमा मानिसको काम गर्ने तरिकामा रूपान्तरण गरिदिएको छ । जस्तो कि उहाले संकेत गर्नुहुन्छ, “पुँजीवादी समाजमा (र यस विषयमा वर्तमान समाजवादी समाजमा पनि) घरगृहस्थीमा हुने अधिकतम श्रमबजार पूर्व अवस्थामा रहने गर्दछ । यही त्यो काम हो जुन महिलाहरूको निम्ति आरक्षित हुने गर्दछ र महिलाहरूको एउटा परिभाषा खोज्ने आधार हामीलाई यसै तथ्यबाट प्राप्त हुने गर्दछ ।

शुद्धम–शुद्ध परिभाषाको दृष्टिबाट नै हेर्ने हो भने त बालबालिकाको पालन–पोषण र घर–गृहस्थीमा लगाइने श्रम सामाजिक रूपबाट आवश्यक उत्पादनको एउटा ठूलो हिस्सा हुने गर्दछ । यसका तथापि माल उत्पादनमा आधारित समाजमा यसलाई आम रूपमा ‘वास्तविक श्रम’ यसकारण मानिंदैन किनभने यो व्यवसाय र बजार क्षेत्रभन्दा बाहिर रहने गर्दछ । यो एकदम वास्तविक अर्थमा प्राक–पुँजीवादी हुने गर्दछ । एउटा विशेष प्रकारको श्रेणी “महिलाहरू”का निम्ति कर्तव्य रूपमा घरगृहस्थीका कामहरूको यस निर्धारणको अर्थ हो कि “पुरुष” समूहको तुलनामा त्यो समूह उत्पादनका साथ एउटा भिन्न सम्बन्ध वास्तवमा कायम गरिन्छ । तब महिलाहरूलाई हामीले मोटो रूपमा मानिसहरूको एउटा त्यस्तो समूहका रूपमा परिभाषित गर्नेछौं जुन घरपरिवारसँग जोडिएका कामहरूमा मात्र उपयोग मूल्यको उत्पादनका निम्ति जिम्मेवार हुने गर्दछ ।किनभने यस प्रकारका उत्पादनमा पुरुषहरूले कुनै जिम्मेवारी उठाउँदैनन । अतः दुबै समूहरूकाबिच अन्तरको मुख्य कारण यसै कुरामा हुने गर्दछ ।

ध्यान दिन आवश्यक छ कि महिलाहरूलाई माल उत्पादनबाट अलग गर्न सकिंदैन । ज्यालादारी काममा उनीहरुको भागिदारी हुन्छ । परन्तु एउटा समूहका रूपमा यस क्षेत्रमा उनीहरूको कुनै संरचनात्मक दायित्व बनेको हुँदैन र यस्तो भागिदारीलाई सामान्यतः कामचलाउ ढंगबाट लिने गरिन्छ । अर्को तर्फ माल उत्पादनको दायित्व पुरुषहरूको हुने गर्दछ, सिद्धान्ततः घरगृहस्थीका कामहरूमा उनीहरूलाई कुनै भूमिका दिने गरिंदैन । उदाहरणका निम्ति यदि उनीहरूले घरेलु उत्पादनमा हिस्सेदारी गरिहाले भने पनि त्यसलाई केवल आपत्तिजनक माग मानिंदैन । त्यसले मनोबल घटाउने, पुरुषत्वहीन, यहाँसम्म कि स्वास्थ्यको निम्ति अहितकारी मान्ने गरिन्छ । (जनवरी १९६९मा वैलकुंवर सनको मुख्य पृष्ठमा प्रकाशित एउटा प्रतिवेदनको माध्यमबाट यो जानकारी दिइएको थियो कि ब्रिटेनमा पुरुषहरूको स्वास्थ्य यसकारण चौपट भएको थियो किनभने उनीहरूलाई अत्यन्त धेरै घरगृहस्थीको काम गर्न परिरहेको थियो) ।

महिलाहरूको यस निम्नस्तर अवस्थाको भौतिक आधार महिलालाई ठीक यसै परिभाषामा खोज्न सकिन्छ । एउटा त्यस्तो समाजमा जहाँ मुद्राले मूल्यको निर्धारण गर्दछ, महिला एउटा यस्तो श्रेणी हो जसले मुद्रा अर्थशास्त्रको परिधिभन्दा बाहिर काम गर्दछन् । उनीहरूको कामलाई मुद्रामा मापन गर्न सकिंदैन । अतः त्यो मूल्यहीन हुने गर्दछ । यहाँसम्म कि त्यो वास्तविक काम पनि मानिंदैन । यस्तो मूल्यहीन कामको परिणाम दिने स्वयं महिलाहरूको हैसियतलाई पुरुषहरूको समकक्ष मान्ने कुरा सोच्न पनि सकिंदैन जसले मुद्राको बदलामा काम गर्दछन् । संरचनात्मक रूपमा महिलाहरूको यस अवस्थाको सर्वाधिक निकट ती व्यक्तिहरूको पनि हुने गर्दछ जुन माल उत्पादनको सीमाभन्दा बाहिर थिए या छन् जस्तै भूदास र किसान ।

महिलाहरूका बारेमा आफ्नो लेखमा जूलियट मिशेलले विषयलाई यस प्रकार प्रस्तुत गरेका छन्– “विकसित औद्योगिक समाजमा महिलाहरूको काम समग्र अर्थव्यवस्थाको केवल फट्के किनाराको आधारमा हुने गर्दछ । जबकि कामकै माध्यमबाट मानिसले प्राकृतिक अवस्थाहरूलाई बदल्ने गर्दछ र यसप्रकार समाजको निर्माण गर्दछ । जबसम्म उत्पादनमा क्रान्ति हुँदैन, तबसम्म श्रमको हालत, महिलाहरूको अवस्थालाई पुरुषहरूको संसारभित्र नै निर्धारित गरिरहन्छन् ।”

महिलाहरूको काम फट्के किनाराको हुन्छ यो बयान यस कुराको अविश्लेषित स्वीकारोक्ति हो कि महिलाहरूद्वारा गरिएको कार्य त्यस कार्यभन्दा भिन्न हुन्छ; जसलाई पुरुषले गर्दछन् । यद्यपि त्यो काम फट्के किनारा रहेको काम होइन । यो केवल ज्यालादारी काम हुँदैन र त्यसकारण यसको गणना गरिंदैन । उनले आफ्नो त्यसै लेखमा अगाडि यहाँसम्म भन्दछन् कि “उत्पादक श्रमका रूपमा यदि परिभाषालाई निर्धारित गरियो भने त आज पनि घरेलु श्रमको विशाल सब्ख्या उपस्थित छ ।” उदाहरण स्वरूप केही तथ्याङ्कहरूले बताउँछन् । स्वीडेनमा प्रतिवर्ष उद्योगमा १२९०० लाख घण्टा व्यक्तित गर्ने महिलाहरूका २३४०० लाख घण्टा गृहस्थिका काममा लाग्ने गर्दछ । मेनहट्टन बैंकको आंकलन यो छ कि पुरै सप्ताहमा एउटी महिलाले जम्मा ९९.६ घण्टा काम गर्दछिन् । फेरि पनि आधारभूत आर्थिक कारकहरूमा मिशेलले कम जोड दिन्छिन् (यसै पनि उनले अधिकांश माक्र्सवादीहरुको “अतिरिक्त रूपबाट अर्थशास्त्री” हुनेलाई भत्र्सना गर्दछिन् र उत्ताउलोपनका साथ अधिरचनात्मक कारकसम्म पुग्दछिन् किनभने उनको यो मान्यता छ कि “औद्योगिकरणको आगमनले अहिलेसम्म महिलाहरूलाई मुक्त गर्न सकेको छैन ।” जुन कुरालाई देख्न उनी चुक्न गएकी छिन् त्यो यो हो कि अहिलेसम्म कुनै पनि समाजमा घरेलु कामकाजलाई औद्योगिकरण गरिएको छैन ।

एंगेल्सले यो स्पष्ट गर्नु भएको छ कि “सम्पूर्ण महिलाहरूको मुक्तिको प्रथम पूर्वशर्त हो सामाजिक उत्पादनका कामहरूमा समग्र महिला जातिलाई नयाँ सिराबाट जोड्नु र यो केवल ठूलो परिमाणको आधुनिक उद्योगको परिणाम स्वरूप नै सम्भव भएको छ, जुन ठूलो सब्ख्यामा महिलाहरूलाई उत्पादनमा भागिदारीतालाई न केवल संभव बनाउँदछ अपितु उनीहरूलाई वास्तवमा उत्पादनमा खिच्नु त्यसको निम्ति आवश्यक पनि छ । यस भन्दा पनि अधिक यसमा घरका निजी कामकाजलाई पनि एउटा सार्वजनिक उद्योग बनाई दिने प्रवृत्ति हुने गर्दछ ।” यसै परिच्छेदमा उहाँले भन्नु हुन्छ, “यहाँ हामीले पहिले नै यस कुरालाई देख्न सक्छौं कि जबसम्म महिलाहरूलाई सामाजिक उत्पादनका कामबाट अलग गरेर घरका निजी कामहरूमा मात्र सीमित राखिनेछ, तबसम्म महिलाहरूलाई स्वतन्त्रता प्राप्त गर्न र पुरुषहरूका साथ बराबरीको हक पाउन असम्भव एंगेल्सलाई जुन मानव विज्ञानीय साक्ष्य उपलब्ध थिए तिनले पुरुषहरूमाथि आदिम माहिलाहरूको वर्चश्वलाई संकेत गर्दथे । आधुनिक मानव विज्ञान यस वर्चश्वमाथि विवाद खडा गर्दछ । परन्तु एंगेल्सद्वारा दृष्टान्त स्वरूप दिइएका मातृवंशीय समाजमा महिलाहरूको लगभग समान हैसियतका प्रमाण प्रस्तुत गर्दछ । एंगेल्सको यस कृतिमा दिइएका तर्क पूर्ववर्चश्वको आवश्यकता होइन, केवलउनको पूर्वबराबरीको आवश्यकता बुझ्ने गर्दछन् ।

अतः निस्कर्ष अपरिवर्तित नै रहन्छ । यहा“ हामीले पहिले नै यस कुरालाई देख्न सक्छौं कि जबसम्म महिलाहरूलाई सामाजिक उत्पादनका कामबाट अलग गरेर घरका निजी कामहरूमा मात्र सीमित राखिनेछ, तबसम्म महिलाहरूलाई स्वतन्त्रता प्राप्त गर्न र पुरुषहरूका साथ बराबरीको हक पाउन असम्भव छ र असम्भव नै बनिरहने छ । छ र असम्भव नै बनिरहने छ ।” मिसेलले जुन समस्यामाथि ध्यान दिएकी छैनन्, त्यो मात्र यत्ति नै होइन कि महिलाहरुलाई यथास्थितिमा औद्योगिक उत्पादनमा तानियोस् अपितु यसभन्दा कैयौ धेरै जटिल छ र त्यो हो घरगृहस्थीका कामहरूलाई सार्वजानिक उत्पादनमा बदलिदिनु। घरेलु कामकाजलाई “सार्वजनिक उत्पादन”का रूपमा बदल्ने कुरा गर्दा नै अधिकांश अमेरिकीहरूका अगाडि तत्काल नै ‘ब्रेव न्यू वल्र्ड’ या एक विशालकाय संस्थाको तस्वीर खिचिन पुग्छ– अनाथाश्रम र सैन्य सिविरलाई घालमेल गरिएको एउटा त्यस्तो स्थानको तस्वीर जहाँ हामी सबै रहनलाई बाध्य हुनेछौं ।

यिनै कारणबाट औद्योगिकरणको प्रकृतिलाई सरल रूपमा र योजनावद्ध ढंगबाट स्पष्ट गर्नु अत्यन्त आवश्यक छ । एउटा औद्धाेगिक –पूर्व उत्पादन इकाई यस्तो ईकाइ हुने गर्दछ जसमा उत्पादन सानो परिमाणमा र बारम्बार दोहोर्‍याउन सकिने खालको हुन्छ अर्थात् साना–साना एकाईहरूको धेरै सब्ख्या हुन्छ; जसमा प्रत्येक एकाई आफैमा पूर्ण हुने गर्दछ र सम्पूर्ण एकाईहरू एकदम एउटै जस्ता हुन्छन् । यस्ता उत्पादन एकाईहरू कुनै न कुनै रूपमा एक अर्कासँग जोडिएका हुन्छन् । साधारणतयाः यी उत्पादन एकाईहरू बहुउद्देश्यीय हुन्छन् र आर्थिक उद्देश्यका साथसाथै धार्मिक, आमोदप्रमोद सम्बन्धी शैक्षिक तथा यौनसम्बन्धी कामहरूलाई पनि पूरा गर्दछन् । यस्तो अवस्थामा कुनै व्यक्तिको अभिष्ट सहज गुण, जुन उसलाई प्रतिष्ठा प्रदान गर्दछन्, तिनिहरूको परीक्षा विशुद्ध आर्थिक रूपबाट मात्र मापदण्डहरूको कसी लगाएर गर्न सकिंदैन । उदाहरणको निम्ति, स्वीकृत चारित्रिक विशेषताहरू सम्बन्धीका प्रति उचित व्यवहार अथवा दायित्व निर्वाहमा तत्परता जस्ता विषयहरू आउँदछन् । मूल रूपमा यस्तो उत्पादन विनिमयका निम्ति हुने गर्दैन ।

परन्तु मालहरुको विनिमय यदि पर्याप्त आवश्यकता नै हुनजान्छ भने त उत्पादन क्षमतामा वृद्धि पनि आवश्यक हुनजान्छ । यस्तो क्षमता औद्योगिक उत्पादनमा रूपान्तरणको माध्यमबाट प्राप्त हुन्छ र यसमा एक अर्कासँग जोडिएका उत्पादन एकाईहरू नष्ट हुन जान्छन् । त्यसको स्थानमा एउटा ठूलो परिमाणको बारम्बार नदोहोरिने उत्पादन एकाईले लिन पुग्दछ, जसको एक मात्र कार्य हुन्छ, आर्थिक कार्य र जहाँ प्रतिष्ठा अथवा हैसियत आर्थिक दक्षताद्वारा प्राप्त गरिन्छ । उत्पादनलाई युक्तिसंगत बनाउने गरिन्छ, व्यापक रूपबाट यसको दक्षता अझै धेरै वृद्धि गरिन्छ र त्यो अधिकाधिक सार्वजनिक –सम्पूर्ण सामाजिक तानावानाको एउटा अंग बन्न जान्छ । मानिसहरूकाे उत्पादक क्षमताहरुकाे अतिशय विस्तार हुन जान्छ । पुँजीवाद अन्तरगत यी सामाजिक उत्पादक शक्तिहरूको प्रयोग लगभग पूर्ण रूपमा केवल निजी मुनाफाका निम्ति गरिन्छ । यीनलाई उत्पादनको पुँजीकृत स्वरूप बुझ्न सकिन्छ ।

यदि हामीले उपरोक्त कुराहरूलाई घरगृहस्थी र बालबालिकाको हेरचाहका कामहरूमा लागू ग¥यौं भने त यो स्पष्ट हुन जान्छ कि प्रत्येक परिवार, प्रत्येक घरगृहस्थी ठीक त्यसै प्रकारले एक व्यक्तिगत उत्पादन एकाई, एक पूर्व–पुँजीवादी एकाई हुन जान्छ । जुन प्रकारले खेतीपाती गर्ने किसानहरू या घरेलु बुनकरहरूको प्राक्–औद्योगिक एकाईहरू बन्दछन् । यहाँ प्रमुख विशेषताहरू एकदम स्पष्ट हुन जान्छन् । बारम्बार दोहो¥याउनु, कुटुम्ब आधारित तथा कामको औद्योगिकरण स्वयंमा मानव जातिको हितको निम्ति एउटा ठूलो शक्ति हो। शोषण र अमानवीयकरणको सम्बन्ध पुुजीवादसँग हो न कि औद्योगिकरणसँग । पुुजीवाद अन्तरगत निजी घरेलु कामलाई सार्वजनिक उद्योगमा रूपान्तरणको वकालत गर्नु र समाजवादी समाजमा यस प्रकारको रूपान्तरणको वकालत गर्नु एकदम भिन्न कुरा हो ।

निजी प्रकृति चीनका सर्वाधिक महत्वपूर्ण विशेषताहरू हुन्छन् (अन्य विशेषताहरूमा पनि दृष्टि पु¥याउनु रोचक हुन्छ । परिवारको बहुउद्देशीय कार्य यो तथ्य कि महिलाहरूका लागि अभिष्ट गुण आर्थिक कौशलमा अन्तरनीहित हुने गर्दैनन् इत्यादि) ठूलो परिमाणको उत्पादनमा संक्रमणबाट उत्पादनको जुन युक्ति संगतता उत्पन्न हुने गर्दछ, यस क्षेत्रमा त्यो कुरा भएको छैन । औद्योगिकरण स्वयंमा मानव जातिको हितको निम्ति एउटा ठूलो शक्ति हो। शोषण र अमानवीयकरणको सम्बन्ध पुँजीवादसँग हो न कि औद्योगिकरणसँग । पुँजीवाद अन्तरगत निजी घरेलु कामलाई सार्वजनिक उद्योगमा रूपान्तरणको वकालत गर्नु र समाजवादी समाजमा यस प्रकारको रूपान्तरणको वकालत गर्नु एकदम भिन्न कुरा हो ।

समाजवादी समाजमा उत्पादक शक्तिहरू निजी मुनाफाका लागि हुँदैनन बरु मानव जातिको कल्याणका निम्ति काम गर्दछन् र यसको परिणाम मुक्ति हुने गर्दछ, अमानवीयकरण होइन । त्यस समाजमा हामीले उत्पादनको सामाजिकृत स्वरूपको कुरा गर्न सक्दछौं ।

यी प्राविधिक परिभाषाहरू होइनन् बरु औद्योगिकरणका दुईवटा महत्वपूर्ण दृष्टिकोणहरूका अन्तरलाई स्पष्ट गर्दछन् । घरको हेरचाहलाई सार्वजनिक अर्थव्यवस्था अन्तरगत समाहित गर्दा हल्लाखोर मच्चाउने सैन्य व्यारेकहरू जस्तै हुन्छ भन्ने भय पुँजीवादको सबैभन्दा ठूलो सत्य हो। यदि उत्पादन सामाजीकृत हुन्छ र यसबाट मुनाफाको उद्देश्य तथा यसका साथै उत्पन्न हुने श्रमको पृथकतालाई हटाइदिने हो भने त यस्तो कुनै कारण रहँदैन कि कुनै ओद्योगिकृत समाजमा घरका कामहरूलाई औद्योगिकरणको परिणाम राम्रो उत्पादन हुन नसकोस् । अर्थात वर्तमान एकनिष्ठ परिवारको तुलनामा राम्रो खाना, अधिक आरामदायक परिवेश, एक आपसमा राम्रो बुझाई र स्नेहका साथ बालबालिकाको पालन पोषण आदि आदि । प्रायः यो तर्क दिने गरिन्छ कि नवपुँजीवाद अन्तरगत घरगृहस्थीका कामहरू धेरै घट्न गएका छन् । यदि त्यसलाई सही मान्ने हो भने त यो
कुरा संरचनात्मक रूपबाट प्रासांगिक हुँदैन ।

यदि धेरै धनाढ्य मानिसहरूको कुरा छोडिदिने हो जसले घरका कामकाजका निम्ति नोकर राख्ने गर्दछन् तब पनि अधिकांश महिलाहरुलाई घरगृहस्थी, पति र बालबालिकाको रेखदेखका निम्ति न्यूनतम आवश्यक काम गर्नु नै पर्दछ । यस्तो न्यूनतम काम छोराछोरी
नभएका विवाहित महिलालाई प्रति सप्ताह कदाचित १५ देखि २० घण्टा समय लाग्दछ र स–साना छोराछोरी भएका महिलालाई यो न्यूनतम सम्भवतः ७०देखि ८० घण्टा प्रति सप्ताह हुने गर्दछ । बालबालिकाको पालन पोषणलाई काम मान्ने कुरा एक हदसम्म विरोध पनि हुने गर्दछ । यसमा श्रम खर्च हुन्छ अर्थात उपयोग मूल्यको उत्पादन हुने गर्दछ, यस कुरालाई स्पष्टतः तब देख्न सकिन्छ, जब यसको विनिमय मूल्य निर्धारित भइरहेको होस– जब यस कामलाई धाइआमाहरू, परिचारिकाहरू, शिशुपालन केन्द्रहरू अथवा शिक्षिकाहरूद्वारा काम गराउने गरिन्छ ।

एकजना अर्थशास्त्रीले पहिले नै यस विरोधाभासतर्फ संकेत गरेका थिए कि कुनै एउटा व्यक्तिले आफ्नी गृह प्रबन्धिका (ज्यगकभ ःबलबनभच) सँग विवाह ग¥यो भने त उसले राष्ट्रिय आयलाई घटाउने कार्य गरिरहेको हुन्छ किनभने जुन पैसा उसले उनलाई दिन्छ, त्यसको गणना वेतनको रूपमा गरिएको हुँदैन ।

घरका कामहरूको न्यूनातिन्युन हदसम्म गरिदिंदा पनि त्यो महंगो हुने गर्दछ । थोरै आय भएका परिवारहरूका लागि धेरै कामको आवश्यकता हुने गर्दछ । कुनै पनि रूपमा घरेलु काम संरचनात्मक रूपबाट त्यस्तो नै बनिरहन्छ– एउटा निजी उत्पादनको वस्तु । परिवारको एउटा कार्य जसका बारेमा यी तथ्याङ्कहरू सरल तरिकाबाट निकाल्न सकिन्छ । उदाहरणका निम्ति सन्तानरहित विवाहिता महिलाबाटप्रति सप्ताह भान्सा र भाँडाकुँडा (१० घण्टा), घरको सरसफाई (४ घण्टा), कपडा हरुको धुलाई (१ घण्टा) को अपेक्षा गरिन्छ । यी तथ्याब्कहरूले त्यो न्यूनतम समय दर्शाउँदछन् जुन यस्ता कामहरूको निम्ति प्रति सप्ताह आवश्यक हुने गर्दछ । कुल समय १६ घण्टा, कदाचित अविश्वनीय रूपवाट थोरै हो, यसका अतिरिक्त यसका अतिरिक्त सप्ताहमा पुरा गरिएका नियमित कामको आधाको नजिक हुने गर्दछ । स–साना छोराछोरी भएका महिलालाई प्रत्येक दिन १२ घण्टा काम गर्दा प्रति सप्ताह कम से कम ६ या ७ दिन खर्च गर्नु पर्दछ ।

हामीलाई विद्यालयमा सिकाउने गरिन्छ र जसलाई आमरूपमा स्वीकृति प्राप्त भएको हुन्छ, भावनात्मक आवश्यकताहरुलाई पुरा गर्नुपर्दछः आत्मियताको सामुदायिक सहजीवन र न्यानोपनायुक्त निरापद नात– सम्बन्धका आवश्यकताहरूलाई पुरा गर्नु। यस समाजले त्यस प्रकारका आवश्यकताहरुलाई पुरा गर्न अन्य तरिकाहरू पनि उपलब्ध गराउँदछ । उदाहरणका निम्ति कामका सम्बन्धहरू र मित्रताका सम्बन्धहरूलाई त्यति महत्वपूर्ण मानिंदैन जति पत्नी र बालबालिकाको सम्बन्ध । यहाँसम्म कि सम्बन्धहरूका अन्य सूत्र उत्तरोत्तर गौण हुँदै जान्छन् । परिवारको यो कार्य उसलाई स्थायित्व प्रदान गर्नका निम्ति आवश्यक यस कारणले हुने गर्दछ जसबाट कि माथि चर्चित दोस्रो शुद्ध रूपबाट आर्थिक कामलाई पुरा गर्न सकियोस । एउटा वेतन भोगी पति–पिता आफ्नो कमाइमा स्वयं निर्भर रहन्छ, आमा–श्रीमतीद्वारा गरिएका श्रमको पनि “मूल्य चुक्ता” गर्दछ र बालबालिकाको पालन–पोषण गर्दछ । एउटा पुरुषलाई दिइने वेतनले दुई व्यक्तिहरूको कामलाई खरिद गर्दछ । परिवारको त्यस दोस्रो कामको अतिशय महत्वलाई तब देख्न सकिन्छ, जब परिवारिक एकाई वैवाहिक सम्बन्ध विच्छेदका कारण विखण्डित हुन पुग्दछ । यदि त्यस्ता परिवारमा बालबालिकाहरु छन् भने त आर्थिक कामको निरन्तरता मुख्य सरोकार बन्न पुग्दछ । त्यहाँ पुरुषहरुलाई महिलाहरूको श्रमको मूल्य चुकाइरहनु पर्दछ । उसको तलबले दोस्रो परिवारको भार उठाउनका निम्ति सधैंभरि अपर्याप्त हुने गर्दछ ।

यस्तो विषयमा उसका भावनात्मक आवश्यकताहरू आफ्नी पूर्व श्रीमती र बालबालिकाको भरण–पोषणका आवश्यकताहरूको वेदीमा वलिदान हुन जान्छन् । अर्का शब्दहरुमा भनौँ भने आपसि विरोधको स्थितिमा परिवारका आर्थिक आवश्यकताहरू भावनात्मक आवश्यकताहरूभन्दा प्रायः अगाडि आउँदछन् । त्यो पनि त्यस्तो समाजमा जसले यो सिखाउँदछ कि परिवारको मुख्य काम भावनात्मक आवश्यकताहरूलाई पूरा गर्नु हो ।

एउटा आर्थिक एकाईका रूपमा, एकनिष्ठ परिवार पुँजीवादी समाजको अन्तरर्गत स्थायित्व कायम गर्ने एउटा महत्वपूर्ण शक्ति हुने गर्दछ । घरमा गरिने उत्पादनको मूल्य पति–पिताको आयबाट चुक्ता गरिन्छ । त्यसकारण बजारबाट आफ्नो श्रमलाई बचाई राख्ने उसको क्षमता धेरै घट्न जान्छ । जागिर बदल्ने उसको स्वतन्त्रता पनि संकुचित हुन जान्छ । बजार अर्थव्यवस्थामा एउटा सक्रिय भूमिकाबाट गरिएका महिलाहरुलाई आफ्नो जीवनलाई निर्धारित गर्ने परिस्थितिहरूमाथि कुनै नियन्त्रण रहँदैन । उनीहरूको आर्थिक परनिर्भरता, उनको भावनात्मक पराश्रितता, निष्क्रियता र दोस्रो अन्य “युद्ध” महिला सुलभ गुणहरूका रूपमा अभिव्यक्ति पाउँदछन् । यो परम्परावादी, डरपोक र यथास्थितिवादको समर्थक हुन जान्छन् । यसका अतिरिक्त परिवारको बनोट यस प्रकारको हुन्छ कि त्यो एउटा आदर्श उपयोग एकाई हुने गर्दछ । परन्तु महिला मुक्ति साहित्यमा व्यापक रूपमा चर्चित यस तथ्यको अर्थ यो निकाल्नु हुँदैन कि उपभोग गर्नु परिवारको प्राथमिक कार्य हुने गर्दछ । यदि उपरोक्त विश्लेषण सही हो भने त घरगृहस्थी र बालबालिकाको पालन–पोषणका निम्ति परिवारलाई प्रथमतः एउटा उत्पादन एकाईका रूपमा हेरिनु पर्दछ ।

पुँजीवादी समाजमा प्रत्येक व्यक्ति एउटा उपभोक्ता हुन्छ, परिवारिक संरचनाको केवल यति नै तात्पर्य हुन्छ कि त्यसले उपभोगलाई प्रोत्साहित गर्न एकदम उपयुक्त हुने गर्दछ । महिलाहरू वास्तवमा विशेष रूपमा असली उपभोक्ता हुने गर्दछन् । घर व्यवहारकाप्रति उनीहरूको जिम्मेदारीले उनीहरूलाई त्यस्तो बनाई दिन्छ । यसका अतिरिक्त महिलाहरूको निम्नस्तरको हैसियत, आफ्नो योग्यता र पहिचानको एउटा बलियो अनुभूतिको सामान्य कमजोरीका कारण पुरुषहरूको तुलनामा उनीहरूको अधिक शोषण गर्न सकिन्छ र त्यसकारण उनीहरू धेरै राम्रा उपभोक्ता हुने गर्दछन् ।

अर्थशास्त्रको औद्योगीकृत क्षेत्रमा महिलाहरूको इतिहास त्यस क्षेत्रको केवल श्रम आवश्यकताहरूमा आश्रित रहेको छ । तिनीहरूले श्रमको एउटा विशाल आरक्षित सेनाका रूपमा काम गर्दछन् । जब काम दुर्लभ हुने गर्छ (जस्तै आरम्भिक औद्योगिकरण दुईवटा विश्वयुद्धहरूको समयमा) तब महिलाहरु श्रम–शक्तिका महत्वपूर्ण हिस्सा हुने गर्दछन् । जब कामको माग थोरै भएको हुन्छ (जस्तै नवपुँजीवादका आजका दिनमा) महिलाहरूको श्रम अतिरिक्त श्रम–शक्तिका रूपमा फाजिल हुन जान्छ । त्यसका लागि आर्थिक रूपबाट उनका पति जिम्मेदार हुने गर्दछन्, समाज होइन । “घरका प्रति भक्ति”को यो सनक अतिरिक्त श्रमको यस अवधिमा स्वयंलाई पुनः प्रकट गर्दछ र महिलाहरूलाई बजार अर्थव्यवस्थाबाट बाहिर लखेट्ने माध्यम बन्न जान्छ । यो अपेक्षाकृत सहज हुने गर्दछ किनकि प्रचलित विचारधारा यस विषयलाई सुनिश्चित गर्दछ कि कुनै पनि व्यक्ति, चाहे त्यो पुरुष होस वा महिला, श्रममा महिलाहरूको भागिदारितालाई धेरै गाम्भिरतापूर्वक नलिउन् । हामीलाई यो सिकाउने गरिन्छ कि महिलाहरूको वास्तविक कार्य धेरै भिन्न हुने गर्दछ र चाहे ती विवाहित हुन्, चाहे ती अविवाहित हुन् वा परिवारिक, जीवनमा घर गृहस्थीकी प्रमुख हुन् या नहुन्– यो कुरा समग्र महिलाहरूमा लागू हुने गर्दछ ।

सदा सर्वदा घर गृहस्थीका काम काजमा महिलाहरूको जिम्मेदारी हुने गर्दछ । जब उनी घरबाट बाहिर काममा निक्लिन्छिन्, तब जागिरका साथ–साथै घरगृहस्थीका काम पनि उनलाई नै सम्हाल्न (या आफ्नो सट्टामा काम गरिरहेको व्यक्तिबारे आफ्नो निगरानीमा गराउनु) पर्दछ । बाहिर काम गर्ने महिलाहरू, विशेष गरेर छोराछोरी भएका र विवाहित महिलाहरू, वस्तुतः दुई–दुईवटा जागिर गरिरहेका हुन्छन् । श्रम–शक्तिमा हिस्सेदारीको अनुमति उनीहरूलाई तब मिल्दछ जब उनीहरूले घरको आफ्नो जिम्मेदारीलाई पुरा गरिरहन्छिन् । रूस र पूर्वी युरोपको उदाहरणबाट यो कुरा विशेष रूपबाट स्पष्ट हुन जान्छ कि महिलाहरूको श्रम–शक्तिमा भागिदारीको अवसर यदि बढाइदिएता पनि त्यही अनुपातमा उनीहरूको मुक्तिको सीमा बढ्न सक्दैन । घरबाहिर काम गर्ने अवसरको समान उपलब्धता, यद्यपि महिलाहरुको मुक्तिको एउटा पूर्वशर्त हो, परन्तु यो उनीहरूलाई समान दर्जा दिनको निम्ति स्वयंमा पर्याप्त हुँदैन । जबसम्म घरका कामकाजहरू निजी उत्पादनका मुद्दा बनिरहन्छन् र ती महिलाहरूका दायित्व हुने गर्दछन्, तबसम्म उनीहरूलाई दोहोरो कामको बोझ उठाइरहनु पर्नेछ ।

महिला मुक्तिको अर्को पूर्वशर्त हो उपरोक्त विश्लेषणबाट बाहिर निक्लेर आउँछन्, निजी उत्पादनका रूपमा घरमा सम्पन्न गरिने कामहरूलाई सार्वजनिक अर्थव्यवस्था अन्तरगत गरिने कामहरूमा रूपान्तरण हो । अझै स्पष्ट रूपबाट भन्ने हो भने त यसको तात्पर्य यो हुन्छ कि बालबालिकाको पालन पोषण केवल बाबु– आमाको मात्र दायित्व हुनु हुँदैन । त्यसको जिम्मेवारी उठाउनको निम्ति समाज नै अगाडि आउनु पर्नेछ । पति र पितामाथि महिलाहरू र बालबालिकाहरूको परावलम्बिताको अन्त्य हुनु पर्दछ । घरगृहस्थीका अन्य कामहरूलाई पनि त्यसै प्रकारले रूपान्तरण गरिनु पर्दछ । उदाहरण स्वरूप सामुदायिक भोजनालयहरु र सार्वजनिक धुलाई–घरहरूमा । यस्ता कार्यहरूको सार्वजनिक क्षेत्रमा स्थानान्तरणले महिलाहरुका विरुद्ध भेदभावको भौतिक आधारलाई अन्त्य गरिदिनेछ ।

यी पूर्व शर्तहरू मात्र हुन् । यस्तो विचार कि महिलाहरूको हैसियत तल्लो स्तरको हुने गर्दछ, समाजमा गहिरो जरा गाडेको छ र यसलाई उखालेर फाल्न एउटा भागीरथ प्रयत्नको माग गर्दछ । परन्तु एकपल्ट ती दुवैलाई जसले त्यस्ता विचार पैदा गर्दछन् र त्यसलाई आश्रय दिन्छन्, बदलिदिने हो भने केवल तब मात्र गएर यस दिशामा अगाडि बढ्ने भरोसा गर्न सकिन्छ । उदाहरणका निम्ति सामुदायिक भोजनालयमा रूपान्तरणको सोझो–सोझो अर्थ हुन्छ कि महिलाहरूले घरको भान्साघरको स्थानमा सामुदायिक भान्साघरमा काम गरुन् र यस्तो सम्भव छ । यो निश्चित रूपबाट एक पाइला अगाडि बढेको हुनेछ, विशेषगरी, एउटा समाजवादी समाजमा जहाँ कामहरूमा अन्तरनिहीत त्यो शोषणकारी प्रवृत्ति हुने छैन जस्तो कि आज छ । घरहरूका निजी उत्पादनबाट महिलाहरू एकाएक मुक्त हुन गए भने त लैंगिक आधारमा कामहरूको एउटा कठोर निर्धारणलाई लामो समयसम्म बचाई राख्न सम्भवतः अत्यन्त कठिन हुनेछ । यसले माथि उल्लेखित दुवै पूर्वशर्तहरुका अन्तरसम्बन्धहरुलाई प्रदर्शित गर्दछ । घरगृहस्थीका कामकाजहरूबाट मुक्तिबिना जागिरका अवसरमा एउटा साँचो समानता कदाचित असम्भव हुन्छ र घरेलु कार्यहरुको औद्योगीकरण पनि तबसम्म हुन सक्दैन, जबसम्म महिलाहरू घरबाट बाहिर निस्केर काममा जाने गर्दैनन् ।

महिलाहरूलाई घरको चारपर्खालबाट बाहिर निकाल्नका लागि उत्पादनको प्रकृतिमा फेरबदल आवश्यक छ । पुँजीवाद अन्तरगत सैद्धान्तिक रूपमा सम्भव देखिन्छ । महिला मुक्ति आन्दोलनहरूको मूल कारणहरूमा एउटा तथ्य यो हो कि घरेलु उत्पादनको वैकल्पिक पुँजीकृत स्वरूप यस समय अस्तित्वमा छ । घर र बालबालिकाको दैनिक देखभालका साधन अपर्याप्त र कदाचित महंगा भए पनि उपलब्ध रहेका छन् । भोजनको सुविधा मिलिरहेको छ, गृह ‘डेलिवरी’ को सुविधा, घरबाट कार्यस्थलसम्म खाना पु¥याउने व्यवस्था व्यापक रूपमा प्रचलित छन् । धुलाईघर र सरसफाई गर्नेहरूले थोकको दरबाट आफ्ना सेवाहरू उपलब्ध गराइरहेका छन् । फेरि पनि, आम रूपमा महंगो मूल्यका कारण यो सुविधाहरूको पूर्णरूपमा लाभ उठाउन वर्जित हुने गर्दछन् । यसका साथै यस्ता सुविधाहरू प्रत्येक ठाउँमा उपलब्ध पनि हुँदैनन । अमेरिका जस्तो ठाउँमा पनि हुँदैनन् । तब यस्तो अवस्थामा यिनलाई सम्पूर्णता प्राप्त गरिसकिएको संरचनाहरूका रूपमा होइन बरु सम्भवतः यिनको उपस्थितिको भ्रूणका रूपमा हेरिनु पर्दछ । फेरि पनि, तिनले यस प्रकारका कामहरूको परिणाम दिने वर्तमान व्यवस्थाको स्पष्ट रूपबाट विकल्प प्रस्तुत गर्दछन् । खास गरेर अमेरिकामा जहाँ “सेवा उद्योग” या वृद्धि अर्थव्यवस्थाको विकासलाई कायम राख्नको निम्ति महत्वपूर्ण हुने गर्दछ, यी विकल्पहरूका बिचमा अन्तरविरोध र महिलाहरूलाई घरको चौघेराभित्र कैद गर्नुपर्ने आवश्यकता पनि वृद्धि हुँदै जान्छ । महिलाहरूलाई घरमैं रोकिराख्ने आवश्यकता वर्तमान व्यवस्थाका दुईवटा मुख्य पक्षहरुबाट उत्पन्न हुने गर्दछ ।

पहिलो, महिलाहरूद्वारा गरिने अवैतनिक श्रमको मात्रा अत्यन्त विशाल हुने गर्दछ र उनीहरूका निम्ति अत्यन्त लाभकारी हुने गर्दछ, जसको उत्पादनका साधनहरू माथि स्वामित्व रहेको हुन्छ । महिलाहरूलाई चाहे न्यूनतम ज्याला दरमा नै सही, उनीहरूका कामहरूको मूल्य दिनुको अर्थ हुन्छ सम्पदाको एउटा व्यापक पुनर्वितरण । वर्तमान अवस्थामा परिवारको भरण–पोषण वेतनभोगी बालबालिकाको पालन पोषण केवल बाबु–आमाको मात्र दायित्व हुनु हु“दैन । त्यसको जिम्मेवारी उठाउनको निम्ति समाज नै अगाडि आउनु पर्नेछ । पति र पितामाथि महिलाहरू र बालबालिकाहरूको परावलम्बिताको अन्त्य हुनु पर्दछ ।

कर्मचारीमाथि लगाइएको बाहिर प्रकाशमा नआएको कर हुने गर्दछ । उसको वेतनले दुई व्यक्तिहरूको कामलाई खरिद गर्दछ । दोस्रो, विद्यमान व्यवस्थाका अगाडि यस्तो समस्या हुने गर्दछ कि अर्थव्यवस्थालाई के पर्याप्त रूपबाट विस्तारित गर्न सकिन्छ कि उसले समग्र महिलाहरूलाई काममा सामान्य रूपबाट नियुक्त श्रम–शक्तिको अंगका रूपमा समेटियोस् ।  युद्धको दौरानमा अर्थव्यवस्थाले आंशिक रूपबाट त महिलाहरूलाई अर्थतन्त्रमा तानिरहेको थियो परन्तु सबै अथवा अधिकांश महिलाहरूलाई यसमा सम्मिलित गराउने आवश्यकताको हिसाबबाट त्यो पर्याप्त थिएन । यदि यस्तो तर्क दिने गरिन्छ कि गृहस्थी कार्यको औद्योगिकरणको परिणाम स्वरूप श्रृजित रोजगारबाट यो आवश्यकता उत्पन्न हुनेछ भन्ने हो भने त यसको खण्डनका रूपमा (क) यथास्थितिलाई कायम राख्ने त्यस पुँजीकरणका विरुद्ध काम गर्ने शक्तिशाली आर्थिक शक्तिहरूको र (ख) यस तथ्यको प्रमाण दिन सकिन्छ कि यी शक्तिहरूलाई केही हदसम्म टुक्राएर प्रस्तुत गर्ने वर्तमान सेवा उद्योग वृद्धि हुँदै गएको श्रम–शक्तिका साथ ताल मिलाउन असक्षम भएका छन् । सेवा उद्योगहरूमा विद्यमान झुकावधारमा “रोजगारको कमि” उत्पन्न गर्दछन्, तिनले महिलाहरूका निम्ति नयाँ रोजगार उपलब्ध गराउँदैनन् ।

जबसम्म यस्तो अवस्था विद्यमान रहन्छ, महिलाहरू औद्योगिक आरक्षित सेनाका एउटा अत्यन्त सुविधाजनक र लचिला अंग बनिरहन्छन् । उनीहरूलाई समानताका शर्तहरूमा श्रम–शक्तिमा समाहित गर्न– जुन घरका कामहरुको पुँजीकरणका निम्ति दबाव निर्मित गर्दछ– तब सम्भव छ, जब नवपुँजीवाद अन्तरगत अहिलेसम्म प्राप्त अर्थव्यवस्थाको विस्तार होस्, जब पूर्णरूपबाट युद्ध लामबन्दीको स्थिति होस् । यसका अतिरिक्त यी संरचनागत परिवर्तनहरूको अर्थ हुनेछ कि वर्तमान नाभिकीय परिवार पूरै तरिकाबाट विखण्डित होउन् । परिवारको स्थायीकृत उपभोगको काम सँगसँगै श्रम बजारबाट महिलाहरुलाई बाहिरै राख्ने गृहस्थी धर्मको क्षमता नवपुँजीवादबाट सहजरूपमा छुटकाराको अनुमति दिँदैन । यसभन्दा केही कम आधारभूत स्तरको कुरा यो छ कि पुँजीवाद अन्तरगत घरेलु उत्पादनको प्रकृतिमा यदि यी आवश्यक परिवर्तनहरुलाई सम्भव बनाइदिए पनि यसको एउटा अप्रिय परिणाम हुनेछ– समस्थ मानव सम्बन्धहरू दुई चार पैसामा बाँधिन जानु। पश्चिमी देशहरूमा मानिसहरु अलग–थलग पर्नु र एकांकीपन पहिलेदेखि नै यतिसम्म बढेको छ कि यस प्रकारका सम्पूर्ण मानसिक अलगावलाई वहन गर्न सम्भव पनि हुन सक्ला, यसमा संदेह छ । तब वास्तवमा यस कुराको पूर्ण सम्भावना रहन्छ कि महिला मुक्ति आन्दोलनकाप्रति एउटा नकरात्मक भावुक प्रतिक्रियाको अन्तर्यमा यो डरले काम गर्दो हो । यस्तो स्थितिमा सम्भावित विकल्पहरू– सहकारी व्यवस्था आदिका उदाहरणबाट यो स्पष्ट गर्न सकिन्छ कि सहजीवन र स्नेहको भावनात्मक आवश्यकता वास्तवमा धेरै राम्रो तरिकाबाट पूरा गर्न तब सकिन्छ, जब अन्य संरचनाहरू नाभिकीय परिवारको स्थान ग्रहण गर्ने बनुन् । घरका काम काजको पुँजीकरणले धेरैभन्दा धेरै यही गर्न सक्दछ कि महिलाहरूलाई त्यति सीमित स्वतन्त्रत उपलब्ध गराई दिने जति अधिकांश पुरुषहरूलाई यस पुँजीवादी समाजमा प्राप्त भएको छ । परन्तु, त्यसको अर्थ यो कदापि होइन कि महिलाहरूले विभेदीकरणबाट मुक्तिको माग नगरून । हामी महिलाहरूको निम्नस्तर हैसियतको भौतिक आधार हुने गर्दछ । हामीसँग केवल भेदभाव मात्र गरिंदैन, हाम्रो शोषण पनि गर्ने गरिन्छ ।

वर्तमानमा घरगृहस्थीमा लागेको हाम्रो अवैतनिक श्रम यस समग्र व्यवस्थाका काम गरिरहनका निम्ति आवश्यक छ । र, त्यस्ता महिलाहरूद्वारा निर्मित दबाव, जुन आफ्नो घर संसारको भूमिकालाई चुनौति दिने गर्दछन्, निश्चय नै यस शोषणको प्रभावकारीतालाई कम गर्नेछ । यसका साथै यी चुनौतिहरू परिवारिक ढाँचालाई बनाई राख्न बाधक हुनेछन् र सामाजिक कामबाट महिलाहरूलाई बाहिर धकेल्ने कार्यलाई त्यति घरका काम काजको पुजीकरणले धेरैभन्दा धेरै यही गर्न सक्दछ कि महिलाहरूलाई त्यति सीमित स्वतन्त्रत उपलब्ध गराई दिने जति अधिकांश पुरुषहरूलाई यस पुजीवादी समाजमा प्राप्त भएको छ । सजिलो रहन दिने छैनन् । आशा छ कि यी तमाम विषयहरू एउटा त्यस्तो समाजमा संक्रमणलाई अझै तिब्रताका साथ सम्भव बनाउनेछन् जहाँ उत्पादनमा आवश्यक संरचनात्मक परिवर्तन वास्तवमा गर्न सकिनेछ । मलाई यसमा कदापि संदेह छैन कि यस रूपान्तरणका निम्ति क्रान्तिको आवश्यकता हुनेछ । हाम्रो कार्यभार यो सुनिश्चित गर्नु हो कि समाजमा यो क्रान्तिकारी परिवर्तनले महिला उत्पीडनको वास्तवमा अन्त्य गर्न सकोस् ।
अनुवादः भेषराज सी
स्रोतः दायित्वबोध त्रैमासिक (जुलाई–सितम्बर २०००)

सन्दर्भ सामग्री
. मार्लीन डिक्सन, “महिलाहरूको गौण सामाजिक हैसियत’ अप्रकाशित, शिकागो १९६९ ।
२. निःसन्देह शरीर विज्ञानको तर्कको प्रयोग पहिले गरिन्छ, परन्तु समाजवादी लेखकले गम्भिरतापूर्वक लिदैनन् । मार्गरेट मीडको किताब ‘सेक्स एण्ड टेम्परामेन्ट जीव विज्ञानको तुलनामा संस्कृतिको महत्वलाई दर्शाउने प्रारम्भिक वयान हो ।
. यो समूह या संवर्गमाथि समग्रतामा लागु हुने गर्दछ । व्यक्तिको रूपमा महिला स्वयंको आफ्नै सामाजिकरणबाट धेरै हदसम्म मुक्त गर्न सक्छिन र मुक्त गर्दछिन् र अनुकुल विषयहरूमा उनले आर्थिक अवस्था बमोजिम पनि स्वयंलाई समायोजन गर्न किन सक्छिन्) परन्तु अधिकांश महिलाहरूलाई यस्तो अवसर उपलब्ध हुँदैन ।
६. जूलियट मिसेल ‘महिलाहरू : सबैभन्दा लामो क्रान्ति
न्यू लेफ्ट रिभ्यू, डिसेम्बर १९६६
. फ्रेडरिक एंगेल्स, “परिवार, निजी सम्पत्ती र राज्यको उत्पत्ति’ -मास्को, प्रगति प्रकाशन १९६८) अध्याय ९। एंगेल्सलाई जुन मानव विज्ञानीय साक्ष्य उपलब्ध थिए तिनले पुरुषहरूमाथि आदिम माहिलाहरूको बर्चश्वलाई संकेत गर्दथे । आधुनिक मानव विज्ञान यस वर्चश्वमाथि विवाद खडा गर्दछ । परन्तु एंगेल्सद्वारा दृष्टान्त स्वरूप दिइएका मातृवंशीय समाजमा महिलाहरूको लगभग समान हैसियतका प्रमाण प्रस्तुत गर्दछ । एंगेल्सको यस कृतिमा दिइएका तर्क पूर्ववर्चश्वको आवश्यकता होइन, केवल उनको पूर्वबराबरीको आवश्यकता बुझ्ने गर्दछन् । अतः निस्कर्ष अपरिवर्तित नै रहन्छ ।
. यी तथ्याङ्कहरू सरल तरिकावाट निकाल्न सकिन्छ । उदाहरणका निम्ति सन्तानरहित विवाहिता महिलाबाट प्रति सप्ताह भान्सा र भाँडाकुँडा (१० घण्टा), घरको सरसफाई (४ घण्टा), कपडा हरूको धुलाई (१ घण्टा)को अपेक्षा गरिन्छ । यी तथ्याङ्कहरूले त्यो न्यूनतम समय दर्शाउँदछन् जुन यस्ता कामहरूको निम्ति प्रति सप्ताह आवश्यक हुने गर्दछ । कुल समय १६ घण्टा, कदाचित अविश्वनीय रूपवाट थोरै हो, यसका अतिरिक्त यसका अतिरिक्त सप्ताहमा पुरा गरिएका नियमित कामको आधाको नजिक हुने गर्दछ । स-साना छोराछोरी भएका महिलालाई प्रत्येक दिन १२ घण्टा काम गर्दा प्रति सप्ताह कम से कम ६ या ७ दिन खर्च गर्नु पर्दछ ।
. यस प्रकारको शिक्षाको प्रमाणका निम्ति परिवारका बारेमा कुनै हाईस्कूलको पुस्तक हेर्नुहोस ।
१०. यसका बारेमा एंगेल्सका अतिरिक्त त्यस समयका अन्य मार्क्सवादी लेखकहरूले पनि स्पष्ट रूपमा बताएका छन् । पाठमा एंगेल्सबाट उद्धृत भनाइहरूको संदर्भ दिइएको छ लेनिनको उद्धरण “महिलाहरूको मुक्तिको बारेमा” लिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।