८ बैशाख २०८१, शनिबार

एकीकृत जनक्रान्ति पूरा गर्न पश्चिम ताम्सालिङको भूमिका निर्णायक हुनुपर्छ : प्रवक्ता प्रकाण्ड

0

धादिङ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एकीकृत जनक्रान्ति पूरा गर्न पश्चिम ताम्सालिङको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी पश्चिम ताम्सालिङ ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै प्रकाण्डले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादमा स्थापना गर्न राजधानी नजिकैका जिल्लाहरुको भूमिका निर्णायक हुने बताएका हुन् ।

शनिबार धादिङको गल्छिमा सम्पन्न प्रशिक्षण कार्यक्रममा उनले विगतका आन्दोलनहरुमा पनि पश्चिम ताम्सालिङको भूमिका महत्वपूर्ण भएको भन्दै आगामी दिनमा पनि पार्टीले जनताबाट यस्तै आशा राखेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको प्रकाण्डले नेकपाको ‘एकताको विशेष बैठक’ले गरेका निर्णयहरुलाई जनतासम्म पु¥याउँदै जनक्रान्तिको यात्रामा जोड्न नेता तथा कार्यकर्तालाई निर्देशन दिदै प्रशिक्षित गरेका थिए ।

नेकपा पश्चिम ताम्सालिङ्ग ब्युरोका इन्चार्ज आजाद सीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा व्युरो अन्तरगत रसुवा, नुवाकोट, धादिङ्ग जिल्लाका नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।

जेठ ११ र १२ गते बसेको पार्टीको केन्द्रीय समितिको एकताको बैठकले गरेको निर्णयहरुलाई कार्यान्वयनमा एकरुपता दिन नेकपाले देशभर व्युरो स्तरमा प्रशिक्षण कार्यक्रमहरु गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।